चलचित्र गीत : साउने झरीमा त्यो गाउँको

~कुसुम गजमेर~
साउने झरीमा त्यो गाउँको गोरेटो
छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो

सुन्दर चिनो मायाको खेल्नेछ मेरो काखमा
कलिलो हातले छोएको मायालु आँखा आँशुमा
सपना देख्छु होला कहिले त भेट्छु होला
छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो

नयाँ किरण आउनेछ कालो रात ढल्नेछ
नयाँ रित चल्नेछ सुख र खुसि बाड्नुछ
रमाइलो आँगन होला आँखाको तर होला
छायाँ त्यो फेरी फेरी तिर्सना अनौठो

शब्द : कुसुम गजमेर
सङ्गीत : रञ्‍जित गजमेर
स्वर : आशा भोस्ले
चलचित्र : लाहुरे

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.