~विकास गोतामे~
बिहान राम्रो उज्यालो हुनै नपाई
कमानको घण्टीले क्वाँ… गरेर डाकेपछी
घुम र टोकरी लिएर गएका बाबु र आमा
अहिले ठूलो साँझ परिसक्दा पनि फर्केका छैनन् ।
बहिनी भोकले रूँदा रूँदै निदाई !
चिया-गाछितर साँपहरू निस्कन्छन्
साह्रै डर लाग्छ – कतै आमालाई साँपले पो डस्यो की ?
अथवा साहेब सित “अधिकार” मांग्नु जाँदा
बाबुलाई पुलिसले पो पक्रेर लग्यो की ?
छि: आमा त बरू कमान नजानु नी !!
र बहिनी हेर्दै घरै बस्नू नि ,
साँप पनि भेट्ने थिएन
म बरू धने र मने दाजुहरू सित स्कूल जान्थें ।
छी बाबुले पनि अधिकार नमांग्नु नि
बरू पैसा मात्र मागे त, पुलिसले पनि लाने नै थिएनन
पैसाले हामी सप्पैको लागी राम्रो राम्रो लुगा किन्नू
सँधै अघाउनजेल खानुलाई बरू चामलहरू किन्नू
साहेबको जस्तै बजार जाँदा चढ्नलाई ‘भट् भटे ‘ किन्नू
मलाई खाता िकताब पेिन्सल र बिहनीलाई पट् फटै किन्नू
बजारको बडा र बडी कत्ति राम्रो भएर हिड़छन
त्यस्तै आमा र बाबू राम्रो भएर हिड़नु ।
तर बाबु भन्नुहुन्छ सँधै – पैसाले पुगेन ।
साहेबको घरमा कसैले पनि काम गर्दैन
र पनि उसका चार पाँच छोर छोरी पालनु पैसाले पुग्छ
तर हाम्रो आमा र बाबु दुवैजनाले काम गर्दा पनि पैसाले पुगेन ।
कि त हाम्रो बाबु ढँटुवा हुनपर्छ
कि त हाम्रो बाबु लठुवा हुनपर्छ
कि चािहँ साहेबले पैसा नै नदीदो हो
कि चािहँ बाबुले पैसानै नै निचन्दो हो ।
आमा ज्वरोले सिकिस्त हुँदा पनि दवाई िकन्न पैसाले पुग्दैन
बाबु भोकै गएर भारी बोक्दा पिन पैसाले पुग्दैन ।
अघाउन्जेल भात खानलाई पैसाले पुग्दैन ।
मलाई स्कूल पढाउन र बहिनीलाई जामा िकन्न पैसाले पुग्दैन ।
म ठूलो मात्र हूँ न , म सबलाई सोध्छु – पैसाले िकन पुग्दैन ?
म साहेबलाई सोध्छु -हामीलाई पुग्ने पैसा िकन दिदैन ?
म साहेबको छोराछोरीलाई सोध्छु -उनीहरू हामीिसत िकन खेल्दैन्न ?
पुिलसलाई सोध्छु -‘अधिकार’ मांग्नु िकन हुँदैन ?
बजारका बडाबडीलाई सोध्छु – हाम्रो अामा बाबुलाई सुिकलो बन्न पैसाले िकन पुग्दैन ?
मास्टर बाजेलाई सोध्छु -सुख पाउने िवद्या िकन पढाउँदैनौ ?
म ठूलो मात्र हूँ न सबलाई सोध्छु –
”काम नगर्नेहरूलाई पैसाले पुग्दा
काम गर्नेहरूलाई चाँही पैसाले िकन पुग्दैन ?”
( बाल वर्षको उपलक्षमा कमानका बालकहरूलाई समर्पित कविता)(रचनाकाल : १९७९ )
– स्व बिकास गोतामे, मङ्पू