पुस्तक समीक्षा : गंगा लिगल र आमा कवितासङ्ग्रह

~सदानन्द अभागी~

हेर यो देशको माटो कति सुन्दर लाग्दछ !
रातो माटोले पोतेको भित्ता अति रहर लाग्दछ !
के छैन यस माटोमा सजीवताको आलोक छ
आफै दर्पणमा हेर लाली गुराँसको मुस्कान
त्यसैले त जननी जन्मभूमिश्च
स्वर्गादपिगरीयसी ।
(आमा कवितासङ्ग्रह, जननी जन्मभूमिश्च स्वर्गादपि, पृष्ठ १,)

यी राष्ट्रियताले भरिएका श्लोकहरू साहित्यकार गंगा लिगल (१२ मई १९४९) का हुन् । गंगा लिगल नेपाली साहित्य फाँटमा एउटा सुपरिचित नाम हो । उनको जीवन राष्ट्र, राष्ट्रियता र जन्म दिने आमा र मातृभूमि आमाप्रति पूर्ण समर्पित छ भन्दा अतिशयोक्ति नहोला । किनकी पाल्पाको सुन्दर नगरी तानसेनमा जन्मेकी गंगा लिगल, सि.न.न.पा.–७ सिद्धार्थनगर, रुपन्देहीमा प्राध्यापनलाई निरनतरता दिंदै हाल अमेरिकामा पुगी अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ह्युस्टन च्याप्टरको पनि आफ्नै अध्यक्षतामा वि.सं. २०६७ सालमा गठन गरी विदेशमा बसी नेपाली साहित्य र नेपाली भाषा पाठशाला स्थापना गरी सेवा पु¥याउनु चानचुन कुरा होइन । यो उमेरमा पनि उहाँ उत्तिकै सक्रिय हुनु हुन्छ र उहाँले नेपाली साहित्यका हरेक विधामा आफ्नो कलमलाई निरन्तरता दिइ नै रहनु भएको छ । समकालिनहरूको लागि यो एउटा अनुकरणीय काम हो भन्न सकिन्छ । आज मैले उहाँको ‘आमा’ कवितासङ्ग्रहलाई अध्ययन गर्दै छु र आमा कवितासङ्ग्रहमै केन्द्रित हुनु उपयुक्त होला भन्ने ठान्दछु ।

‘आमा’ कवितासङ्ग्रहको संरचना–
यो कविता सङ्ग्रह जनकप्रसाद लिगले वि.सं.२०६४ सालमा प्रकाशन गर्नु भएको र यसको मूल्य नेपाली रू १००÷– (भा.रु ६० र युयसडलर ५ ) राखिएको छ । यस कवितासङ्ग्रहमा ६८ कविताहरू समावेश गरिएका छन् । ममतामयी आमा स्व. श्रीमती केशव लक्ष्मी श्रेष्ठज्यूमा समर्पंण गरिएको छ । यस कृतिको भूमिका बरिष्ठ साहित्यकार बालकृष्ण भट्टराईज्यूले लेख्दै भन्नु हुन्छ – ‘सारांसमा भन्दा ‘आमा’ कवितासङ्ग्रह जननी र जन्मभूमिप्रति कृतज्ञता प्रकट गरिएको, श्रद्धाभाव व्यक्त गरिएको कृति हो ।’ यो कृति आवरण पृष्ठ बाहेक ९७ पृष्ठमा सजिएको छ । आवरण अग्रपृष्ठ, हिमाल ,नेपाल, घर, मन्दिर आदि आकर्षक प्राकृतिक सुन्दरताले सजिएको छ भने आवरण पछिल्लो पृष्ठ स्रष्टाको परिचयले भरिएको छ । अग्र आवरण पृष्ठले नै कृतिको सारभाव दर्शाउँछ ।

कृति भित्र प्रवेश गर्दा
विहानी कवितासङ्ग्रह प्रथम कृतिको रूपमा देखिएकी गंगा लिगल गंगाको लहर (लेख रचनाको संगालो र युगज्योति धार्मिक लेख रचनाको सङ्गालोको प्रकाशन गर्दै पुन ‘आमा’ कवितासङ्ग्रह लिएर उदाएकी छन् । आमा शब्द एउटा पवित्र शब्द हो । जसबाट सृष्टि हुन्छ । सृष्टिमा आइपर्ने सबै खाले बाधा व्यवधानलाई चिर्दै सवल सन्तती निर्माण गर्ने काम पनि ममतामयी आमाबाटै हुन्छ । त्यसो हुँदा गंगाजीले मेरा केही शब्दहरूमा भन्नु हुन्छ –‘आमाको महिमा अपरम्पार छ । संसारमा प्राणीमात्राका लागि सर्वाधिक प्रिय र अमूल्य बस्तु केही छ भने त्यो आमाको निस्वार्थ स्नेह हो र वात्सल्य भाव हो ।’ बास्तवमा गंगाजीको यो धारणा यथार्थतामा आधारित छ । गंगाजीले पनि आमाबाटै सबै भन्दा बढ्ता माया र प्रेरणा पाएको धारणा राख्नु भएकोछ । यस कुरालाई भूमिकाकार आदरणीय गुरु बालकृष्ण भट्टराईजीले लेख्नु हुन्छ –‘ समग्रमा हेर्दा ममतामयी माताको वात्सल्यभाव र गुनिलो माया बिर्सन नसकी कबयित्रीले अनेक शीर्षकहरूमा आफ्ना भावनाहरू व्यक्त गरेकी छन् । यसबाट के स्पष्ट हुन्छ भने कबयित्रीका कविताका प्रेरणास्रोत उनकै जीवन दायिनी आमा र जन्मभूमि हुन् ।’

मृत्यु ध्रुवसत्य हो । जीव जन्मन्छ जन्मेपछि सुकुकर्म जे गर्नु थियो गर्छ र मृत्युको शिकार बन्छ । यहाँ पनि गंगाजीकी ममतामयी माताको देहावसान भयो । यस शोकमय अवस्थामा गंगाजीको मनभित्रको भावना उद्वेलित भयो र आमाकै स्मृतिमा साहित्य सिर्जनातिर विचार पलायो । गंगाजीको यो आमा कवितासङ्ग्रह आमाको शोकमामात्र सीमित छैन । यस कवितासङ्ग्रहमा अमेरिकामा बस्दा देशको स्मरण हुँदा लेखिएका मातृभूमिप्रतिका कविताहरू छन् । मानवीय जीवनमा प्राकृतिक सौन्दर्यले पार्ने आकर्षणको पनि त्यत्तिकै महत्त्व हुन्छ । कुनै पनि कवि, साहित्यकार कलाकारहरू प्राकृतिकसौन्दर्य भन्दा बाहिरिन सक्दैनन् । यहाँ गंगाजीले पनि प्राकृतिकसौन्दर्यतालाई टपक्कै टिपेर कविताको रूपमा लपक्कै टाँस्नु भएको छ । यस कविता कृतिलाई यिनै तीन चीजमा आधारित भएर अध्ययन गर्नु पर्ने देखिन्छ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि’ पहिलो कविता हो । यस कवितालाई मङ्गला चरणको रूपमा लिएर यस कृतिको चिरफार गर्न मन लाग्यो हुनता कवयित्रीले यस कृतिलाई कवितासङ्ग्रह भनेकी छन् तर यस कृतिलाई गहिरियर हेर्दा कविताहरू एक अर्कामा सम्बन्धित छन् र आमाको स्मरणमा आधारित छन् कतै आमा र माटोप्रति असीम श्रद्धाभाव प्रकट गरिएको छ भने कतै आमालाई प्रकृतिसँग खोजी गरिएको छ । हरेक स्थानमा आामालाई महत्वपूर्ण स्थान दिइएको छ । मलाई त यो कवितासङ्ग्रह नभनी स्मरण(शोक) काव्य हो भन्न मन लाग्छ । प्रथम कवितामा, बुद्धको जन्म भएको देश, शान्तिको प्रतीक, उच्च परिज्ञानको ज्योति ले कण–कण भिजेको, हिमाली हावाको अननन्दता,पवित्र जलले धर्ती रसाउनु, धर्तीको माटो र आमाको सम्बन्ध, चोखो प्रीतिले आमाको हृदय स्पन्दन चुम्नु ,रसिलो र गहकिलो मातृभाषाले विश्वलाई लोभ्याउनु आदि आदि कारणलाई पस्कँदै कवयित्रीले यदि स्वर्ग छ भने कही खोज्न पर्दैन यही माटो नै स्वर्ग हो भन्ने धारणा पस्केकी छन् । बास्तवमा स्वर्ग भन्नु मानवीय जीवनमा प्राप्त हुने उच्चतम आनन्दको अनुभूति हो । सो अनुभूति यसै पृथ्वीमा ग्रहण गर्न सकिन्छ स्वर्ग कहाँ छ भनि खोजी गरिरहनु आवश्यक पर्दैन । कवयित्रीले जननी र जन्मभूमिलाई स्वर्गभन्दा पनि प्यारो ठान्दछिन् । भूमिकाकार बालकृष्ण भट्टराईले भूमिकामा भन्नु हुन्छ –‘ सृजनाको मूल मुहान भने आमाको ममता हो, माटोको माया हो’। खासगरी आमा कवितासङ्ग्रहमा भएका कविताहरू चाहे ती प्रकृतिक वर्णनले सजिएका हुन या विदेशमा रहँदाको पिडाले आक्रन्दित हुन या जीवन दर्शन र विविधरूपमा लेखिएका हुन् ।ती सबै कवितामा हामीले जननी र मातृभूमिमा कुनै न कुनै रूपमा अन्तरसम्बन्ध भएको पाउँछौं । तापनि कवयित्रीले कविता लेख्दा प्रस्तुतिमा आएको बाहुल्यतालाई मध्यनजर राख्दै विश्लेषणमा गएको छु ।

जननीसँग आवद्ध कविताहरू–
बिर्सन्न म, स्नेहको भाषा, सपना, आमाको माया, निष्ठुरी भयौ, टाढा भयौ, बिरानो भो, तिमी आइनौ, तिमी यहीं छौ, किन पलायन भयौ तिमी, खोजेर त्यो पाइँदैन, स्वतन्त्र छु म, न्यानो काख, सङ्कल्प, सन्ताप, आईदेऊ तिमी , आमाले दिएको माया, सिर्जनाकी मूल, चोखो, आशा र खाँचो छ यहाँ,यी जननीसँग आवद्ध कविता हुन् । यी शीर्षक बाटै आमाप्रति गरिएका आग्रह तथा आमाले गरिएका विविध घटनाक्रमहरू प्रष्ट हुन्छन् । आमाको न्यानो काखलाई विर्सेर विर्सन नसकिने, पृथ्वीबाटै पलायन भएकी, आभासको आग्रह, आमालाई विर्सन नहुने, धारणा राख्दै कवयित्रीले भन्दछिन् –

आमाको रूप धर्ती हो
जसमा गहन, सहन शक्ति छ
सन्ततिकै दिव्यतामा
यिनकै महान् आदर्श छ
(आमाको माया पृष्ठ ५)

आमा निष्ठुरी भएकी सपनिमा पनि देखिन छाडेकी, तिम्रै आदर्शका कारण नौलो प्रगतिका प्रवाहहरू प्रवाहित हुन्थे तर तिमी टाढा भएकाले सबै बिराना भएका छन् । आमा आउने आशामा कवयित्री पर्खाईमा रहँदा रहँदा आमा नआउँदा रुन थाल्छिन् –

मन रोए, आँखा रोए
लगाएका कपडाहरू रोए
आँपूm उचिएको भूईं समेत रोयो
आमा तर तिमी आइनौ ।
(तिमी आइनौ पृष्ठ १०)

यस कवितासङ्ग्रहमा आमाप्रति पोखिएका अनेकौं विलौनाहरू छन् । पढ्दा सबैका आँखा रसाउँछन् । कारुणिक भवना पोख्न कवयित्री खप्पिस देखिन्छिन् । अथाह वेदनामा डुबेको मानिस दिग्भ्रमित हुन पुग्छ, अन्यौलता छाउँछ ,यत्र तत्र सर्वत्र उहीउही नै देख्न थाल्छ, आफ्नै नजरको वरिपरि रहेको आभास मिल्छ । यहाँ कवयित्री आमाको देहावसानमा यति घायल भएकी छन् कि उनले आमालाई सोही रूपमा रहेको ठान्दछिन् । ऋतुमा बसन्तको हरियालीमा, शिशिरको सदाबहारमा, गृष्ममा झर्नाको चिसो पानीमा बग्दै समुद्रको सुन्दर लहरमा,पन्छीमा मयुर, पशुमा हरिण, पूmलहरूमा कमल, तीर्थहरूमा देवघाटमा यसै धरातलमा अभिन्न भएर रहेको पाउँछिन् र भन्दछिन् –

सूर्यमा तिमी किरण भइछौ
रात्रिमा जूनको उज्यालो भइछौ्र
ताराहरूमा सप्त ऋषि भइछौ
त्यसैले मलाई लाग्छ तिमी यहीं छौं
(तिमी यहीं छौं पृष्ठ ११)

गर्भ धारणदेखि दिएर एउटा शिशुलाई आफ्नो खुट्टामा उभिने बनाउँदा आमाले दिएको माया अतुल्य हुन्छ । कुनै पनि सुपुत्र, सुपुत्रीमा ममतामयी माताको त्यो स्नेह र त्यो योगदानको अमिटछाप बनेको हुन्छ । देहावसानको पीडाबाट अलगिन र शान्ति पाउन त्यति सहज हुँदैन । यहाँ कवयित्रकिो अवस्था पनि त्यस्तै हुन पुगेको छ । उनी शान्तिको खोजीमा छन् –

मातृ पीडाले तड्पिएको यो हृदयÞ
रोदन –क्रन्दनले जलिरहेको यो मुटु
प्रत्येक ढुकढुकीमा जोडिएको ममता
खोज्न चाहान्छ केवल शान्ति र शीतलता
( शान्ति र शीतलता, पृष्ठ ६१)

कवयित्रीले यस कृतिमा ममतामयी आमाप्रति पोखिएका कारुणिक क्रन्दनको वर्णन जति गरे पनि कमी नै हुन आउँछ । त्यसो हुँदा यस कृतिलाई मैले स्मृति काव्यकै रूपमा लिएको छु ।

प्रकृतिसँग आवद्ध कविताहरू
हावासँग, आखिरी किन, धर्ती हाँस्छ, आवाजको खोजी, भन न, कथाको सागर तिमी, सोध्न मन लाग्छ, चन्द्रमासँग,कताहराए, आभास छैन, पारिलो घाम, मीठो छाया, अषाढको मेलो रोइरहेछ, ,वृक्ष छाहारी, विपना, ईश्वरीय प्रेम झै, रूपमा र पूmलबारीको वेदना प्रकृतिसँग आवद्ध कविता हुन् । यस कृतिका कविताहरूमा प्राकृतिक चित्रण प्रचुर मात्रामा गरिएको छ । यी प्रकृतिक चित्रणहरू पनि ममतामयी आमसँग आवद्ध गरेर लेखिएका छन् । आमाले छोरीलाई पठाएका सन्देशहरूमा प्राकृतिक सौन्दर्यता झल्किएको छ –

वनजंगलमा गुराँस भै मुस्कुराउँछु
पूmलबारीमा बेली चमेली बन्छु
इन्द्रकमल भै सुवास फैलाउँछु
सबैको मनलाई सन्तुष्टि दिन्छु ।
(पृष्ठ १७)

कवयित्रीको कल्पनाशक्ति तीब्र छ । मीठा शब्दहरूको संयोजनमा कवयित्रीले आमा यहीं भएको सन्देश दिन्छिन् । आमाको रूपमा धर्ती हाँसेको पाउछिन् , कलाकारमा कलाको रूपमा, मानवमा श्वास–प्रश्वासको रूपमा , दिव्य दृष्टिको रूपमा गीतको बोलको रूपमा आमा यही प्रकृतिमा रमाएको धारणा राखेकी छन् कवयित्रीले । प्रकृतिको वर्णन गरेर कहिल्यै थाक्दिनन् कवयित्री उनले कतै जुनेली रात, कतै झर्नासँग, कतैचन्द्रमासँग आमाको सोधनी गरेकी छन् तर कतै आमा भएको आभास पाइँदैन भने कतै आमाले आँपूm प्रकृतिमा रमाएको र यत्रतत्र सर्बत्र स्वतन्त्र भएको सन्देश प्रवाह भएका धारणा आएका छन्–

अब पीडा छैन मेरो तनमा
भोक छैन मेरो पेटमा
दुःखको आँसु छैन नेत्रमा
सर्वत्र रम्छु म खुसी खुसीमा
(स्वतन्त्र छु म पृष्ठ ३०)

आमाप्रति पोखिएका कारुणिक भावना जति अध्ययन गरे पनि सकिदैनन् । कवयित्रीले प्रकृतिसँग ज्ञानीजनसँग आमाको बारेमा सोधनी गरेकी छन् । कतै प्रकृतिमा रमाएको पाएकी छन् कतै आमाले मानव जीवन कल्याणको लागि यस पृथ्वीलाई अवलोकन गरेको पाएकी छन् , कतै आमा जल थल नभमा रहेर सन्ततिकै, लागि चिन्तित भएको पाएकी छन्, आमाको मायालाई ईश्वरीय प्रेम ठानेकी छन् । भनिन्छ –‘जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि’ भने जस्तै प्रकृतिको वर्णनमा कवयित्रीले कुनै कसर राखेकी छैनन् । वेदनाको सागरमा जब मानिस लहरिन थाल्छ चारैतिर वेदनै वेदनाले भरिएको पाउँछ । यहाँ पनि कवयित्रीको यस कृतिको अन्तिम कवितामा पूmलबकारीको वेदनामा मार्मिक धारणा पस्केकी छन् –

झ्याल–झ्यालमा गुलाब हाँस्थ्यो
किन पूmल छाडी लगिएछ
रङ्गी विरङ्गी भै सुवास छथ्र्यो
सायद माली अदृश्य भए छ
(पृष्ठ ८८)

कवयित्री प्रकृतिप्रेमीमात्र नभै प्रकृतिको संरक्षण र सम्बद्र्धन गर्नु पर्छ भन्ने उनको धारणा छ । हरियो वन नेपालको धन, नेपालका नदी नाला, हिमाल आदिले सुसज्जित नेपालको सुन्दरतामा ह्रास आएको छ । डाँडाकाँडा नाङ्गिदै गएका छन् र मरुभूमितिर लम्किदै छन् । आजको मातृत्वको प्रतीक प्रकृतिकप्रति कवयित्री सचेत छन् र संरक्षण हुनुपर्छ भन्ने उनको धारणा छ –

अति सुरम्य मातृभूमि
यसलाई न तुल्याउँ है मरूभूमि
यसमा रहेको सुन्दर हरियाली
यही नै हो मातृत्वको छहारी
(मातृत्वको छाहारी,पृष्ठ ७३)

विदेशको पीडा–
आज नेपालीहरू स्वच्छाले तथा बाध्यताले गर्दा विदेश पलायन भइरेहका छन् । कवयित्री पनि अमेरिका पुगेकी छन् । तर मातृभूमि र आमको मायाले भने उनको मन पिरोलिन्छ र फर्किने मन हुन्छ । उनले विदेशमा पुगेका नेपालीहरूलाई आमाको र स्वदेशको माया संगाली राख्न आग्रह गर्दछिन् –

आमाको माया अत्यन्तै चोखो अमृत बहेको
स्नेहले जडित काखले हाम्लाई बोलाइरहेको
विदेशमा बस्ने नेपाली हामी नबिर्सौ आमालाई
यो चोखो माया संगाली राखौं जीवन भरिलाई
(चोखो माया, पृष्ठ २९()

मातृभूमिसँग आवद्ध कविता–
छहारी, धर्तीको गीत,, यो धर्ती, कथै–कथा, शान्ति र शीतलता, अभिषेक, पारदर्शी जीवन, ममताको मूल्य, एउटै खास्टो, मातृ हृदय, पृथ्वी, शान छ र मोडमा यी कविताहरू आमा र मातृभूमिप्रति अगाध श्रद्धा बोकेर लेखिएका छन् । नेपाली धरती, सुरम्यसृष्टि यसको प्रागतिमा दृष्टि दिनु पर्ने, धर्ती आमालाई सिंगार्ने आकाङ्क्षा, यस धर्तीमा नयाँ सभ्यता र प्रगतिको खाँचो भएकोले यसलाई पुरा गर्न सके शान बढ्ने गर्बित हुन सक्ने भएकोले अति आवश्यक भएको,आधि धारणाहरू यहाँ अध्ययन गर्न पाइन्छ । हेरौ्र मातृभूमि प्रतिको अगाध माया–

रोम रोममा भिजेको मातृभूमिको प्रीति
भावनामा प्रवाहित यो सुरम्य प्रकृति
पीडा पखाल्न चाहान्छ पाई कञ्चन नदी
बित्तै जाने छ यही प्रकृया कयौं सदी
(शान्ति र शितलता, ६१)

कवयित्री मातृभूमिप्रति पूर्णरूपमा समर्पित छन् । हृदय स्पन्दन मातृभूमिको कणकाणमा भिजेको छ । कवियित्रीको ठम्याई छ कि मातृभूमिले जन्ममात्र नभएर कर्म दिएको, सत्य असत्य छुट्ट्याउने विवेक दिएर जीवनलाई पारदर्शी बनाएकोले यसको जति गीत गाए पनि नसकिने आदि धारणाको साथमा कवयित्रीले पृथ्वीलाई आमाकै रूप ठान्दै भन्दछिन् –

पृथ्वी आमाको रूप हो
सहन्छिन् जति दुःख दिए पनि
आपूm भोको सदा रही
सुख बाँड्छिन् मरे पनि
(पृथ्वी, पृष्ठ ८३)

धर्ती र आमालार्ए आवद्ध गरेर लेखिएका यी कवितामा कारुणिक, मार्मिक, आनन्दता यथार्थता, जीवनोपयोगी, विविध सन्देशले युक्त धारणाहरू आएका छन् र देशको कला संस्कृतिमा राष्ट्रको शान छ । धर्तीको यही शानमा सन्ततिको मान छ जस्ता गहन भावनाहरू कविताहरूले पस्केका छन् । धर्ती र आमाको ममताबाटै सन्ततिको भविष्यको मार्ग निमार्ण हुन्छ । त्येसो हुँँदा धर्ती र आमामा सबैको श्रद्धा र माया जानुपर्छ ।

विविधताले सजिएका कविताहरू–
सुखको माहौल, संझनाको धार, परम व्यक्तित्व, प्रतिक्षा, अनगिन्ती आशाहरू, दिवा सपना, वास्तविकता र देन जस्ता कविताका धारणालाई विविध कविताको रूपमा अध्ययन गर्न जाँदै छु तापनि कवयित्रीले कतै न कतै आमा र धर्तीलाई जोडेको आभास यहाँ पनि पाइन्छ । आमले सन्देश पठाउँछिन् । उनीले दुखको संसार त्यागि सकेकी छन् । मानिस मानिसमा तनाव छ, इष्र्या र द्वेष छ, दुःखको संसारमा डुबुल्की मार्दा जलन हुन्छ, जीवन जर्जर हुन्छ र मानिसले आपूm सुखी हुन अरुलाई दुःख दिन्छ जस्ता धारणा राख्दै कवयित्री भन्छिन् – ‘क्षणिक सुखको खोजी गर्दै ,मानव आँफै दानव बन्दछन् ।’ बास्तवमा मानिस आफ्नो दुःखमा भन्दा अरुको सुखहेर।ी बढी दुःखी हुन्छ । परम व्यक्तित्वलाई निःस्वार्थ, स्वाभिमानी सत्यवादी ठान्छिन् र आमा कहाँ छिन् भन्दै सोधनी गर्छिन् र जवाफ पाउँछिन्– आमामा दैवी शक्ति प्रदत्त भै सकेको छ । कवयित्रीले आजको काम आजै गर्नु पर्छ । भाोली भनेर पर्खन हुँदैन । भोली भन्दा त्यो काम समाप्त भै सकेको हुन्छ र पश्चतापको भागी भइन्छ भन्छिन् । कवयित्रीको धारणा प्रतिक्षा प्रतिक्षामै दिन रात बित्छन्, आशाहरू पनि अनगिन्ति हुन्छन् आदि आदि विविध धारणाहरू यस कृतिमा प्रचुर मात्रामा पाउन सकिन्छ ।

यस कृतिमा जीवनका ओराली उकालीहरू, आमाले भोगेका व्यथारूपी कथाहरू, दर्द आर्तनाद, पीडाा जलन आदिलाई व्यहोर्दै अन्त्यमा विसर्जन हुइन्छ त्यसो हुँदा यी सबै सहजै सामना गर्नुपर्छ भन्ने धारणा राखेकी छन् –

अनेक बाढी आए जीवनमा
सदा सामना ग¥यौसंयममा
उच्छृङ्खलता थिएन कतै त्यसमा
केवल सामना ग¥यौ मुस्कुराहटमा
(मनोवाञ्छा पृष्ठ ३९)

भाषशैली –
भाषा सरल र सहज छ । सबै किसिमका पाठकले यसलाई अध्ययन गर्न र आत्मसात गर्न ग्राह्य छ । लोक लय र गद्यलयमा आधारित रहेर रचिएका कविताहरू हुन्, करुण रसले अग्रसरता लिए पनि विविध रसहरूको रसस्वादन गर्न पाइन्छ,।

शीर्षकीकरण –

सम्पूर्ण कविताहरू आमा र धर्तीमातामा आधरित रहेर लेखिएका छन् । त्यसोहुँदा कवितासङ्ग्रहको ‘आमा’ शीर्षक सार्थक देखिन्छ ।

निष्कर्ष–
अन्त्यमा यो कवितासङ्ग्रहमा आमाको ममता र माटोको मायामा समर्पित भएर लेखिएका कविता भए पनि कवितामा विविधता पाइन्छ । कवितामा कतै इश्वरीय चिन्तन, देशप्रेम, सामाजिक विकृति र विसङ्गगतिप्रति कटाक्ष र सुधारका अभिव्यक्ति, नारीवादी चिन्तन, कतै कतै दार्शनिक अभिव्यक्ति, प्राकृतिक सौन्दर्यता ,कलासंस्कृतिको संरक्षण र सम्वर्धनको चाहना, मृत्युपछि जीवको प्रकृतिसँगको आवद्धताको आभास, आदि विवरणहरूलाई कविताले समेट्ने प्रयास गरेका छन् । कविले आफ्ना सिर्जनामा दिने सन्देशमा कवयित्री पनि सचेत छन् र महत्वपूर्ण धारणा राख्नमा कवयित्री पछि परेकी छैनन् । सिर्जनामा गरेको अथक प्रयास नै उनको सफलताको कडी हो । प्रशंसा नै प्रशंसाको बाढी बगाउँदै गएकोमा के सिर्जनामा कुनै कमीकमजोडी छैनन् भन्ने प्रश्न उठनु स्वभाविक हुन आउँछ । अवश्य मानिस सबैमा पूर्ण हुँदैन, लेखनमा कमीकमजोडी यहाँ पनि छन् । निरन्तरता नै परिमार्जनकी जननी हुन् । निरन्तर लेखनको प्रयासमा यी कमी कमजोडी हट्दै जान्छन् । गंगा लिगल लेखनमा प्रयासरत छन् र सफलमार्गको अवलम्वनतिर लम्किरहेकी छन् । कवयित्री आशावादी छन् । उनले युग अग्रसर हुँदै जानेछ, आमकै रूपमा धर्ती हाँस्ने छिन् उज्यालो र नवदिनको आगमन हुनेछ र सन्तान सबै उज्यालोले प्रकाशमय हुनेछन् भन्ने उनका तपसिलका धारणा सहित यो लेखको बिटमार्न चाहान्छु र गंगा लिगलको भावि जीवनको उज्वलताको कामना गर्दछु ।

नवयुगको आगमन सँगै
प्रगतिले देश चकाचौध होला
कष्टमय जीवन गाथा पखाली
सुखमय संसारको श्रीगणेश होला ,
(आशा, पृष्ठ ७६)

धन्यवाद
२०७५ असौज २८,कावासोती न.पा.–७, नवलपुर
प्रतिकृयाको लागि snjaishy@gmail.com

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.