~पूर्ण बहादुर शाही~
प्रकृतिको बरदान हो यो, यही हो सुनको खानी
उपयोगमा ल्याऔं भने बन्छौं स्वाभीमानी ।।
कैलाश मण्डल, मान सरोबर, हिमाली चुचुरा
मुल भई बग्न्या करनाली स्वच्छन्द छ पूरा ।।
माथि अल्का कैलाशधुरा, तल बेशी फाँट
सम्बृद्धिको ढोका खोलौं, यसै पानी बाट ।।
कल कारखाना उद्योग धन्दा, हामी खोल्न सक्छौं
अन्धकार छन् गाउँबस्ती बत्ति बाल्न सक्छौं ।।
सित्तैमा दिदैनौं अब, हाम्रो करनाली
शासकले बेची खाए मेची महाकाली ।।
उठौं जुटौं नेपाली हो, स्वाभीमान बचाउन
एकगठ होऔं गाउँ बस्ती जिएमआर भगाउन ।।
हुम्ला, जुम्ला, मुगु, डोल्पा हुँदै कालीकोट
हस्तक्षेप सहन्नन अब हुँदैछन् विस्फोट ।।
सुर्खेत, दैलेख, अछाम हुँदै बर्दिया, कैलाली
जल सम्पदा हाम्रो गौरव हामी यसका माली ।।
सभ्यता हो संस्कृति हो, यो हाम्रो मौलिकता
सहँदैनाँै हस्तक्षेप अब सहदैनौँ दासता ।।
(बि.न.पा.–१८, सुर्खेत)
(स्रोत : हाँक विक्ली – वर्ष ३३, अंक ३४ – July 20, 2016 – २०७३ श्रावण ५ गते, बुधबार)