गजल : त्यही हो मेरो देश

~हीरारत्न श्रीशा~

जहाँ चेली लुटिन्छन् त्यही हो मेरो देश
जहाँ दलित कुटिन्छन् त्यही हो मेरो देश

गरिबले खान पाउन्न शासकको महल हुन्छ
जहाँ जनता भुटिन्छन् त्यही हो मेरो देश

पार्टीभित्रै खिचातानी बारम्बार आफ्नै मात्र
जहाँ पार्टी फुटिन्छन् त्यही हो मेरो देश

महंगीको सगरमाथा नेता कानमा तेल हाली
जहाँ मजदुर चुटिन्छन् त्यही हो मेरो देश

बलात्कार, हत्या अनि घुस खाएनी ढुक्कसँग
जहाँ दोषी छुटिन्छन् त्यही हो मेरो देश

अर्घाखाँची, (हाल कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३२ – June 26, 2013 – २०७० आषाढ १२ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.