~विश्वरसिंह राई~
भँुडी ठूलो ढल्काएर किसान नेता भन्छ कसरी ?
महल वसी झुपडीको योजना खै बन्छ कसरी ?
बाटो पुल कुलोको बजेट भ्mवाम्म पारे पछि
त्यत्रो पैसा आफू एक्लै अँधेरोमा गन्छ कसरी ?
खादा–खादा शरीर हेर हात्ती जत्रो भइसक्यो
मर्दा खेरि चिहान चाहि मलामीले खन्छ कसरी ?
पजेरामा चढ्ने खुट्टा भ¥याङ्ग चढ्न गाह्रो मान्छ
भोट माग्न गाउँ जादा ठस ठस गरी कन्छ कसरी ?
–विश्वरसिंह राई, दिदिङ्ग–३, संखुवासभा