~शून्य प्रकाश~
निष्ठुरीले सोधी भने बाँचेकै छ भन्देऊ
भित्र मुटु जले पनि हाँसेकै छ भन्देऊ
मेरो बस्ति उजाडेर आफू हाँस्नेलाई
रुप अनि बैससङ्ग माया दाज्नेलाई
मायाको घर मुटु भन्ने कसरि म सम्झाऊँ
त्यहि मुटुमा अझै तिम्लाई राखेकै छ भन्देऊ
माफ गर तिमीले झैं सकिएन गिर्न
चोट दियौ तिम्रो गुन सक्दिन म तिर्न
अँधेरीमा बाँच्नु भन्दा डढेलोनै रोजें
आगोमाथि पुतली झैं नाचेकै छ भन्देऊ
– शून्य प्रकाश
biskatha@gmail.com
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)