कथा : प्रेम पिंजडा

~नविन काफ्ले अभि~

अक्सर मान्छेहरु राम्रै खाउ रामै्र लाउ जे गरु राम्रै गरु भन्ने सोच बुनेर बसेका हुन्छन् ति मध्येको एक म पनि थिए ।  जिवनलाई खास बाटोमा वा भनौ मुल बाटोमा कुदाउन नसकेपनि भित्री गोरेटोहरुमा कुदाउदै थिए । कक्षा १२ को नतिजा आए पछि एक खालको जाँगर आएको थिायो स्नातक पढ्नलाई । त्यही जाँगरलाई सम्हाल्दै म पनि तिहार सकाएर राजधानी तिर लागे । पहिलो पटक राजधानी जादै थिए घरमा नजा यतै पढे पनि हुन्छ भन्दै हुनुहुन्थ्यो मैले जिद्धी गरैरे राजधानी लागेको थिए ।

कस्तो होला त्यो सपनाको सहर कस्ता होला त्यहाँका मानीस र घरहरु अनि कती धेरै होलान् त्यहाँका गाडिहरु यस्तै यस्तै सोच्दै थिए खाना खाएर गाडिमा बसे पछि खै कतिखेर निदाए छु पत्तै एक्कासी खलासी दाईले ल है चिया खाउ माथि जाम लाग्न सक्छ, पछि कचकच नगर्नु होला भन्दै कराएपछि  विउझिए । चिया खाने ठाउँ धादिङको गल्छी भन्ने ठाउँ रहिछ । मैले पहिलो पटक यति लामो यात्रा गरेको थिए। ज्यान सारै आलस्य भएको थियो तर पेट भने खाली नै भएकोले मात्रै आलु खाए ।  गाडि नौविसेको उकालो लाग्दै गर्दा मेरो पेटमा अखि मैले हालेको आलु उर्लेर मुख सम्म आयो अलिकती बाहिरीयो पनि । लगभग २ घण्टाको लगातार जाम पछि  थानकोट पुगियो । थानकोटबाट लगभग आधा घण्टामा कलंकी पुर्यायो । कलंकीबाट मामालाई फोन गरे मामाले बसपार्क गएर बस म आउछु भने पछि ढुक्क भए ।    मान्छेलाई आफुले न थाहा पाउदा सम्म कुनै कुरामा विस्वास र ढुक्कता हुँदैन  भन्थे हो रहेछ मलाई पनि काठमाडौँ अरुले बयान गरे जस्तै छ भनेर ढुक्क हुनलाई यही आए पछि थाहा भयो ।

       बसपार्कबाट मामाको बाईकमा बसेर मामाको घर कौशलटार पुगीयो ।मामाघरमा माईजु अफिस गई सकेकोेले मामा आफैले खाना पस्कनु भयो र मामा भान्जा खाना खाई सकेर कौशीमा घाम ताप्नलाई उक्लीयौ ।

काठमाडौमा खासै रमाउन सकेको थिएन। ममाले खोजीदिएको जडिबुटी नरेफाटको कोठामा सरियो । जिवनमा पहिलो पटक खाना बनाएर खाए बल्ल थाहा भयो, एक्लै खाना बनाएर खानुको पिडा कति हुँदो रहेछ ,विरक्त लाग्दो रहेछ , कति अल्छी अनि कति धेरै घरको याद, सोच्थे घरमा मम्मीलाई मिठो भएन भनेर भन्दा भन्नु हुन्थ्यो एक्लै बनाएर खाए पछि थाहा हुन्छ, हो रहेछ । खाना त बनाउथे तर कहिले भात गिलो, कहिले तरकारीका नुन चर्को त कहिले दान नपाकेको । थाहा पाउदै थिए मम्मीले कति मेहेनत गर्नु हुदो रहेछ भनेर खाना बनाउनका लागि   । सोच्थे संसारमा मम्मी जत्तिको मिठो खाना कसैले बनाउदैन होला ।

मंसिरको पहिलो साता कलेज सुरु भयो । बबरमहलको मेघा कलेजमा मेरो भर्ना मामाले गरिदिनु भएको थियो । कलेज जान थाले पछि अलि सजिलो भएको थियो । दाङको एक जना साथि बनाएको थिए बसन्त उसँगै आउने जाने गर्थे। अब भने अलिक मन खुसी हुँदै थियो ।

 श्ुाक्रबारको दिन थियो कोठामा खाना बनाउन जाँगर चलिरहेको थिएन, बाहीरै खाने सोचमा बसन्त र म कलेजबाट आएका थियौ । खाना बाहिर खाएर फर्किदै गर्दा बसन्तलाई ख्रै के झ्वाक चलेछ चुरोट ल्याउछु भन्दै बाटै बाट फर्कियो म भने त्यहि गल्लीमै उसलाई कुररै बसेको थिए ।्

     खै मेरो ध्यान कता गएको थियो थाहै पाईन इज ज्भििय काँ छ हँ ध्यान यत्रो हर्न बजाईसके नसुन्ने बाटो छोड्नुस् काम छैन । पछाडी फकैदै नफर्की बाटो छोडे स्कुटीमा थिई उ अलि पर गएर पछाडी फर्केर हेरी । आचै खाउला झै गरेर ।

   जिवनमा पहिलो पटक यस्तो हेराई देखेको थिए । मन एका एका चिसो भएर आयो हातखट्टा लकलग कापे खै कस्तो डर लागेको थियो। म माथि लाजका वर्षाहरु झरिरहेका थिए । जिवनमा बिना कारणनै लजाएको थिए ।

भित्रबाट कालो रङ्कको टिर्समा बाहीर लङ निलो कलरको ज्याकेट, निलै रङको पाईन्टलाई खुट्टामा अलिक फोल्ड गरेकी, गोरो अनुहार , लिपीस्टीक मिलाएर लगाएका पातला ओठहरु, अनी, अलि अलि रातो र खैरो देखिने सिल्की कपाल, खुट्टमा आफ बुट लगाएकी थिई । उ कुनै सिनेमाको हिरोईन भन्दा कम लाग्दैन थिई ।

       बसन्तलाई लिएर साझपख नरेफाटको मनोहरा छेउको तरकारी संकलन केन्द्रमा तरकारी किन्न निस्कीए । तरकारी हेर्दै जाँदा मेरा आँखा ताजा फुल काउलीमा परे। फुलकाउली २ के.जी. जोखेर पैसा दिदै गर्दा एउटा आवाज सुने जुुन मैले अस्ति इज ज्भििय मा सुनेको थिए । दिदी काउली कसरी हो ,। मन एका एक आत्तियो खै किन उ सँग यस्तो  डर लागी रहेको थियो पैसा तिरेर उसलाई नदेझै गरेर जाने सोचमा थिए ।  म पैसा दिदै गर्दा बसन्त भने उसँग कुरा गरिरहेको देखेर मन भने अलि सान्त भयो । म अलि ओरै बसेको थिए बसन्तले टाढैबाट मलाई साथि भनेर चिनायो उसले नचिनेरै हाल हल्लाई । उसँग उसको काकी आउनु भएको रहेछ । काकीलाई भएको तरकारी पनि दिँदै एक छिनमा आउछु भन्दै पठाई ।

                   उसको कस्तो अचम्मको लत कफी हरेक साँझ खानै पर्ने । नरेफाटको ग्रिन कफि सपमा छिराई उसले । झ्यालतिरको क्याविनमा बस्यौ । बस्दै गर्दा उसले सम्झी छ क्यार भनीहाली तपाई अस्तीवाला त्यही बाटो नछोड्ने मान्छे हैन । मलाई झनै लाज लागेर आयो । उसँग सिधै नजर जुझाउन सकीन ,,मन पुरै बहकिएर आयो । आफैलाई एक पटक झपारे ,मेरो अनुहार रातो तातो भएको रहेछ । उसले चाल पाईछ क्यार माहोल अलि सहज बनाउदै भनी  अप्ठेरो नमान्नुस् कहिले काँही हुन्छ त्यस्तेै छाडिदिनुस् यस्तो कुरा त्यो दिन म नि अलि हतारमै थिए । बलथधबथ  बरु परिचय गरौँ न है यो बसन्तले त हाम्रो परिचय पनि गराएनन् । उसले म तिर हाल दिँदै भनी  म पुर्विज्ञा चन्द ठकुरी पहिले घर तम्घास गुल्मी, हाल यही नरेफाँटमै छ । म पनि उसले अलि सहज माहोल मिलाए पछि यसले दिएको हातमा हात मिलाउदै भने म राघब शर्मा घर सुर्खेत अहिले यहाँ नरेफाटमै कोठा भाडमा बस्छु । परिचयसँगै उ अब हामी पनि साथि भन्दै कफीका चुस्कीहरु सँगै मुस्कुराई । उसले उसका बाबा अख्तियार दुरुपयोग अनुसन्धानका उपसचिब र मम्मी सेफ द चिल्ड्रेनको काठमाडौँ जिल्ला कोडिनेटर र एउटा भाई छ उ अहिले ८ कक्षा पढ्दै  छ  भन्ने कुरा बताई , मैले पनि मेरो सबै जानकारी दिएँ । केही समय पछि हामी त्यहाँबाट निस्कीयौँ ।

  चिसो बिदा भयो हाम्रो पौष १५ मा । बसन्त घर गयो म भने बुवा काठमाडौँ आउने कुराले म घर नजाने भए । बसन्त नभए पछि कँही ननिस्की कोठामै बसी रहेको थिए । पुर्विले म्यासेज पठाई

“राघब कता तिमी ”

 “म कोठामै छु ”

“के गरिरहेका छौ त ”

“यसै तिम्रा फोटा हेदै बसेका”े उसलाई यहाँनेर पुरै ढाटे

“त्यसो भए कफीसप जाउ न है ”

मैले पनि खालि भएकोले सहजै हुन्छ भनी दिए ।

अस्ती हामी बसेको कफि सपमा आउन है भन्दै उ अफ भई ।

बाथरुम गए फ्रेस भए कालो रङको पाईन्ट लगाए, माथि रेतो निलो मिक्स टिर्सट र बाहीर ज्याकेट लगाए र लागे कफी सप तिर ।

म जानु भन्दा अघि नै उ त्यहाँ पुगिसकेकी थिई। हरीयो ज्याकेट, बाक्लो भुवावाला सुरुवाल, कपाल छोडेकी थिई  हातमा मोबाईल समाएकी मलाई देखेर मुसुक्क मुस्कुउदै हात । मलाई उ ज्यादै राम्री लाग्दै थिई  आज उसलाई देखेर मनका अन्तरङमा प्रेमका सान्त छालहरु आईरहेका थिए ।

छेउको क्याविनमा बस्यौ उसले सुरुमै कफी अर्डर गरी । उसले बसन्त र आफु कक्षा ११ र १२ सँगै पढेको जानकारी दिई जुन कुरा बसन्तले मलाई भनेको थिएन । कफी आयो । कफीका चुस्कीहरुमा रमायौ केही समय । उसलाई कस्तो मज्जाको लत बसेको  मलाई नैै डाहा लागेर आउथ्यो कफीका चुस्कीहरुमा मुस्कान सँग रमाउने बानी उसको । मृग नयनी उसका आँखाहरुले मलाई राम्रैसँग नियालिरहेका थिए  मानौ उ मलाई पुरै माया गर्छे र मायामा बहकिएर मलाई हेरेरै अगाउदिन । कफीलाई अन्तिम पटक चुस्की लगाएर सोधी राघब तिमीले आज सम्म कसैको इााभच मा बसेका छौ । उसको यो जवाफले मलाई पुरै तर्सायो । छैन भनौ यो ःयचमभल युगमा कसैले पत्ताउदैन छ भनौ उ मलाई अलि अलि गर्दै किस्ता किस्तामा मन पर्दै थिई।

उसलाई के थाहा म कक्षा ११ सम्म केटीको नजरमा राम्रो सँग नजर जुुझाउन सक्दैन थे भनेर । भनी दिए छैन भनेर । मेरो कुराले उ खित्का छोडेरै हासि दिई , दाँया बाँया बसेका सबैले उसलाई एक पटक चिहाए । थाहा पाईछ केर अलि सम्माली र भनी हुँदा हुँदा तिमीले पनि गफ दिन थालेउ है राघब । मेरा कुरामा कुनै पनि वास्तविकता देखिन उसले हुँदा पनि हो आज भोली यस्तो कुरामा कसरी विस्वास गर्नु जहाँ हरेक बच्चा बच्चीले द्ययथाचष्भलम र न्ष्चािचष्भलम भन्ने कुरालाई मजैले बुझेका छन् र बनाएका छन् । पुर्विलाई मेरा बारेमा धेरै सोधि खोजी गर्न मन लागेछ क्यार । मेरा सबै कुरामा उसले केर कार गर्न थाली । मैले पनि भए जति भन्दै गए । मेरा सबै कुराहरु थाहा पाए पछि उसले भनि “सबै कुरा कस्तो मिलेको है तिम्रो त ।  हाम्रोमा त भाई र म मात्रै हो भाई सानै छ खासै रमाईलो लाग्दैन मलाई त घरमा जे गरे नि आफै गर बाबा मम्मी अफिस गईसिन्छ भरे ढिला गरि मात्र फर्किसिन्छ , मलाई त झ्याउ लाग्छ । ”

             जिवनमा कोही आफ्नो हुँदै छ भने कसैले केही गरि छेकबार लगाउन सक्दैन ।

मनै त हो हामी त्यहाँ कुरा गर्दै गर्दा एक अर्कामा साखै जस्तो भई सकेका थिएउ । पुर्विले पुनः एक पटक कफि खानलार्इृ आग्रह गरि । कफि खादै गर्दा हामी एक छिन लगभग सान्त भयौ । धेरै बेर देखि पुर्विले मेरा हालहरुलाई खुबै नियाली रहेकी थिई । सोची सोची उसले भनि “राघब आज देखि म तिम्रा हालको विग फ्यान भए नी मलाई तिम्रा हालहरु कति धेरै मन परेर आयो ।” म अचम्मीत भए मान्छेलाई आँखा, ओठ, मुस्कान मन परेको सुनेको थिए तर यो हात मन परेको चाही सुनेकै थिएन । एक पटक आफ्नै हालहरु हेरे उहँु कुनै कोणबाट मन परेन र पुर्वि तिर हेदै भने मलाई त मन पर्दैन त । पुर्विले बिना सङ्कोच मेरा हातहरु च्याप्प समाती र भनी “पागल तिमीलाई तिम्रै हात मन नपरे के भो त मलाई एक दमै मन पर्यो तिम्रा हातहरु , मलाई दिन्छौ नि ”

मेरा मनमा खोई कस्ता के का अनुरागहरु आउदै थिए चाल पाईन तर उ प्रति पुरै लगाब बढेर आई सकेको थियो । मन एक प्रकारले हर्षीत भएको थियो । भनि दिए “ तिमी सँधै यि हातहरु समाउन चाहन्छौ र मागेको, ल मानौ मैले दिए तिमी लिन तयार छौ ”।

  अब भने पुर्वि अलिक लजाई म तिर सहजै हेर्न नसकेर झ्याल बाट बाहिर हेदै भनि “तिमीलाई के लाग्छ राघब मैले तिम्राहातहरु मन पराए भन्दैमा तिमीलाइृ मन पराए भन्ने सोचेको , म बाट आशा नगर यस्तो कुरामा अनि नि तिमी यति छिट्टै यस्तो महा साहित्यकार भई सकेउ । राघब हामी भैगो यस्तो कुरा छाडिदेयौ ।”

कुरा अलि सिरियर भए जस्तै लागेर मैले घरबाट फोन आएको बहाना बनाएर बाहिर निस्कीन खोजे उसले पनि कफिको पैसा भुक्तानी गरी ।हामी त्यहाँबाट बाहिरीयौ । छुट्टीने बेलामा मैले सकस मान्दै भने तिम्रो कन्ट्राक नम्बर देउ न है । केही बोलीन

मुसुक्क मुस्कुराई घर तिर लागि म भने लाटाले पापा हेरे झै हेरेको हेरै भए ।

यो केटीहरुको बानी नि कस्तो अचम्मको हुने आफुले सोध्दा सबै कुराहरु किलियर्ली चाहीने तर आफ्नो भन्दा चाँही  अलिक बढि नै भाउ खोज्ने हत्त पत्त नभन्ने ।

मनहरु एक हुनलाई धेरै समय नचाहीने रहिछ । हामी विचमा पनि त्यस्तै भएको थियो । मलाई उ प्रतिको खै कस्तो लगाब हो राती उसका बारेमा मात्र सोचे । उ केही बोलीन ःबककबलनभच मा पनि । रात भरी उसका बारेमा ना ना थरि कुरा सोचे, उ कति राम्री लागि, उसका अखि कफी खाने बेलाका प्रत्येक क्रियाकलाप नियाले झन् राम्री लागि ,,फोन गरेरै उसको तारिफ गरु भई रहेको थियो । तर उसले मलाई नम्बरको साटो मुस्कान दिएर गएकी थिई विकल्पमा । उसका मुस्कान सँग कुरा गरे, हाउ भाउ सँग कुरा गरे अनि उसका मुस्कानलाई मानस पटलमा सँधैका लागि सुरक्षित राखे, मनका प्रत्येक कुनामा उसको हँसिलो अनुहार सजाय ।आफै दङ्ग परे, मुस्कुराए अनि उसले अखि पागल भनेको सम्झे फेरी पागल भए । सपनाका महलहरु बोकेर आएकी स्वप्न रानीले मलाई हमाला गरि सकेको महशुस भएको थियो ।आँखा चिम्लीए आँखा भरि नै उसको मुस्कुराएको चेहेरा मात्र थियो, उसलाई आँखामा नै सजाय र दुई परेलीको बार लगाएर ।

एका बिहानै फोन बज्यो फोनमा चार्ज नभएकोले हिजो साँझ चार्जमा राखेर सुतेको थिए । फोन लिन जान अल्छि लाग्यो उठाईन ,पुनः बज्यो आँखा चिम्मै गरेर गएर फोन हेरे कहिल्यै कसैले मलाई एका बिहानै फोन गर्दैन थे ,विल्कुलै नयाँ नम्बर अल्छि लागि लागि उठाए।

हजुर

उताबाट न्ययम mयचललष्न राघब सुतेकै छौ अहिले सम्म ”

उसको आवाज सुनेरै निन्द्रा विउझियो उठेर झ्यालको पर्दा मिलाउदै भने  न्ययम mयचलष्लन पुर्वि उम् तिम्रो फोनले उठायो

उसले भनि राघब तिमीले मेरो म्यासेजको रिप्लाई नै गरे नौ किन

मैले उसको फोन नकाटेरै म्यासेज बक्समा हेरे होरै छ भने म सुतिसकेको रहेछु पुर्वि थाहै पाईन अब पढेर गर्छु नि है

उसले सहमति जनाई राघब छिटो गर न है मेरो मन कस्तो कस्तो भएको छ ।

मैले हु्न्छ भन्देै फोन राखे र म्यासेज हेरे लेखिएको थियो

राघब तिमीले दिनमा जुन कुरा मलाई सोधेका थियौ नि त्यहि कुराले मेरो मनमा राज गरीरहेको छ । तिमी मलाई खै किन राम्रो लाग्दै छौ , यो माया शब्द नै मलाई कस्तो अजिबको लाग्छ राघब, हिजो सम्म म यसैलाई बेवास्ता गदै थिए तर जब तिमीसँग बार बार भेट भई रह्यो तब तब खै कस्तो अनौठो लाग्दै छ , मन पुरै फुरुङ हुदै घरी सपना घरी विपना गरिरन्छ ,  निश्फीकृ र विना गन्तव्य आफ्नो ताँती बाधेर उडान भरी रहेका मलेवाका जोडी जस्तै भएको छ मेरो मन, तिमीलाई लिएर रातको यो २ बजे सम्म पनि सपनाका रङ्गीन महल बुनीरहेको छु । पहिला साथिहरुले कहिले काँही मैले सोचे जस्तै सोचेको देख्दा लाग्ने गर्थो मायामा परेका साच्चीकै पागल नै हुने रहेछन् भन्ने आज आफैलाई पर्दा थाहा पाई रहेको छु राघब । तिमीले के सोचेर हिजो भन्यौ थाहा छैन तर मलाई तिमी आफ्नै लाग्न लागिसकेयौ राघब ,के तिमी मलाई साच्चै माया गर्छौ त । जोडि खोजर निश्पट आकाशमा भौतारिएकी यो एक मलेवालाई सँगै सँधै साथमा रहेर उडान भर्न साथ दिन्छौ त राघब । म तिम्रो जवाफको लागि  प्रतिक्षा गरिरहन्छु ।

प्ुार्विको यो म्यासेजले मेरो मनमा मायाका छालहरु एक्कासी उर्लिएर आए । एक पटक पुरै उफ्रीए ।  नाँचे मुस्कुराए र तत्कालै म्यासेज लेखे

“प्ुाविज्ञा तिमीलाई मैले जुन अवस्थामा देखे लागिरहेको थियो तीम्रो मनमा माया भन्ने कुनै शब्द छैन तर हैन रैछ तिमी त मायाको मनोविश्लेषक रैछौ मैले नभनीकनै मेरो मनका सबै कुरा बुझीसके छौ , तिमीले जे सोच्छौ म पनि तिमीलाई त्यही सोच्छु , तिमी जुन आफैमा एक कलात्मक छौ तिम्रा ति नयनहरुले ईसारा गरि रहन्छन् मायाको । तिमी जुनसुकै भेष्मा आउ मेरो छेउ मलाइृ आनन्द लागि रहन्छ, जब म तिम्रा नयनको हेराई भित्र डुब्छु तब डुबी रहन मन लाग्छ। प्र्वि तिमी धेरै नै  खुबी युक्त छौ अझ बढि त त्यो तिम्रो मुस्कान अब खुल्ला आकाशमा तिमी र म मिली जिन्दगीको उडान भरौला हाम्रो उडान जहाँ सम्म पुग्छ त्यही सम्म एक अर्काको हात समाएर पुगौला, मन भरी आजसम्म संगालेर राखेका तिम्रा र मेरा भावनाहरुलाई पालै पालो साटौला, भएका खुसीका साना साना ईटाहरुले सके सम्मको खुसीका महलहरु खडा गरौला । पुर्वि तिमी मैले माया गरेको बाबा मम्मी पछिको पैलो मान्छे हौ त्यसैले मनका यि खाली कुनाहरुमा तिमी बसिसकेकी छौ जिवन भरीलाई पुग्ने गरि ,सातौ जुनी भनेर बाचा गदैन , यो जिवन जहाँसम्म चल्छ त्यही सम्म तिमीलाई माया गर्छु ।”

म्यासेजको रिप्लाई गरेपछि टोईलेट छिरे फ्रेस भएर आई वरी चिया उमाले हिजो नै किनेको एक खिल्ली चुरोट थियो बढो मायाले सल्काए  पुर्विको मुस्कान सम्झदै चिया पिएर र कपडा धुन वाथरुम छिरे ।

                                     हम्रो १५ दिने चिसो विदा पनि सकीसकेको थियो , बाबा पनि काठमाडौ आएर फर्किसक्नु भएको थियो । बसन्त नि घर गएर आएको ३ दिन भएको थियो । हाम्रो कलेज सुरु भयो ।

    विहान ५ बजे तिर पुर्विले फोन गरेर बीउझाई ,उठेर फ्रेस भए ड्रेस लगाए र कोठाबाट निस्कीदै बसन्तलाई फोन गरे उसले आए भन्र्दै फोन काट्यो । म चोकमा पुग्दा पुर्वि र बसन्त कुरा गरिरहेका थिए । म पुगे पछि सबै भन्दा पहिले पुुर्विले मेरो हात समाएर चुमी ,,बसन्त अक्क न बक्क अनि भनी “बसन्त आज देखि राघब म सँगै जान्छ है तिमी गाडिमा आउ ल ” बसन्तले केही बुझ्नेै नपाई टाउको हल्लायो । पुर्विले स्कुटी स्टाट गरेर मलाई बसाई र कुदाई । सुरुमा यति धेरै डर लाग्यो उसको स्कुटीको स्पीड देखेर लाग्दै थियो म कुनै स्टन गर्नेमान्छेको पछाडी बसिरहेको छु । उसको स्पीड दर ७०  थियो मैले आज सम्म ४० भन्दा माथि चलाएको थिएन ।

      कलेज नजिकै लगेर सोेधि राघब चिया पिउन है कति चियो भयो मलाई। मलाई उसको भन्दा धेरै चिसो भएको थियो सहजै हुन्छ भनि दिए ।

क्यानटिन भित्र छिर्यौ गएर एउटा बेन्चमा बस्यौ । उसले मेरो देब्रेहात लाई अङ्गालो हाली र मेरो काधमा आफ्नो टाउको विसाई । मलाई लाजको तलतल ले सताईरहेको थियो । चियावाली दिदी हेर्दै थिईन् झन् लाज लागिरहेको थियो । उ भने आनन्दको अनुभुती गरीरहेकी थिई ।

यहि फरक हुने रहेछ खुल्ला संस्कारमा हुर्केका र बन्द संस्कारमा हुर्केका बिचमा । खुल्ला संस्कारमा हुर्केकाहरु ढुक्कसँग हरेक कुराको आनन्द लिन्छन् हामी बन्द संस्कारमा हुर्केकाहरु  ीतनै कुरामा लजाउछौ ।

 मलाई चिया सँगै चुरोटको तलतल लागेर आयो चिया सँगै चुरोट मगाए । पुर्वि मलाई हेर्दै थिई  तै पनि सल्काए एक सर्को तानेर आकाशमा उडाए र एक चुस्की चिया पिए । चुरोटको धुँवा उसको मुखै वरिपरी घुमीरहँदा सोधी “तिमी अब धेरै चुरोट खाने नगर है,  चुरोटले राम्रो गर्दैन नी तिमी आफै जान्ने छौ म के भनौ । ”

पुर्विको अनुहार नियादै मैले भने “थाहा छ पुर्वि यि चुरोटका सर्काहरुमा रमाउनुको मज्जा बेग्लै छ नि ,अब त यि ओठहरुलाई चुरोटका सर्का सँग रमाउने लत लागि सकेको छ , मैले खान छाडे यि ओठको लत कसले बुझिदिन्छ त ”

उसले मेरो हातको चुरोट तान्दै भनी “तिमी यो चुरोटलाई औधि माया गर्छौ है ”

“खै के माया भन्ने ओठमा राखेर चाहीने जति स्वार्थ लुट्छु अनि मन मर्यो भने पैतला मुनी राखेर कुल्चिन्छु अब तिमी नै भन यसलाई म कस्तो माया गर्छु । ”

गफाडी भन्दै जुरुक्क उठी र पैसा तिरेर आफु गएको संकेत गरि ।उसको कलेज बानेश्वर मेरो बबरमहल मलाई छोडेर उ आफ्नो कलेज तर्फ लागि ।

एक दिन पुर्विले आकाशे पुल नजिकै जाममा स्कुटी रोकेर भनी “राघब हामी कती धेरै नजिक भई सक्यौ है हामी एक अर्का विना अब रहन सक्छौ होला त” उसको यो कुरा सुनेर म पनि अलि सिरीएसै भएछु भने “म त सक्दैन पुर्वि तिमी के गछा्रै थाहा छैन ।” उसले योे सुनेर पागल केटा म सक्छु जस्तो लाग्छ त

 हाम्रा दिनहरु इसै गरि वितिरहेका थिए । कहिले कतै घुमेर त कहिले फील्म हेरेर त कहिले कफी सममा गफ्फीदेै ।।

बसन्त ऋतु चैतको अन्तिम साता, बुढा भएका रुखहरुले पनि आफ्नो जवानी सकी नसकी देखाई रहेका थिए, साना साना प्रोथाहरु चिल्ला भएका थिए। जमिनमा पलाएको दुबोले हरियालीको आभास गराईरहेको थियो। मनहरु यसै रमेका थिए । बाबाले मलाई फागुनमा पल्सरको .एन. एस. २०० मोडेल निकाली दिनु भएको थियो ।  पुर्वीलाई मेरो बाईक चलाउने साह्रै रहर जागेको धेरै भएको थियो । हुन त यो उकै रोजाई हो । हाम्राबारेमा हामी दुवैका परिवारले थाहा पाएका थिए  पुर्विका बाबा बाहेक ।

           गर्मि बढिसकेको थियो बाहीर ।दिनको त्यस्तै ३ बजे तिर पुर्विले फोन गरि भक्तपुर दरबार धुम्न जाने भनेर, उसको कुरालाई मैले नकारीन ।

उसैले अस्ति किनीदिएको निलो रङको टिर्सट लगाए, बाहीर जिनको आउटर लगाए थोरै फरफ्युमले शरिर बास्नेदार बनाएर तल गएर बाईक स्टाट गरेर उसकै घर छेउमा रोके । आज पुर्विले स्कुटी नलिने भनेर अखि नै भनि सकेकी थिई ।

कालो रङको पाईन्छमा टप्स लगाएकी, कानमा सुनका साना पिपलका पात आकारमा टप, अनि हातमा मोबाईल समाएर  म तर्फ आउदै थिई मेरी पुर्वि । आज पुर्वि आफैले बाईक चलाउछु भनी मलाई पछाडी बस्न आदेश दिई मैले उसले बाईक चलाएको कहिल्यै देखेको थिएन । बाईक स्टाट गर्दा उसलाई हेरेर अचम्म मान्दै थिए जब बसे डरको घेरा भित्र छिरे । जडिबुटी चोकबाट मेन रोडमा निस्कदा त ठिकै थियो तर जब मेन रोडमा निस्कीए तब मनको डरले बेग मार्दै थियो । कस्तो केटी गाडिहरु आएर ठक्कर देला जस्तै गरे पछि मात्रै साईट दिन्थी उसको स्पपिड ८०,९० थियो । स्कुटीमा त त्यस्तो स्पिड हाक्ने मेरी मेरी पुर्वि झन बाईकमा त के कम । उसका काधमा दुईहातले समाएको थिए मैले । भक्तपुर दरबार परिसरमा भने उसले विस्तारै चलाई सबैले उसैलाई नै हेरेका थिए बाटो भरि  । मेरा मनमा पनि लागेको थियो कस्ती अचम्मकी छोरी जन्माएका रहेछन् बुडाले । पार्कीङमा बाईक पार्क गर्दै गर्दा उसलाई मैले सोधे पुर्वि तिमी स्टन गर्न किन नगएको मेरो कुरा सुनेर उसले मुसुक्क मुस्कुराई मात्रै ।

    ग्रिनवे क्याफेको टप फ्लोरमा झ्याल तिरको क्याविनमा हामी बस्यौ । उसले सुरुमा कफी नै मगाई मैले भने चिया मगाए उसले अनौठो मान्दै भनी के होे राजाको आज अकै च्वईस । म मुसुक्क हाँदै भने आज राजा र रानी चिया र कफी पालै पालो खाने भनेर नि ।

उसले चिया तान्दा म कफी खान्थे उ कफि खादा म चिया खान्थे साह्रै रमाईलो भईरहेको थियो । चिया सकीए पछि उसले मेरो हाल समाई अनि झोलाबाट एउटा रवर र सुन मिक्स बाला लान्दै मलाई हेर्दै पहिराई, उसलाई मन पर्ने मेरा हातहरुमा २,३ पटक चुम्बन गरी र हात आफ्नो हात माथि राखेर मेरै लाग्दै भनी“ राघब मान्छेहरु किन प्रेमलाई मुना मदन , लैला मैजु रोमीयो जुलीयाको प्रेम सँग मात्रै तुलना गर्छन् , तुलना ति जोडिको पनि गरे हुन्थ्यो होला नि जो जिवनको रथलाई सकि नसकी सँगै तानीरहेका छन् , एकले अर्कालाई सच्चा प्रेम गर्छन्”।

मैले उसको प्रश्नको खास ठेट जवाफ केही पाईन र जिस्कीदै भने “तिनीहरुलाई साहित्यकारहरुले पुस्तकमा उतारे अनि सबैले चिने त्यही भएर होला नी” उ पनि मुस्कुराई

झ्यालबाट तल त्यो खुल्ला मैदानमा हिडिरहेका मानीसहरु हेर्दै थिई पुर्वी । मैले उसका निधार भरी छरपस्ट छरिएका रौहरु मिलाउदै भने “थाहा छ पुर्वि तिम्रा हरेक शब्दले मेरो मनलाई पुकारी रहन्छन् अनि  मेरोे यो बेचैनी मन तिम्रो प्रखाइमा पर्खि रहन्छ । तिम्रो त्यो कोमल हृदयले जब मलाई सम्झीन्छ मेरो मन सगरमाथा झै माथि पुग्छ अनि उमङ्गको लामो सास फेर्छ । अनि मेरो धड्की रहेको मुटुमा हात राखी तिमीलाई महशुस गर्दछु , तिम्रो मायालाई सँधै आफ्नो हृदयमा सदाको लागि राखेको छुु । ”

मैले यसो भन्दै गर्दा पुर्विका आँखामा आशु टपटप भएका थिए मेरो छातीमा टाउको राखेर हालले मेराहातहरु बेसगरी कस्दै रुन्चे स्वरमा भनी राघब तिमी मलाई यति धेरै माया गर्छौ । उसका कानले मेरो घड्कन सुनीरहेका थिए । मैले टाउकोलाई मुसार्दै अँ भन्ने संकेत गरे ।

मलाई यी आँखाहरु खुबै नौटङ्की लाग्छ खुुसी हुँदा पनि रसाउने दुःखमा पनि रसाउने केही गरि सन्तुष्ट राख्न नसकीने ।

साँझ झमक्क  भईसकेको थियो क्याफेबाट निस्कीदा यस पटक बाईक म आफैले चलाईले उसले मलाई हातहरुले छात्तीमा बेसगरी च्यापेकी थिई मानौ मेरो मुटु बाहिर आउदै छ उसले आउन रोकेकी छ । उसलाई घरम छोडे एक पटक उसले मेरा हातहरु च्ुामी र एकदमै टाईट हक गरी ।

बैशाखको अन्तिम साताको बुधबारको दिन थियो फोनमै रातै भरी कुरा भईरहन्थ्यो । मंगलबार राती पुर्वि फोनमा एक्कासी राघब म तिमीलाई छोडेर जान सक्दीन राघब हुुँ हँ स्वा  हुुँ हँ स्वा हुुँ हँ स्वा फोनमा यस्तै आवाज मात्रै आईरहयो । मेरो मन पनि एका एक भक्कानी न थालीसकेको थियो । सम्झाए पुर्वि भन न के हो के भयो म छु त किन रोएको त  भन त के भयो

 उ रुदै भन्दै थिई राघब बाबाले मेरो बिहे गरिदिने रे आज केटा मलाई हेर्नं आएको छ बिहृे गरेर अष्ट्रेलिया लैजान्छ रे हुुँ हँ स्वा

पुर्वि झनै रुन थाली उसको रुवाईले मलाई पनि बाँकी राखेन म पनि रोईदिए दुबै जना फोनमा केही नबोली ५ मिनेट जति रोएरै काट्यौ ।

बल्ल थाहा भयो मान्छे मायामा परे पछि किन रुन्छ, किन कम्जोर हुन्छ

उ भन्दै थिई राघब मलाई तिमी चाहीन्छ, मलाई तिम्रो आदत भई सक्यो तिमीलाई छोडेर म जादैन बरु म मरीदिन्छु ।

मलाई केही भन्न आएन भन्नु पर्ने थियो मलाई पनि त तिमी चाहिन्छ, म कसरी काटुला तिमी नहुँदाको कहाली लाग्दो जिवन

    भने पुर्वि भोली हामी भृकुटी मण्डप जाँउ त्यही बसेर निर्णय गरौला ।

पुर्विलाई अलि सान्त्वना मिलेछ क्यार रुन चुप भई । रातको १२ बजिसकेको थियो । आज पुर्विले फोनमै गहिरो चुम्बन गरी मैले पनि स्वीकारे ।

 भोली पल्टहामी भृकुटी मण्डप गयौ । भृकुटी मण्डपको भृकुटी क्याफेमा बसेर धेरै बेर मौन भयौ दुवैले एक अर्कालाई मायालु नजरमा बारबार हेरी रहेउ । पुुर्विले मेरा हातहरु सुमसुमादै थिई । मैले मौनतालाई चिर्दैैैै सोधे के गर्ने त अब पुर्वि

केही बेरको मौनतालाई उसले भङ्ग गर्दै भनी गालामा हातराखेर भनी राघब हामी भागौ अब है

उसले यसो भनी रहँदा म भने उसका फोटाहरु तल माथि सार्दै थिए झसङ्ग भए । मोबाईल टेबलमा राख्दै भने पुर्वि तिमी होसमा त छौ कस्तो बच्चा बच्चि जस्तो कुरा गरेको तिमीले

उ आँखा भरी आँशु टिलबिल पार्दै मेरा हात समाएर भन्र्दै थिई  राघब म सँग यो भन्दा अर्को कुनै बिकल्प छैन

हुँदा पनि हो  हामी एक अर्काको हने यो भन्दा अर्को विकल्प थिएन ।

केही भन्नै आएन मलाई आँटै आएन भाग्नलार्इृ चुपचाप बसे केही बोलेन

लगभग २ घण्टा बसे पछि हामी चुपचापै भएर घर फकीयौ । पुर्विलाई घरमा छोड्दा भने म फोन गर्छु सोचेर चिन्ता न गर

कोठामा गएर सोचे धेरै सोचे छोरालाई राम्रो बनाउन भनी पठाएका मेरा बुवा मम्मीलाइृ सोचे काठमाडौ पढ्न पठाएका कि बुहारी ल्याउन , सोचे बिहे पछिको त्यो जिवन , अझ बढि सोचे यदि विहे भएन भने हामी भागेनौ भने उसको बिहे भयो भने त्यस पछिको त्यो कहाली लाग्दो जिवन । सबै कुरा देखि डर लाग्यो । बसन्तलाई फोन गरे र सबै कुरा भने बसन्तले पनि भाग्नुको विकल्प छैन भन्ने नै बिचार पोख्यो।

घरमा फोन गरे मम्मीले फोन उठाउनु भयो । सिधै भने मम्मी म बुहारी लिएर आउर्दै छु बा बा लाई भनिदिनु होला । मम्मी हतारमा सोध्दै हुनुहुन्थ्यो बावु त्यसो नगर बरु घरमा कुरा गरौला नानीको

मम्मीलाई भने मम्मी घरमा भनेर अब हुनेबाला केही छैन हामी भोली यहाँबाट हिड्दै छौ । मम्मीलाई यति भनेर फोन राखेर पुर्विलाई फोन गरेँ ।

भोली हामी सुर्खेत जान्छौ तिम्रो घरमा थाहा नपाउने गरि तयारी गर है

बस पुर्विलाई यति चाहिएको थियो एक पटक जोडले हुर्रे भनेर चिच्चाई

हुन्छ र हुन्छ भन्दै फोन राखी दि

भोलीपल्ट रारामेट्रोको टिकेट काटेर हामी सुर्खेत लाग्यौ । काठमाडौँ छाड्दै गर्दा पुर्विले एक पटक बाबा मम्मी र भाईलाई सम्झी र आँखा भरी आशु ल्याउदै भनी राघब म आजसम्म बाबा मम्मीको हातमा थिए मैले जे गर्दा पनि हुन्थ्यो, जाँ जादा पनि हुन्थ्यो, म विरामी पर्दा उहाँहरुको सहारा र मायाले निको हुन्थ्यो, भाई सानै छ बिचरा के गर्ला  म नै नभए पछि अब त्यसलाई डेरी मिल्क कसले ल्याईदिन्छ । बाबा मम्मीले मलाई साँझ कति खोज्नुहोला कति रुनुहोला मलाई सम्झेर । उहाँहरुले बनाएको मेरो सपनाको महल आज म मेरै हातबाट ढाल्दै छु ,जसले मलाई यो घर्तिमा ल्यायो उसकै मायालाई लत्याउर्र्दै छु । राघब अबको मेरो बाँकी जिन्दगी आजबाट तिम्रो हातमा छ म जेगर्छु तिम्रो सहारामा मात्रै गर्नेछु । जसले जे सुकै भने पनि खुल्ला आकाशमा उडिरहेकी म आजबाट तिम्रो पिजडाँ भित्र जादैछु । पुर्वि गाडिमा मुख छोपेर आँशु झारी रही मलाई पनि उसले भनेका कुराहरु यर्थाथ र वास्तविक लागेका थिए । म पनि आजबाटै दुईटा जिवनको मालिक भएको थिए ।

भोलीपल्ट बिहान दिदी बसपार्क लिन आएकी थिई । पुर्विलाई देखेर दिदी मुसुक्क हाँसी र मेरो कानमा खुुसुक्क भन्दै थिई कति राम्री हो तेरो बुढी त

दिदीले यसो भन्दै गर्दा मलाई साह्रै लाज लागेको थियो । हामीले घर पुगेर बाबालाई सबै कुरा भन्यौ त्यस पछि बाबाले पुर्विको घरमा फोन गरेर र सबै भनीदिनु भयो ।

बैशाख महिनाको अन्तिम शुक्रबार हाम्रो बिवाह भयो मन्दिरमा सबै आफन्तहरु भेला भएर । पुर्विका घरमा पनि हामीलाई स्वीकारी सकेका थिए आखिर छोरीको खुसी न हो ।

आज हाम्रो विवाह भएको ८ वर्ष भयो छोरी तिमी हाम्रो विवाहको १७ महिना पछि जन्मेकी थियौ । स्वितिका मुसुक्क हाँसी र बाबाको काखबाट मम्मी मम्मी भन्दै भान्छा तिर दौडि म भने काकाको यो लभ स्टोरी सुनेर आनन्द लिदै गौरीकालाई फोेन गदै आफ्नो कोठातिर लागे ।

– नविन काफ्ले अभि
विरेन्द्रनगर ९ सुर्खेत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.