कविता : आज खुशी छु म

~सुविन हाछेथु~

आँखा सामुन्ने आएका ती छिरबिर केशलाई
कान पछाडी अड्काएर
खुसुक्क मायाको शब्द सुसेल्न पाउँदा
हो, आज खुशी छु म ।

मायाको शब्द कानमा सुसेल्दाखेरी
तिम्रो ओंठले चन्द्रमा बनाउँदा
ओंठमुनिको सानो कोठी पनि हाँसेको देखेर
हो, आज खुशी छु म ।

तिम्रो त्यो मीठो खितित्त हाँसोले
तिम्रा गालालाई जुरुक्क उचालेर
तिम्रा आँखा उजेलिएको देख्दा
हो, आज खुशी छु म ।

त्यही मुस्कान मुहारमा राखेर
नशालु ती आँखा मतिर तन्काएर
तिमीले पनि प्रेमका गीत गाउँदा
हो, आज खुशी छु म ।

– सुविन हाछेथु

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.