कविता : सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ

~पुण्य चौंलागाई~

सबै छांगाहरुवाट रगत्को भल वग्दछ
कसोरी यो पृथ्वीले भार् उठाउन सक्दछ ?
प्रकृतीले रोइ रोइ यही आह्वान गर्दछ
सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ ।

प्रकृतीले रसधारा बहाउंछिन् जहिं तहिं
आफ्ना संतानहरुले मिलिजुलि पिउन् भनी
किन मान्छेले देखेन, किन घमण्ड गर्दछ ?
सबै कोखहरुबाट बुद्ध जन्मनु पर्दछ ।

तिम्रो हांस वांण लागेर पृथ्वीमा ढलि सक्यो
सिंगै धर्ती रगतको आहालमा डुबि सक्यो
छिटो आउ मेरो बुद्ध तिमी आउनु पर्दछ
सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ ।

तलाउमा छांया हेर्दै मृत नाच्थे वरिपरि
कस्तुरी मृगका वास्ना छरिन्थ्यो जंगलै भरी
उड्थ्यो हिमालमा डांफे, आज अत्तीई झर्दछ
सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ ।

तिम्रो तपस्याको श्रोत बोधि बृक्ष्य ढलि सक्यो
मान्छेका डरले भाग्दा, भाग्दै मान्छे गलिसक्यो
बांच्ने आशा लिई झिंनो, धर्ती गुहार गर्दछ
सबै आमाहरुबाट बुद्ध जन्मनु पर्दछ ।

आजका मान्छेले तिम्रो उपदेश भुलि सक्यो
अहिंसा परमो धर्म महां मन्त्र मरी सक्यो
विज छरेर धर्मको फेरी उमार्नु पर्दछ
छिटो आउ मेरो बुद्ध तिमी आउनु पर्दछ ।

नयां दिन नयां वर्ष नयां सोच विचारले
नयां कर्म, नयां धर्म, उत्साह र उमंगले
बुद्धम् शरणम् गच्छामी मिलेर जप्नु पर्दछ
हे शान्ती दूत हे बुद्ध तिमी जन्मनु पर्दछ ।

– पुण्य चौंलागाई, रा.बा. बैंक, धनकुटा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.