कविता : प्रकृतिको पाठेघर

~हरि नेपाल~

उदायो नभमा उज्यालो
थियो दिनरात कालो मैलो
फक्रिए पूmलको मञ्जरी
जो खुम्ची बसेका थिए अघि

प्रकृतिकै पाठेघरमा
किन वेदना भई बस्दछु ?
आउं आउं झै लाग्दछ
तोते बोलिमा लठिठ्एर आमा भनि ।

एक पहरको फरक न हो,
आउंछ जान्छ वर्ष वर्ष बनी
जो आउंछ पृथ्वी तलमा
अटल रहोस प्रकाश पुञ्ज बनी ।

पुग्न सकोस् पहिलो किरण
तिनका घर आगंनमा
जहां उज्यालो थिएन कवै

अवत गाउन् गीत कोकिलले
छाप्रा गोठ घर घरमा
मिठो संगितले कुहूं कुहूं गरी ।

खुलोस् स्वर मधुरको
घन्किउन् पृथ्वी तलमा
मृदंगा, मादल, बांसुरी ।

आउन् सदा वर्षका यामहरु
अनी अबत, पाओस् मृत सञ्जीवनिले पनि
एक विश्वास छोडि जाओस् ।

सदा किन बनि रहोस्
जीवन मृत्यु सैंयामा ?
किन कापि रहुन् नारी जीवन दायीनी ।

लुकाई वेदना सव अतितका
खुसी रहुन् मुस्काई आमा पनि ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.