गजल : डेरा सरिदिएँ, भने ?

~शेखर ‘अस्तित्व’~

यो संसार बाटै डेरा सरिदिएँ, भने ?
के गर्छौ नि साँच्चै भन, मरिदिएँ भने ?

कहाँ सम्म, कैले सम्म उखेल्नेछौ प्रिये,
मुटु भरि मैले माया छरिदिएँ, भने ?

हिजो-आज भेट हुँदा चिन्नै छाडेकी छौ !
भोलि-पर्सि मैले आँखा तरिदिएँ, भने ?

प्रेम दोहोरो नै हुनुपर्छ भन्ने छ र ?
एकोहोरो मायामा म परिदिएँ भने ?

यथार्थमा ‘अस्तित्व’ले पूर्ण गर्नै पर्छ !
स्वप्नमा’नि मैले बाचा गरिदिएँ भने !

बुटवल–६
हाल : मुम्बई,
07-03-2014

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.