~कृष्णप्रसाद पराजुली~
हिमाललाई काखमा बोक्ने यस धर्तीमा
म त मनको भाषा बोल्ने मानिस हुँ
अरू के भनूँ खै
मनकै भाषामा भन्छु-
देशलाई उठाउँछु भन्ने ए कर्ण्र्ाारहरू हो !
तिमी बाहिर आन्दोलित हौला
हाम्रो त मन नै आन्दोलित छ
म करजोडी बिन्ती भन्छु-
मानिसले पाउने न्यूनतम
संयोग, सुख र सन्तोष देऊ
जिउनुको र्सार्थकता सिद्ध हुने
अलिकति शीतल पानी देऊ
अब हामीलाई शान्ति देऊ !
म कसरी हेरूँ पाँचथरे छोराको विरह
म कसरी लेखूँ रोल्पेली-डोल्पेली बहिनीको बह
बागमती आमा नै पनि
गनाइसकेकी छन् फोहरका डङ्गुरमा
उनको झोलिएको स्तनलाई
खानेकुरा ठानी लुछ्न बेर छैन- पशुपतिका बाँदरहरूले
कसरी चित्त बुझाऊँ
उन्मुक्तिको गायन देऊ
पर्ुखाको थलो थाम्ने पायन देऊ
अब हामीलाई शान्ति देऊ !
सम्पत्ति पत्ती-पत्ती भएर र्झन सक्छ
निर्माणका कथा सुनाऊ
आपत्ति पनि पर्न सक्छ
हटाउने प्रयासमा जीवन्त गीत गुनगुनाऊ
अरूलाई पन्छाउन पनि हुँदैन
मन्छाउनु पनि हुँदैन
मानिसको जति गाढा नाता नै कसको छ र –
त्यो नातालाई भँगालोमा होइन
अँगालोमा राखिदेऊ
नेपालीहरूको भविष्यको रगत जाँचिदेऊ
अब हामीलाई शान्तिदेऊ !
(स्रोत : मधुपर्क, चैत्र २०६३)