~रिता सान्चियोनी~
अनुवादक: राजकुमार बराल
हातहरूले तिनीहरूका औंला काट्नुअघि
सपनाका कुरा
र, डेल्टा सुरु हुनुभन्दाअघिका
नदीका कुरा बढारिनुअघि
समयले नेटो काट्नेछ
(र, हाम्रो निर्दोष अन्त्य) ।
यहाँ मस्तिष्क आफैं पनि
नियन्त्रित छैन
पुनर्संयोजनको फिँजमा
बाहिरी आवरण स्वच्छ, पारदर्शी देखिन्छ
तर, हाम्रा मिश्रित विस्मातहरूलाई पखाल्दा–पखाल्दै
यत्रतत्र जेलिएका र जकडिएका धागोहरू फुकाउँदा–फुकाउँदै
निष्कपटताको पागलपना हराएर जान्छ
न्यानोबिनाको खोटोरहित जीवनका पाप्राहरू
शान्त वातावरणमा क्रमशः उप्किएर जान्छन्
र, हाम्रा बाध्यताबीच
हामी अलग भएका छौं ।
किन त्यस्तो हुन्छ ?
लाग्छ– यो देखावटी हो
अँध्यारोमा घुम्ने अन्धचक्काले
धेरै टाढाबाट समयको गन्ती गर्छ ।
थाहा छैन– केले हामीलाई
यति टाढा ल्यायो
पलायन वा बाध्यता
यत्ति थाहा छ,
शून्य अक्षांशहरूभन्दा बाहिर
केही महŒवपूर्ण छ यदि भने
त्यो हो– अनुभूति ।