~दीपक कुमार ज्ञवाली~
नजाऊ छोडेर विदेश
मर्नु परे मरौंला संगै
देश हाम्रो पनि हो
माया गरौं देशलाई
धान्न सक्दैनन् प्राण
अजरअमर बनाऊनलाई
भोग्दै आयौंं सामन्त
भोग्नु छ अझ हाम्लाई
सहुँ दूत्कार अझ
जनता स्वाधीन बनाऊनलाई
सामन्तीको घेरा भित्र
गर्दैछन् अझ रजाई
मत मेरो छ एउटै
बदल्नु छ देशलाई
दुत्कार गर्नुपर्छ
सामन्तीका अवशेषलाई
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )