कविता : मको पुस्तक

~तीर्थ श्रेष्ठ~Tirtha Shrestha

तिमी थियौ
म थिएँ
हामीमाथि अनन्त आकाश थियो
र, मधुर वर्षात् थियो
प्राप्ति/अप्राप्तिको हिसाब थिएन
‘तिम्रो’ र ‘मेरो’को कुनै किताब थिएन ।

एकाएक आँधी आयो
एकाएक पहाड खडा भयो
व्यवधानले टाउको उठायो
मबाट तिमी ओझेल भयौ
तिमीबाट म ओझेल भएँ
यसरी नहोस् भनेको कुराको
प्रारम्भ भयो ।

अहिले पनि सम्झन्छु
सिसौका बोटहरू
र, नदीतटका अनन्त लाग्दा क्षणहरू ।

तिमी छौ
म पनि छु
हामीसँग ती दिनहरू छैनन्
तर, ती दिनहरूभन्दा प्रीतिकर छन्
ती दिनका सम्झनाहरू

त्यसैको उज्यालोमा
पढिरहेछु
प्रेमको पुस्तक ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.