कविता : बन्द र विद्यार्थी

~रमेश निरौला ‘असभव रमु’~

उत्कर्षमा पुग्ने उत्कृष्ट अभिलाषा लिएर
कलिला अंकुरहरु
भविष्य उज्जवल बनाउनका खातिर
विद्यार्थी भएर
अभिभावकको लालन पालनमा
परित्यक्तता दिएर
टाढिई रहेछन्
तर
खङ्गाष्टक नहुदो रहेछ
जब,
खङ्गो सदैव छ,
आखिर विद्यार्थीमा ।
खण्ड बृष्टिको आशा पनि त रहेन
अब,
आखिर खण्डन कसको गरौं
विद्यार्थी र शिक्षालयको
बन्द र हड्तालको
साहुलाई भुलाई जग्गा धितोको नाममा
लाल पूर्जा थमाई
भविष्य उज्जवल बनाउन
उज्जलताको बाटो अङ्गाल्न
खण्डाकार जीवनलाई उत्सर्गमा परिणत गर्न
विद्यार्थी रुपी पाइलाहरु
अग्रगामी दिशा तर्फ मोड्न
शिक्षालय पोशाकमा अगाडी बढी रहंदा
बन्दको पर्दा पर्दछ
प्रभाव कसलाई ?
प्रश्न चिन्ह खडा छ
मलिन भएर सोच्न विवश बन्न परेको छ
साहु ! अभिभावक र भविष्य
जो
जेम्सबाट प्लेटो, सनयात्सेन र गान्धी बन्ने
मस्तिष्कहरु
बन्दको पर्दामा खतोत्खत बन्नु परेको छ ।
अफसोस र आश्चर्य !
विवश भएर
अनुग्रहको भिख माग्नु परेको छ ।
भलाई अनुग्रह देऊ
अपसोस छ विद्यार्थी
चिन्ता भविष्यको
बन्द छ
हड्तालको अनुप्रास छ सदैव ।
भविष्य अनिश्चित छ र अन्धकार पनि
बन्द भित्रका विद्यार्थीहरु
हो,
बन्द भित्रका विद्यार्थीहरु ।
भविष्य अनिश्चित छ र अन्धकार पनि
हो बन्द भित्रका विद्यार्थीहरु

–रमेश निरौला ‘असभव रमु’, प्याउली –३ भोजपुर

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.