कविता : उसले डेरा सरेछ

~मनु वि.क.~

म उसलाई खोज्दै जाँदा
पाउन सकिन उसलाई
उसको अभावमा रमाउन सकिन
डेराका ढोका मलिन मलिन झैं लागे
त्यहाँका झ्यालले
अभावमा आँसु पोखे झैं लाग्यो
किन ? निर्जिवतामा पनि सजिवता हुन्छ र ?
उसको प्रियसीको आगमनमा
खुशीले फरफराउने पर्दाहरू लतारिंदै खसे झैं लाग्यो
मात्र हिजो अस्ति हटे झैं लाग्यो
व्यस्त बजारमा रमाउँदै आएको ऊ
कुनै घरमा डेरा गर्न नपाउँदै
उसका अलिकता रहर फुल्न नपाउँदै
दृष्टले उसलाई कता सरायो ?
त्यहाँबाट हट्न बाध्य बनायो
ऊ हटेको चाहनाले हो र ?
‘उच’ ‘नीच’ जातको बहानाले हो
‘मानव समान हुन,’ भन्ने बुझेको उ
समानता ल्याउने आन्दोलनमा
सदा सदा भिडेको ऊ
किन सथ्र्यो आएको हप्ता दिनमै ?
‘कथित ठूलो जाति हुँ’ भन्नेले
डेराबाट हटायो,
उसले डेरा सरेछ ¤

धर्तीमा सिर्जनाको चलायमान गति देख्नु
जसका पारखी उसका पूर्खा नै थिए,
अद्भूत सिर्जनाको गर्भ छ
उसका बाहु र मस्तिष्कमा
तर, तिनीहरू किन पर्छन्
नीच बनाएर अपहेलनामा ?
भन्छन् अनेकौँ तन्त्रहरू आए यहाँ
अनेकौँ मन्त्रहरू छाए यहाँ
किन ? हट्न सकेन
‘छुवाछूत’ को अमानवीय चलन
व्यस्त शहरको मुटुबाट
उसले डेरा सरेछ

–(काठमाडौँ)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४४ – Aug. 15, 2014 – २०७१ असोज २९ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.