गीत : सल्किएको सलाइ झैँ

~शङ्कर ‘प्रेरणा’~

सल्किएको सलाइ झैँ छोटो जिन्दगानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

लोभी आँखा मानिसको पापीहुन्छ मन
आफ्नो स्वार्थ पुरा भए भुलिदिन्छ गुन
विपत्तीको दुखी जीवन बिर्सिदिने बानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

खाली आयो यो माटोमा खाली हात जानु छ
तिम्रो मेरो झैझगडा मरी के लानु छ
अजम्बरी जस्तो जीवन सम्झिदिने बानी
बाँचुञ्जेल रमाइलो मरे त कहानी

शब्द : शङ्कर ‘प्रेरणा’
स्वर / सङ्गीत : प्रदीप देवान
एल्बम : जीवनको परिवेश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.