नृपेश उप्रेतीका पाँच मुक्तक

~नृपेश उप्रेती~


जगतमा कोही छैन समय भन्दा ठूलो
कमाइ पनि हुँदै हैन संचय भन्दा ठूलो
नलेउ मनमा चिन्ता आफैलाई खान्छ
कुनै रोग हुँदैन मनको भय भन्दा ठूलो


मुस्कुराउँदै आएर चल्ने गर्छ साँझमा
तिम्रो यादले मुटु जल्ने गर्छ साँझमा
सुरु हुनु पहिले नै कहाली लाग्दो रात
सराव पिएर नृपेश ढल्ने गर्छ साँझमा


रुप रंग र यौवनको अनुपम आवृत्ती हौ तिमी
समयले कहिलै नबिर्सिने त्यो स्मृति हौ तिमी
तिमीलाई पढ्ने हरेक कविहरु यहि भन्नेछन्
लेख्नेले पनि फुर्सदमा लेखेको कृति हौ तिमी


अलिकति जान्ने चाह भए रविलाई सोध
त्यो भन्दा बढी चाह भए कविलाई सोध
योग भोग संभोग, के हो त जीवन जगत ?
बुझ्नलाई हामी जस्ता अनुभवीलाई सोध


आमाको गाली गर्नु भएको छ राजनीति
छोरीको दलाली गर्नु भएको छ राजनीति
आफ्नो घर लुट्न डाकाको जत्था पठाइ
छिमेकीको रखवाली गर्नु भएको छ राजनीति

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.