कविता : देश

~आविष्कार कला~

देश के हो
म उत्तर खोजीरहेछु
उ पनी उत्तर खोजीरहेछ
भिमसेन पनी खोजीरहेथे
वहादुर शाह पनी खोजीरहेथे
सायद तिमिपनी खोज्दैछौ ।

देश गोरेटो बाटो हो की
तिमि मात्र हिड्नलार्इ
होर्इन घोडेटो पो हो की
तिम्रा गोरू घोडा लैजानको लागी ।

देश के हो
तिमिले उत्तर देउ
राजमार्ग हो भने सबैलार्इ हिड्न देउ
पाङ्गावाला मात्र होर्इन
हामी फुटपाथवाला पनी ।

देशको उत्तर देउ
मलार्इ नदेउ संविधानको उत्तर
मलार्इ नदेउ सिंहदवारको उत्तर
म त धनुषाको मुसहरनियाबाट उत्तर मागी रहेछु
म त सगरमाथाको सिरबाट उत्तर मागी रहेछु ।

मलार्इ देश नदेउ
उसलार्इ पनी नदेउ
म र उ जस्ता सबै जनतालार्इ देश देउ
जहा सबैले देशको अनुभुति गरौ ।

मलार्इ मेरो देश गोरेटो बनेको हेर्नु छैन
न की घोडेटो नै
मेरो देश बनोस राजमार्ग
जहा N औ लेनको सडक होस
जहा जनता गर्वले हिड्न, कुद्न र गुड्न सकुन ।

मेरो देश सजीव बनोस
कालापानीको घाउ काठमाण्डौमा दुखोस
तिलाठीको पिडा सिंहदरवारमा दुखोस
सगरमाथाको सिर
सदैव उच्च भै रहोस ।

– मल्लरानी ३ प्यूठान

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.