~सुरेन्द्र जोशी~
अनेक थुंगाहरुले सजिएको फूलबारीमा
अनेक सुगन्ध हरु मग्म्गाउथे,
जब म त्यहा पुग्दा अलग्गै सुगन्ध ले छोयो
तब त्यो सुगन्धलाइ मुर्त रुप दिने सोच्दा एक डोरी निर्माण भयो
टुट्न नसक्ने अजम्बरी डोरी
जुन देशको भूगोलका सिमा हरुमा
पटक्क कसी लाउने छ
मेरा कानमा बर्गभेद समाप्तिको गुन्जायमान धुन सुनिने छ
जाली पन्जाहरुले लुटपाट मचाएका गल्लीहरुमा
पहाड अनि तराइमा लहराएका पुष्प पुन्जा बाट
निस्केको महले मिठो लेप लगाउनेछ
म देश भित्रका अपहेलित मन हरु निन्द्रामा भौतारिएको बेला
तन्द्रा मा व्युझीई नवयुग को बिगुल फुक्नेछु
सबैलाई लाग्नेछ सुर्यले आज रिसाएका किरण
फालेको छैन,
सानो पोटलि लिएर गहु अनि धान बेच्न हिडेका
सुदामाहरु घर पुग्दा सीसमहल देख्नेछन
आफ्नु अनुहार देख्न नापेको आकाशले पनि
आफ्नु अनुहार प्रस्ट देख्नेछ,
प्यारा हिमालहरु कुहिरोको घुम्टो फेर्ने छन
उतर र दक्षिण बाट आएका काला बादलका झोकाहरु
दोबाटो मै फर्केको देख्दा बुवाको नानीले प्रश्न गर्नेछे
बाबा, हामि कहाँ छौ ?
उतर हुनेछ: अर्थ
बाबा, हाम्रो धर्म के हो ?
उतर हुनेछ: लव
बाबा, हाम्रो राजनीति कुन हो ?
उतर हुनेछ: फ्रिडम
बाबा हाम्रो बर्ण कुन हो ?
उतर हुनेछ : ह्युमन
त्यो बेला स्वर्ग मा, घाटि रट रट रेटी रणसंग्राममा
राता रगतले रक्ताम्य भएका देश निर्माता
सहिद हरुका रक्तिम मनहरु,
मासु भात ठोक्ला
त्यसमाथि घिउ पोख्ला
हो, मेरो प्यारो भूमिमा त्यो परको पखेराबाट
गुरासको रङ्गले होलि खेलेको बेला
चारैतिर हरियो प्रकृति देखि लाजले कार्बन पनि हरियो फर्किनेछ
अनि, मध्य पृथीबिको रेगिस्तानमा
क्यान्सरले पिडित यो देशका ट्युमर भनि फालिएका जनताहरु
रपिला कोइला अनि चाकडी बाट देश मुक्त भइ
अजंगका गगनचुम्बी भवन छिचोल्दै आफ्नै भूगोलमा
उत्सब मनाउथे,
कालो ओडारमा लुकेका मांसभक्षी गिद्दहरुले
आफ्नु कायरता देखाई बहिनीको दृस्टी
अनि भाउजुको सपनामाथि तेजाब खन्याउने सोच्दा
तप-तप खसेका आसुले बिर्को खोल्न नपाई भस्म पार्थ्यो
तब दुनियामा प्रेम सिमा नाघिन्थ्यो
अनि
मसानघाटमा म कात्रोमा बेरिएको देख्दा
मेरा साथीहरु गलामा थप्पड हान्दै भन्थे
साले घमण्डी नया लुगा लगाएर बोल्न छोडीस है
(स्रोत : रचनाकारको ब्लगबाट सभार)