कविता : ऐना

~यकिना अगाध~

राष्ट्रपतिको आदेश–
बलात्कारीलाई सजाय कडा
प्रधानमन्त्रीको उद्घोष–
भ्रष्टाचारमा शून्य सहनशीलता
मन्त्रीहरुको प्रतिबद्धता–
हडताल गर्न बन्द
प्रशासकहरुको शपथ–
महंगी र कालोबजारी हुन्न
देशमा भने–
आरोप लागिरहेको थियो
बालिका बलात्कारको प्रहरी प्रशासनमाथि
भिआईपी विदेश भ्रमणमा सगै सवार थियो
सुन तस्करीको मूल साथी
‘राष्ट्रिय चाड’ कै मुखमा
बन्द गरिरहेका थिए ट्यांकर र यातायात दलाली
एकमुठा साग किन्न जादा
रितै फर्किरहेका थिए किन्न नसकि देशवासी ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.