~दिनेश सुवेदी~
तिम्रो नजर यो मनमा गड्यो
लजाउँदै झुक्ने त्यो
हिस्सी मुहार यो मनमा गड्यो
यो दिलको सागरमा उर्लिँदैछ छाल तिम्रै
धड्कनसँगै ठोकिँदै त्यो
बग्ने लहर यो मनमा गड्यो
जिउनु मर्नु सँग कुनै मतलब हुन्न रैछ
आँधीसरि बहँदै आउने त्यो
तिम्रो रहर यो मनमा गड्यो
दुई चुल्ठी झारेको पल मुहारमा तिमीले
बादलमुनि जून चिहाएझैँ
लाग्ने प्रहर यो मनमा गड्यो
शब्द: दिनेश सुवेदी
सङ्गीत: राम सिटौला
स्वर: प्रमोद खरेल
एल्बम: प्रवेग