गीत : एउटा खुल्ला किताब हूँ म

~जस योञ्जन ‘प्यासी’~

एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ
अरुले जस्तै बुझेपछि पन्नाहरू च्याते हुन्छ
एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ

(बेमौकाको बादलसरि कति चोटि फाटिदिएँ)X२
(जसले मलाई पूजें भन्थ्यो उसकै पनि उपहास पाएँ) X२

एउटा खुल्ला चिठी हूँ म तिमीले पनि पढे हुन्छ
अरूले जस्तै पढेपछि बेकार सम्झी फाले हुन्छ

एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ

(निष्ठुरीको आस्थाबाट कति चोटि टुक्रिसकें)X२
(जसले मलाई सबथोक ठान्थ्यो उसकै पनि म रेत भएँ)X२

एउटा सादा कागज हुँ म तिमीले पनि लेखे हुन्छ
अरुले जस्तै लेखे पछि अनर्थ सम्झि मेटे हुन्छ

एउटा खुल्ला किताब हूँ म तिमीले पनि पढे हुन्छ

शब्द : जस योञ्जन ‘प्यासी’
सङ्गीत : कर्म योञ्जन
स्वर: डेजी बराइली

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.