कथा : प्रयोगशाला

~प्रदीप बगाले~

त्यतिबेला म दस/एघार वर्षो हुँदो हुँ, सम्झन खोज्छु ।
‘निरङ्कुशता मुर्दावाद ।’

राता झण्डाहरू फर्फाउँदै सडकमा बग्दै गरेको विशाल जनसमुद्रमा गुञ्जायमान नारा थिए ती, गगनभेदी । ‘दाइ, यो केको भीड हो -‘ सडकछेउको एक रमितेलाई सोधेथेँ मैले ।

‘भीड होइन, प्रजातन्त्रका सेनानीहरूको समूह हो यो ।’ समुद्रको पल्लाछेऊतर्फआँखा दौडाउँदै बोलेथ्यो त्यो । ‘यिनीहरू कहाँ, किन हिँडेका -‘

‘प्रजातन्त्र प्राप्तिका लागि, एक ऐतिहासिक महायुद्धमा ।’ त्यति भन्दै आफूलाई समेत त्यस महासमुद्रमा हेलिदियो उसले । प्रजातन्त्र के हो – थाहा थिएन मलाई त्यतिबेला । न त्यो ऐतिहासिक महायुद्धको रणमैदान नै थाहा थियो तर पनि भीडमा गुञ्जायमान गगनभेदी नारा एवं त्यस व्यक्तिको समुद्र प्रवेशले प्रभावित पार्‍यो मलाई । आफूलाई पनि हेलिदिएँ मैले त्यस महासमुद्रमा । समाहित गरिदिएँ- निसङ्कोच । ‘प्रजातन्त्र ल्याउँछौँ, ल्याउँछौँ ।’

‘इनको लाभ जिन्दाबाद ।’ समुद्रको गतिसँगै बग्न थालेँ म । हामी वालिङ बजार हुँदै भकुण्डेतर्फबग्दै थियौँ । सडक विभाग कार्यालयअगाडि क्याम्पस चोकनेर पुग्दा देखेँ, पुलिसहरूको विशाल समूह हामीलाई रोक्न पर्खाल बनेर उभिएको ।

‘भागुँ क्यारे लुसुक्क,’ मेरो बालमनोविज्ञान विचलित हुनथाल्यो । राता झण्डाहरू फर्फाउँदै निडरताका साथ अगाडि बढिरहेका आफ्नै उमेरका केटाहरूलाई हेरेँ मैले एकपटक । जुन दृश्यले मेरो रोमरोममा साहसको सञ्चार गरायो । अगाडि बढेँ म । हाम्रो समूह अगाडि बढ्न खोज्ने, पुलिसहरू रोक्न खोज्ने । झडप भयो । चरम झडपको स्थितिबीचै गोलीका पर्रर्ााुटे-पर्ररर । महासमुद्रमा अग्लाअग्ला छालहरू सिर्जना भए । छालहरूसँग हुत्तिँदै को कहाँ उछिट्टयिो केही पत्तो भएन ।

‘आजको जनआन्दोलनमा … जना सहिद बने रे … ‘ साँझ घर र्फकंदै गर्दा बाटामा मानिसहरू बोलेको सुनेँ मैले । ‘बुबा, सहिद भनेको के हो -‘ घर पुगेपछि सोधेँ मैले ।

‘देशको अस्तित्व, संस्कृति संरक्षण एवं देशबासीका हकहित, स्वतन्त्रताका लागि वलिदान हुने व्यक्ति ।’

‘वलिदान भएर उसले के पाउँछ -‘ मेरो बालसुलभ जिज्ञासा थियो त्यो ।

‘अमरत्व ।’ उसको नाम इतिहासमा स्वर्ण्र्ााक्षरले लेखिन्छ । खाना खाइवरी विस्तरामा गएँ म । दिउँसोको घटना नाच्न थाल्यो आँखाअगाडि ।

‘प..र्.जा…त..न्त्र’ रणसङ्ग्राममा गोली लागेर भुइँमा ढलिसकेपछि पनि चिच्याउँदै थियो मेरो दायाँछेउको मेरै सहयात्री र वाक्य पूरा गर्नै नभ्याई प्राण त्याग गरेथ्यो । सम्झेँ । उसप्रति अगाध श्रद्धा जाग्यो मभित्र । राष्ट्र, राष्ट्रियता, स्वतन्त्रताका खातिर सहादत प्राप्त गर्ने त्यस व्यक्तिलाई सलाम गरेँ मैले मनमनै ।

जसले सही युद्धमा, जीवनको अन्तिम श्वाससम्मै प्रजातन्त्र जपेर प्राण त्याग गर्ने सौभाग्य प्राप्त गर्‍यो । उसको त्यो ऐतिहासिक मृत्यु जीवनभन्दा कैयौँ गुणा महान् लाग्यो मलाई । ‘म देशबासीका हकहित, स्वतन्त्रताका लागि वलिदान हुन पाइनँ,’ आत्मग्लानि भरियो मभित्र । त्यसपछिका हरेक विरोध र्‍यालीहरूमा म सधैँ अग्रपङ्क्तिमा उभिन थालेँ, बलिदान हुने लालसामा । अमरत्व प्राप्त गर्ने लालसामा । छोटो सङ्र्घष्ामै हाम्रो ऐतिहासिक महायुद्धले स्वतन्त्रताका पक्षमा विजय प्राप्त गर्‍यो ।

‘म साँच्चै नै अभागी रहेछु,’ स्वतन्त्रताका खातिर बलिदान हुन नपाउनुको ग्लानि भने रहिरहृयो मभित्र । प्रजातन्त्र प्राप्तिको धेरै समय बितेको थिएन । राजनीतिज्ञ हुँ भन्नेहरूमा विचलन देखिनथाल्यो । के त्यो क्रान्ति, क्रान्तिको नाममा सीमित व्यक्तिहरूद्वारा सीमित स्वार्थपर्ूर्तिका लागि आम नेपाली जनतामाथि गरिएको एउटा प्रयोगमात्र थियो – जनताप्रति कोही उत्तरदायी देखिएन । राजनीतिज्ञ हुँ भन्नेहरू सरकार टिकाउने र गिराउने खेलमै अलमलिए । राजनीतिलाई निष्ठाका रूपमा नभई पेसाका रूपमा लिनथाले उनीहरूले । घुसखोरी, भ्रष्टाचार मौलायो देशमा ।

‘के यी सबका दोषी नेताहरू मात्र हुन् -‘, आफ्नै मनलाई सोधँे मैले । ‘युवाहरू पनि त्यति नै दोषी छन्, जति नेतृत्ववर्ग दोषी छ । देशको भविष्य प्रत्यक्ष गाँसिएको राष्ट्रिय राजनीतिमा युवाहरूको सक्रिय सहभागिता एवं निर्ण्ाायक भूमिका हुनुपथ्र्यो, त्यो हुन सकेन । नेतृत्वपक्षलाई खबरदारी गर्नुपर्ने युवाहरू प्रयुक्त भइदिए तिनै भ्रष्ट नेताहरूद्वारा ।’

‘के यस अवधिमा देशमा राम्रा कामहरू नै भएनन् -‘, निष्पक्ष विश्लेषण खोज्यो मनले । ‘रचनात्मक कार्य नभएका होइनन् देशमा तर प्रजातन्त्रको नाममा बढ्दो विकृति, विसङ्गतिले त्यसलाई ओझेलमा पारिदियो’, ” ‘अघिल्लो जनआन्दोलनले जनतालाई र्सार्वभौमसत्ता सम्पन्न बनाउन सकेन । आम नागरिकले प्रजातन्त्रको अनुभूतिसमेत गर्न पाएनन् । जनताप्रति कोही उत्तरदायी देखिएन । आज हामी पर्ूण्ा प्रजातन्त्रको लागि लडिरहेछौँ, सशस्त्ररूपमा । यो लडाइँमा हामी तपाईंको पनि सहयोग चाहन्छौं । जन या धन तपाईं के दिनुहुन्छ -‘ जनअधिकार प्राप्तिका नाममा जन्मेको व्रि्रोहीको एक समूह आयो, एकदिन घरमा ।

‘व्रि्रोहका अन्य तरिका पनि त हुनसक्थे । जितेर पनि सदा हारिने युद्ध गर्दै हुनुहुन्छ तपाईंहरू । एउटा नेपाली मारिन्छ अर्को नेपालीद्वारा, यसलाई कसको जित मान्ने, कसको हार – यो त हार हो समग्र नेपालको, नेपालीको । हारैहारको यो शृङ्खला आखिर कहिलेसम्म -‘

‘……………….।’

‘खै मानिसको बाँच्न पाउने नैर्सर्गिक अधिकार -..’

‘त्यही अधिकार प्राप्तिका लागि त लडिरहेछौँ हामी ।’ हतियारधारी मध्येको अर्को बोल्यो । ‘देशमा धेरैपटक धेरै प्रयोगहरू भए तर जनताको स्थिति … … – राजनीतिज्ञ हुँ भन्नेहरू जबसम्म व्यक्तिगत स्वार्थलाई त्यागेर राष्ट्रिय स्वार्थका खातिर एकजुट हुन सक्दैनन् तबसम्म जस्तासुकै आन्दोलन गरे पनि जनताको स्थितिमा सुधार आउनेवाला छैन । म त राजनीति गर्नेहरूको नैतिक आचरणमा सुद्धीकरण ल्याउने आन्दोलनको खाँचो देखिरहेछु, उनीहरूलाई राष्ट्रिय स्वार्थका खातिर उत्प्रेरित गर्ने । सशस्त्र व्रि्रोहको पक्षमा छैन म ।’ आमनेपालीको प्रतिनिधि स्वर निस्कियो मभित्रबाट । ‘सोच्नुस् । विचार गर्नुस् ।

हामी तपाईंलाई समय दिन्छौँ । याद गर्नुस्, आफ्ना कदमका कारण पछि आफैंले पछुताउनु नपरोस् । हामी फेरि आउने छौँ…. बोल्दै हिँडे उनीहरू । ‘एकातिर राज्यको बन्दुक, अर्कोतिर व्रि्रोहीको । दर्ुइ बन्दुककाबीच पिल्सिन विवश हामी न्याय माग्न कहाँ जाने – स्वतन्त्रतापर्ूवक बाँच्न पाउने अधिकार कोसँग माग्ने – अझै कतिको प्राणको आहुति खोजेको छ यो व्रि्रोहले – कहिलेसम्म बग्न दिने रगतको खोलो, आँसुका भल – अझै कतिले कहिलेसम्म आफ्नै मातृभूमिमा शरणार्थी बन्नुपर्ने – मुलुकले कहिलेसम्म गुज्रनुपर्ने यस विभीषिकाबाट, दुरावस्थाबाट -‘, स्नायुहरूमा एकपछि अर्को गर्दै आतङ्कका शृङ्खला मडारिए । ‘यस्तो विषम परिस्थितिमा पनि राजनीतिज्ञ हुँ भन्नेहरू राष्ट्रिय स्वार्थका खातिर किन एकजुट हुन नसकेका – यस्ता समस्यालाई उनीहरू कहिलेसम्म आफ्नो स्वार्थ अनुकूल उपयोग गर्न चाहन्छन् – खै जनतामा समर्पित राजनीति – नेपथ्यमा सत्ता टिकाउने र गिराउने प्रयोगहरूको मञ्चन कहिलेसम्म भइरहने – हामीहरू कहिलेसम्म प्रयुक्त भइरहने, प्रयोगशालाभित्रका परीक्षणका वस्तुहरू जस्तै – देशलाई कहिलेसम्म प्रयोगशाला बन्न दिने -‘

‘राष्ट्रिय राजनीतिमा विद्यमान कुसंस्कार, कुरीति भत्काई त्यसभित्रका फोहोरी खेलहरूलाई पर्ूण्ारूपमा निस्तेज पार्दै प्रयोगैप्रयोगका यी शृङ्खलाको अन्त्य गर्न अघि र्सर्ने को – आज देश बचाउने दायित्व कसको -‘, व्रि्रोहका शृङ्खलाबद्ध तरङ्गहरू प्रवाहित भइरहे मभित्र । आफू आन्दोलनमा सरिक हुँदाका पुराना दिनहरू सम्झेँ मैले । उतिबेला प्रजातन्त्र प्राप्तिका लागि बलिदान हुन पाइँन भन्ने एउटा तुष थियो मनमा तर आज लाग्दैछ- अझै पनि देशलाई मजस्ता जुझारु युवाहरूको खाँचो रहेछ । समयको लामो अन्तरालपछि आज एकपटक म प्रयोगशालाबाट बाहिर निस्कँदैछु- मुलुकलाई नयाँ गति प्रदान गर्न- बम, गोली, बारुदका विरुद्ध शान्तिपर्ूण्ा व्रि्रोहको बिगुल फुक्दै । बाहिर निस्कँदा देखेँ, युवाहरूको एक समूह त्यसतर्फअघि बढिसकेको रहेछ । वरिपरि नियालेँ, आफ्नो दायाँबायाँ अनि पछाडिसमेत युवाहरूको विशाल समूह लामबद्ध देखेँ मैले । युवाहरूको यो अटुट विशाल लस्कर निरन्तर अगाडि बढिरहेथ्यो । तमाम युवाहरूसँगै आफ्नो लक्ष्यतर्फअग्रसर मैले नेपालको समुन्नत चित्र देखिरहेथेँ- अत्यन्त निकटमा ।

– वालिङ, स्याङ्जा

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.