न त आफ्नो हुन्छ यहाँ न त पराई
मात्रै यहाँ फरक हो हाम्रो हेराई
लिनु छैन लानु छैन केही आखिरमा
किन गर्नु रिस राग खाली बेकारमा
खाली बेकारमा ……
घामले पनि जूनलाई पालो दिनु पर्छ
जुनकिरीलाई ख़ुशी पार्न कालो हुनु पर्छ
जति आफ्नो भागमा पर्छ त्यति मात्रै हाम्रो
जिउन जाने जिंदगीमा मिल्छ राम्रै राम्रो
सबै कुरा छोड़ी जानु पर्छ आखिरमा
किन गर्नु रिस राग खाली बेकारमा
खाली बेकारमा …
आफ्नो बाटो आफैले नै कोर्दै हिडनु पर्छ
विश्वासले बाधाको बाध फोर्दै हिडनु पर्छ
बुझ्न सके छैन यहाँ भन्ने हारजीत
मनभरी शान्ति फुल्छ रोपे मायाप्रीत
मायाको वासै मीठो हुन्छ आखिरमा
किन गर्नु रिस राग खाली बेकारमा
खाली बेकारमा …
चितवन,
हाल:- बोस्टन, अमेरिका