~किरण खरेल~
मसँग कुन जनमको यो तिमी बदला लिँदैछौ हँ
हरेक पाइला पाइलामा तिमी धोका दिँदैछौ हँ
मेरो आँशु आँशु नै हो नठान पानी यसलाई
मुटु यो मानिसकै हो नठान पुर्जा यसलाई
मलाई बेहोस पारेर किन टाढा हुँदैछौ हँ
मसँग कुन ………………………
म निभ्न लागेको बत्ती नफुक बल्नदेउ एक छिन
भिखारी सम्झेरै भैगो मलाई दान देऊ एक दिन
मलाई जिउँदै मारेर कति नाफा लिँदैछौ हँ
मसँग कुन ……………………………..
शब्द : किरण खरेल
स्वर : माणीकरत्न
सङ्गीत : शिवशङ्कर