~कुमार भट्टराई~
यता फर्किए पनि तिमी देख्छु
उता फर्किए पनि तिमी देख्छु
सिरक भित्र लुकेर निदाउन खोज्छु
सिरक भित्र तिमी नै सल्बलाएको भेट्छु
निदाउन नसकेर आँखा बन्द गर्न खोज्छु
मष्तिस्कको पर्दामा पनि तिमीलाई देख्छु
पानी पिउन र आफूलाई साम्य पार्न खोज्छु
गिलास भित्र पानीमा नि तिमीलाई देख्छु
मदहोश भएर बेहोसी साथ अँध्यारोमा
निस्किएर आकाशको तारा हेर्न पुग्छु
हरेक तारामा तिम्रो चमक देख्छु
मस्तिस्कको बहाब रोक्न,
पानीको फोहरा मुहार भरि छ्याप्न खोज्छु
हरेक थोपामा तिमी भेट्छु
रुदा आशुमा तिमी झर्छौ, न म रुन सक्छु
हरेक हासोमा तिमी छौ
भन न अब म के गरुँ
हरेक सास र मुटुको घड्कनमा तिमी भेट्छु
सायद नशामा तिमी सल्बलाउँदा मेरो
मुटु धड्कन्छ, तिमी नै बाहिर भित्र गछौ
मेरो मस्तिस्कको अक्सिजन भेट्छु
भन न अब म के गरु,
न बाच्न सक्छु, न हास्न सक्छु
तिमी बिना बाच्नु त जीउँदो लाश पो हुनुपर्छ ।
कुमार भट्टराई
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )