~अमृत सिङ थिङ~
जिन्दगीको जहाज त्यँही बेला डुबेको थ्यो
जहिले मेरो मन तिम्रो मायामा झुकेको थ्यो
मैले बार बार तिमी सँग धागो मागी रहें
जहिले हातबाट चङ्गा आकाशमा उडेको थ्यो
न मेरो मन खुशी न दुःखी नै त्यो पलमा
जुनबेला तिमी अन्जान भई पुुगेको थ्यो
म हतास भई खोजीरहें ति भिडहरुमा
आफ्नो मुटो अर्कैको छाती भित्र लुकेको थ्यो
चोटै चोटमा पनि ओठ मेरो मुस्कुराई रह्यो
जब आँसुुको थोपाहरु आँखामा सुुकेको थ्यो
अमृत सिङ थिङ
महाभारत गाउँ पालीका ,
बनखु , काभ्रे
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )