कविता : सुनामी

~कपिल अधिकारी~

वसन्तमा फूल फक्रन लाग्छन्
उजेलोको रेखा क्षितिजमा देखा पर्छन्
अनि
आशा, खुसी र उमङ्गलाई चिथोर्दै
पीडाका छाल बोकेर देखा पर्छ सुनामी ।

वेदनाका तरङ्ग हुर्याउँदै
पीडाका छाल फैलाउँदै
पहाड, तराई, हिमाल, सात समुद्र नाघेर
पस्छ मनमनभित्र
कम्पन गर्दै तरङ्गीत सुनामी ।

भविष्यको हत्या गर्दै
वर्तमानमा
पटकपटक
केवल
अनगिन्ती आँसु र वेदना छाड्दै
अनायासै पैदा हुन्छ सुनामी ।

पटकपटक जन्मिरहेछ
परपीडक सुनामी
आज,
सुनामीको इपिसेन्टर
भएको छ मेरो देश ।

कपिल अधिकारी
ताइपेई, ताइवान

(स्रोत : शब्दङ्कुर असौज २०६४)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.