~तुलसीराम पोखरेल ‘निर्दोषी’~
सकुनीको चाला देख्दा
दिल मेरो जल्छ
मैले कात्रो बेर्नुपरे
हर्ष लाग्ने रै’छ
दम्भ कति सँगालेछ
मेरो सकुनीले
जरो खन्यो सकुनीले
चिता तयार पार्यो
मेरो थाल खोसी लग्यो
बन्धु नाताहपर्छ
दुर्योधन कपटी छ
मैले के पो गर्नु
आफ्नै बन्धु सकुनी छ
मैले के पो गर्नु
मैले कात्रो बेर्नु परे
हर्ष लाग्ने रै’छ
धुन्धुकारी बनिरह्यो
बन्धु नाता त्याग्यो
मानवता हर्यो मेरो
मेरो सकुनीले
दुर्योधन र सकुनीको
चाला थाहा थियो
दुर्योधनको चालाले नै
मैले कात्रो बेरँ
कैकेयीले निरन्तर
द्वन्द्व जारी राखी
रामराज्य चाहनेको
जरै उल्टो पारी
पानीमाथि ओभा बन्दै छ
सकुनीले जालझेल बुन्दै छ
सकुनी सधैं बादल बन्दा
वर्षा मैले गरेँ
सकुनी र्सूय बन्द पनि
म त चन्द्रै बने
मैले कात्रो बेर्नुपरे
हर्ष लाग्ने रै’छ
दिनचर्या दुराचार हुन्छ
सकुनीको
दुर्व्यवहार गर्छ उसले
बन्धुजनको
सकुनी र दुर्योधनले
महाभारत ल्याए
एक मात्र दाजुमाथि
उल्कापात गर्यो
सकुनीले बाजी मार्यो
दुर्योधनसँग मिल्दा
पापी रै’छ सकुनी पासा खेलायो
परिवार लडायो
चन्द्रमालाई कङ्गाल बनायो
सधैं इन्द्र बन्ने धोका
छ है सकुनीको
वैभवको मदले प्रेम
नष्ट पार्यो
मैले कात्रो बेर्नुपरे हर्ष
लाग्ने रै’छ ।
– पाल्पा, रामपुर-३, हाल : सामाखुसी
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)