~अमृत सिङ थिङ~
थाक्दैन दुई आँखा हेरेर तिमीलाई
राखेको छु ,परेलाले छोपेर तिमीलाई
बनेर माली मनको बिशाल बगानमा
देख्दैन कसैले राख्याछु रोपेर तिमीलाई
मायाको ताज महल बनाउन सकेन
यो मनमा राख्याछु सजाएर तिमीलाई
उडेर आकाशमा टाढा टाढा पुगौ जस्तो
यो हृदयको छायामा पारेर तिमीलाई
लाग्छ पेरतीको छुट्टै दुनियाँ बनाउ जस्तो
मेरो आफ्नो संसारमा सारेर तिमीलाई
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )