कथा : कविता

~प्रमिला उपाध्याय~

म प्रश्न गर्छु तिनी उत्तर नदिएर केवल हेर्र्छिन् मात्र । तिनको निर्दोष हेराइले मेरो मुटु चिसो हुन्छ ।

नचाहँदा नचाहँदै पनि अनेकौँ तर्क-वितर्कहरू मेरो मनमा आइरहन्छन् । यिनी किन यति गम्भीर छिन्, सोधेका कुरा सामान्य किसिमले किन उत्तर दिन्नन् – अनुहारमा आवश्यकताभन्दा बढ्ता उदासीपन छाएको हुन्छ । आखिर तिनको र मेरो सम्बन्ध छैन तैपनि हामी दर्ुइमा धेरै कालदेखिको सम्बन्ध रहेको जस्तो अनुभव हुन्छ । मेरो दृष्टि बारम्बार तिनी माथि गएर रोकिन्छ । म पुनः प्रश्न गर्छर्ुुनानी, तिमीले गृहकार्य किन गरिनौ -” जवाफमा फेरि उही हेराइ, म तिनको गुलावी ओठ, कमलो गोलोगोलो गालाको पाटो, चमकिलो कालो आँखा र निधारमा छरिरहेका कपाल हर्ेन थाल्छु । तिनको उज्यालो अनुहार बादल लागेझैं धुम्म पर्दछ । आँखामा उत्तर भेटिन्न । तिनको ओठ खुल्दैन । अनि फेरि उही उदासी र निर्दोष हेराइ…. , उत्तर नपाएर तिनको मनोभाव बुझ्ने प्रयत्न गर्दछु । सँगैकी साथी मीनाले बोलेपछि बल्ल बुझ्दछु । तिनको विवशता… “सर कवितालाई घरको पनि काम गर्नुपर्छ…” कवितालाई घच्घच्याउँछे भन्न सरलाई… ।

“के भन्नु घरको कुरा… ” कविता बल्ल बोल्छे “सरी सर…” कविताको यस उत्तरले मलाई अझ गम्भीर तुल्याउँछ । यति सानो उमेरमा पनि यति परिपक्व उत्तर – सात कक्षामा पढ्ने १३ वर्षी बालिका … मलाई तिनको घरको बारेमा थाहा पाउने इच्छा लाग्छ ।

“कविता त्रि्रो घरमा कोको छन् -“

“एकजना दाइ, बुबामुमा र हजुरआमा “

“बुबामुमा के गर्नुहुन्छ -“

“बुबा जागिरमा जानुहुन्छ, आमा घरको काम…”

“दाइ यही स्कुलमा नौ कक्षामा पढ्छ ।”

“अनि तिमीलाई किन घरको काम गर्नुपर्छ -“

“दाइ पढ्ने मात्रै गर्छ, आमालाई सघाउनर्ुपर्छ”

“केके काम गर्र्छौं -…”

“खोइ सर के भन्नु …”

“भनन म कसैलाई भन्दिन …”

“भैगो सर …”

“मीना तिमी भन्देउ …” मीना कविताको मुख हर्ेर्छर्ेे उसले नभन्ने सान गर्छर्ेे फेरि मेरो प्रश्नको उत्तर त जस्ताको तस्तै रहृयो । तिनले आफ्नो कुरा भन्न नचाहनुको अर्थ के होला – मलाई तिमीबारे थाहा पाउन अझ उत्सुकता लाग्दछ । यत्तिकैमा घन्टी लाग्दछ । समय सकिएकोले मलाई बाध्य भएर कक्षाबाट बाहिर निस्कनर्ुपर्छ । एउटा भारी मन लिएर निस्कन्छु । मेरो मन तिनको अधुरो उत्तरमा गएर अल्भिmरहेको हुन्छ । पुनः भोलिको प्रतीक्षामा म अर्को कक्षाभित्र पस्छु । आज मेरो पढाइ नै फितलो भएको जस्तो मलाई लाग्छ । मलाई कविताको अधुरो उत्तरले विथोलिरहेको हुन्छ । तिनको मनोभाव पढेर व्यवहार गर्न नसकेको मलाई अनुभव हुन्छ । तिनको विवशता के होला – यही सोचेर मेरो समय बित्छ । तिनीसँगको मीठो कुराकानी पुनः अर्को दिन अगाडि बढ्दछ । शुक्रबार भएकोले विद्यालय बढी नै बन्द हुन्छ । एउटा लामो प्रतीक्षापछि मेरो कविता र मीनासँग भेट हुन्छ । उनीहरू घरतिर लाग्दै हुन्छन् । म उनीहरूलाई पछ्याउँछु । म अझै पनि कविताको विवशताबारे सोचिरहेको हुन्छु ।

मलाई देख्नासाथ मीना भन्छे “सर आज हाम्रो घर जाउँ न कविता पनि सँगै जान्छे ।… आमाले मेरो स्कुल आउने विचार गर्नुभएको थियो… मीनाले प्रस्ताव राखी । उसको घर बाटैमा पर्ने रहेछ । मलाई भने अभिभावकसँग सर्म्पर्क राखेर विद्यार्थीको पढाइको रिपोर्ट तयार गर्नु थियो । त्यसैले उसको घर जान केही आपत्ती भएन । शिक्षकहरूले अभिभावकसँग सर्म्पर्क राख्दा उनीहरू कत्ति खुसी हुन्छन् । मीनाकी आमा मलाई देखेर हषिर्त हुन्छिन् । “एकपटक विद्यालयमा आएर मीनाको पढाइबारे बुझ्न मन लागेको थियो सर नै पस्नुभएछ खुसी लाग्यो…।

नमस्ते सर नमस्ते फर्काएर मैले भनेँ “सधैँ हिँड्ने बाटो मेरो यही हो” म कोठाभित्र पसेर सोफामा बस्छु “कहिलेकाहीँ अभिभावकसँग घरमा भेटेर कुरा गर्दा राम्रै हुन्छ …। मीना पढाइमा तेज छ तिनी राम्रो नम्बर ल्याएर पास हुन्छिन् तर कविता अलि कमजोर छ…” हुन त कविताको बारेमा सोधेकै होइन तैपनि म भनिदिन्छु… “मीनाकी आमा छोरीको पढाइको बारेमा सुनेर सन्तुष्ट देखिन्छिन् तर कविताको यहाँ को छ घर सोधीखोजी गर्ने…। तैपनि मीनाकी आमा कविताको बारेमा भनिदिन्छिन् । यतिबेला दुवैजना अर्को कोठामा गएका हुन्छन्” हो सर… कविता पढ्न इच्छुक त छ तर घरको काम गर्नुपर्छ त्यसैले पढाइ गर्नै पाउन्न किन कमजोर नहोस् त …- मलाई मेरो प्रश्नको उत्तर मिल्दै जान्छ । एउटी माया लाग्दी बालिका कविता तिनी धेरै पढुन् जस्तो मलाई लाग्छ । वास्तवमा शिक्षकले यस्तो सोच्नु स्वाभाविकै हो ।

“के तपाईंलाई उसको परिवारको बारेमा थाहा छ -“

“किन थाहा नपाउनु – हाम्रै छिमेकी त हुन्, अलि पर पर्छ यिनको घर…”. मीनाकी आमा भन्दै जान्छिन् “कविता पढ्नमा चलाख छ, पढेको आउँछ । फेरि मीनाजस्ती साथी पाएपछि पढाइमा मद्दत पनि हुन्छ नि” सर हाम्रोजस्तो होइन । कविताका घरका मान्छे पुराना विचारका छन् । छोरीले जति पढे पनि अर्काका घरमा गएर काम गर्नुपर्छ धेरै पढेर के हुन्छ र भन्छन् । अब हर्ेर्नुस् न छोराछोरी दुवै विद्यालयबाट आउँछन् । छोरा आराम गरेर बस्छ, छोरीले खाजा ल्याएर छोरालाई खाजा दिनर्ुपर्छ । छोरा पढिरहन्छ । छोरी आमालाई भान्छामा सघाउन जानर्ुपर्छ । यो ले कविता, त्यो ले कविता । यति मात्र हो र, दाजुको लुगासुगा पनि मिलाएर दिनर्ुपर्छ । आमाले लुगा धोएको बेलामा सुकाउन र यताउति गर्न जानर्ुपर्छ । पाहुना आए खाजा ओर्सर्ाापर्छ । भाडाहरू उठाएर लैजानर्ुपर्छ । त्यसैले आफूले राम्ररी पढ्न नपाएकोमा कविता दुःखी छ ।”

“आजभोलिको जमानामा यस्तो छोरा र छोरीमा भेदभाव हुनु त नपर्ने” म आफ्नो राय व्यक्त गर्दछु । यस्तै छ हाम्रो समाज ।”

“खोइ म त्यस्तो गर्दिन । पढ्न लागेको बेलामा कहिल्यै काम अह्राउन्न र उसले आफंै गरिने मात्र हो । छोरीलाई अझ राम्ररी पढाउन पर्छ सर …” उनी भन्छिन् । कविताको उदासीको कारण थाहा पाएर म दुःखी हुन्छु, सोच्छु “मानिसले आफ्नो मन परिवर्तन नगरेसम्म सामाजिक परिस्थिति बदलिँदैन । छोराछोरीलाई समानरूपले उत्तिकै शिक्षा दिनर्ुपर्छ भन्ने धारणा भए पनि अझै त्यस्तो मानसिकता समाजबाट नहटेकोमा र यसको शिकार कविताजस्ती निरीह प्राणी बनेकीले मलाई दुःख लाग्छ । त्यसैबेला कविता कोठाभित्र आउँछे, म उसको अनुहार नियाल्छु । ऊ उदास देखिन्छे “कविता तिमीलाई धेरै पढ्न मन रहेछ हो …”

“हो सर …” ऊ जवाफ दिन्छे आफ्नो कुरा सबै मलाई भन म तिमीलाई पढ्न मद्दत गर्छर्ुुप्ठ्यारो नमान ..। “सर मलाई धेरै पढ्न मन छ तर आमा, बा, दाइलाई मात्र महìव दिनुहुन्छ । जति धेरै पढे पनि अर्काको घर गएर काम गर्नुपर्छ पढेर के गर्ने भन्छन्… झन् हजुरआमा त बिहे गरिदिने कुरा गर्नुहुन्छ । मलाई बिहे गर्न मन छैन..” कविता आफ्नो दुःखेसो पोख्दै जान्छे “अस्ति शनिबार होमवर्क गर्छर्ुुन्ने लागेको थियो । आमाले लुगाधुन बोलाउनु भयो । त्यसैबेला दाइले पानी पिउनले भन्यो । आमाले जा दाइलाई पानी दिएर आइज भन्नुभयो । दाइले आफँै पानी लिएको भए पनि हुने नि… जवाफ लायो भने यसरी मुखमुखै लाग्ने बानी राम्रो होइन भनिन्छ । मलाई चाहिँ दाइले कहिल्यै केही ल्याएर दिँदैन । मैले काम अह्राएँ भने तँ आफैं गर् भन्छ । आमा, बा केही भन्नुहुन्न । मेरो कथाव्यथा यही हो सर । म बेलामा होमवर्क गर्न पाउन्न । पढ्न पनि मलाई समय नै हुँदैन । यति भनेर ऊ चुप लाग्छे । उसको आँखामा विवशताका आँसु छछल्किन्छन् । तिनको व्यथा सुनेर मुकदर्शक बनेर सुनिरहन्छु र अन्तमा उनको समस्या समाधान गर्न आफूलाई अर्समर्थ पाएपछि तिनलाई सल्लाह दिन्छु “साहस बटुल… पढ्न लागेको बेलामा काम अह्राएमा यति सकेर गर्छर्ुुनेर पाठको होमवर्क गरिसकेपछि मात्र घरको काम सकाउन जाउ ।

गाली गरे साहस बटुलेर सम्झाएर भन- “म पढ्न लागेको बेलामा कसैले पनि काम नअह्राउनु… “

(स्रोत : मधुपर्क, चैत्र २०६३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.