~मालिकराम ‘वियोगी’~
त्यो कठ्याग्रिने जाडो र हुस्सुको पर्बाह नगरी पात्तली सदाझैं चोक आइपुगी । चोक प्रायः शून्य र चकमन्न थियो । पानी, दुध र चिया हालेर कित्ली ओदान -स्टोभ)मा बर्साई । पात्तली साहूजीको अनुरोधमा त्यो नयाँ वर्कशपको ठीक अगाडि सडकको छेउमा चिया पकाएर बेच्ने गर्थी । काठमाडौंको त्यो अचाक्लीको हुस्सु अलिअलि गर्दै फाटिन्दै थियो, जसले गर्दा र्सर्ूयको मुख देखिन लागेको थियो । गाडी र मान्छेहरुको संख्या अलिअलि गर्दै बढ्दै थियो । त्यस्तै चिया पिउनेहरुको संख्या पनि बढ्र्दै थियो । चिया पाक्दासम्म उनीहरु पात्तलीको वरिपरि झुम्मिसकेका थिए । पात्तलीले सबैलाई काँचका ग्लासभरिभरि चिया दिई । तात्तातो चिया पिउने कति अनुभवीले त चाँडै सिध्याए । कतिले ढिलो सिध्याए । जेजसरी सिध्याए पनि सबैले एकप्रकारको आनन्द र तातोको अनुभव गरे । सबैको मुखबाट तातोको बाफ उडिरहेको थियो, फुस्सुसु … फुस्सुसु … । यस्तै बाफ उडाउदै चतुरमान लामा जो त्यो वर्कशपमा काम गथ्र्यो, ले आफ्नो रित्तो ग्लास एकोहोरो हेरिरहृयो । उसले त्यो ग्लासभरि पात्तलीको हँसिलो मुहार र आफूले कमाएको एक बिटा पैसाको प्रतिबिम्ब देख्यो । ऊ मनमनै गुन्गुनायो, “यदि मैले चिया खानु नपरेको भए यी सबै पैसा मेरै हुन्थे, जाडो कम गर्नु पिउनै पर्यो । नत्र त … ।” उसले एकैछिनपछि फेरि सोच्यो, “अब मैले गाडीको टाँङमुनि सुतेर काम गर्नु पर्छ । रातभरि शीतले भिजेको गाडीका पार्टपर्ूजा छुनु पर्छ ।” उसले यसरी सोच्दा सोच्दै उसको शरीर चिसिन्दै गरेको महसुस गर्यो । अनि मनमनै बोल्यो, “एक ग्लासले त केही भएन, अर्को एक ग्लासले शरीर केही ततिएला कि ..-” ऊ पात्तलीछेउ गयो र भन्यो, “पात्तली, .. अर्को एक ग्लास खोई … जाडो त कति नि कम भएन त … -”
चतुरमान वर्कशपको मालिकको गाउँले थियो । ऊ बिदेश जान भनेर सहर आएको थियो । बिदेश जाने खर्च नभपछि वर्कशपको काम गर्न थालेको थियो । उमेरले गर्दा दुबैमा माया बस्दै गएको थियो । दुबै ठट्टयौलीमा रमाउथे ।
पात्तली मुस्कुराउदै, चिया सार्दै बोली, “लामा दाईलाई कति भयो नि -”
“हिजोसम्मको एक सय आठ, आजको आठले जम्मा एक सय सोह्र भयो होला, जति भए नि हाम्रै त हो पछि त … ।” चतुरमानले मुसुक्क हाँस्दै आफ्नो सोझो हिसाब बतायो । अनि एक पटक पात्तलीलाई माया र प्रेमयुक्त आँखाले हेर्यो र घुटुक्क थुक निल्यो ।
“पछिको कुरो पछि नै गरौंला नि लामा दाई, त्यो पनि भाग्यको कुरो हो ।” पात्तलीले चतुरमानको मुहारमा छड्के नजरले हेरी, ऊ साँच्चै मायालाग्दो पाराले उसलाई नै हेरिरहेको थियो । लाजले रातो गाला पार्दै पात्तली बोली, “म त साह्रै परिसकें, तपाईंहरुको साहूले कहिले तलब बाँट्छ होला … -” महिनाभरिको घर व्यवहार चलाउदा र चिया र दुध किन्दा पात्तली साह्रो परिसकेकी थिई ।
सबैले पात्तलीको मुखमा एकैसाथ हेरेपछि एक अर्कालाई हेराहेर गरे । उनीहरु सबैलाई एउटै पीडाको महसुस भयो । त्यो पीडा हो, पैसाको अभावको र दर्रि्रताको । तर पात्तलीको सुन्दर अनुहार, तीखो आँखाको हेराइ, मीठो स्वरसँगको बोलीले उनीहरुको त्यो दुःखलाई हठात् उडाइदियो । सबै एक पटक मुसुक्क हाँसे तर बोलेनन् । आफूलाई मात्र प्रश्न गरेको सम्झेर चतुरमान बोल्यो, “आज अठाइस होला, एक गते आउन तीन दिन त छ अब । त्यसपछि त तिमी धनी भइहाल्छ्यौ नि ।”
“धनी त हुनु मात्रै हो । त्यै सानोतिनो गर्जो टारिन्छ, ऋण तिरेर बाँचेकोले । यसरी पनि जीवन चलाउनै पर्दो रहेछ दाई … ।” पात्तलीले लामो सुस्केरा तानी, जहाँबाट बाफ उडेर परपरसम्म पुग्यो । मनको वेदना यता कताबाट उता कतातिर सरेजस्तो भएको मात्र थियो, पात्तलीलाई असहृय भयो । त्यो व्यथा कम गर्न बोली, “रातको जाडो मरेर काटिन्छ । त्यसको पीडा कम नहुँदै यीः यस्तो जाडोमा यहाँ आउनु पर्छ, पल्लो चोकमा आमा जानु हुन्छ । यतिका दुःख गरेर पनि यो दुःख अलिकति पनि घटेको होइन । यस्तो दुःख सहेर कसरी र कहिलेसम्म बाँच्नु पर्ने हो – जिन्दगीलाई थाहा छैन …. ।”
त्यो उज्यालो मुहारबाट निस्केको तातो बाफ पात्तलीको मार्मिक दुःख र असहृय वेदनासँगसँगै उडेर निकै पर पुग्यो र हुस्सुसँगै मिसियो । पात्तलीको यो वेदना र दुःखको बोध सबैले गरे, त्यो पात्तलीको निराश तर उज्यालो मुहार एकोहोरो हेरिरहे । अलिकति भए पनि पात्तलीको त्यो उज्यालो मुहारले उनीहरुको दुःख कम गथ्र्यो । वास्तवमा उनीहरुको दुःख र वेदना अनन्त थियो, त्यसैले सबैको एउटै प्रश्न हुन्थ्यो, यस्तो दुःख सहेर कसरी र कहिलेसम्म बाँच्ने – त्यसैले होला सबैले एकैचोटी एउटै सुस्केरामा तातो बाफ फुसुसु उडाए, वेदनाको, दर्रि्रको, पीरको र व्यथाको । अनि लागे आआफ्नो दिनचर्यामा, कसैले हथौडा, कसैले बेल्चा, कसैले नाम्लो, कसैले बोरा लिएर । यी सामग्री उनीहरुको जीवन थियो, साथी थियो ।
हुस्सु फाटिएर शहर उज्यालो भइसकेको थियो । घाम टन्टलापुर लागिसकेको थियो । जताततै भिंड र होहल्ला थियो । मानिसहरुको आवात जावत, गाडीहरुको ट्वार ट्वार र टुर टुरले कुनै कुरोको लेखोजोखो नै गर्न सकिन्दैनथ्यो । यसैबेला वर्कशपका साहूजी सदाझैं चिया पिउने निहुले त्यहाँ आयो । चिया मागेर पिउदै पात्तलीलाई जिस्क्याउन थाल्यो, “पात्तली त्रि्रो रुपले त साह्रै पार्छ हौ । हामी बिहे गरौं न ।”
“साहूजीलाई पनि कति जिस्किनु परेको होला .. -” पात्तलीले गणेशलाई असहजरुपमा हेरी ।
“यति राम्रीले यस्तो सडकमा यस्तो काम गरेको पटक्कै सुहाएन । तिमीजस्ती सुन्दरीले त सुन्दर, ठूलो महलमा रानीजस्ती भएर बसेको मात्र सुहाउँछ । चिल्लो कारमा साडी फर्रर उडाउदै, सुन्दर ठाउँतिर रमिता हर्ेर्दै हिंडेको मात्र सुहाउँछ । साँच्चै पात्तली त्रि्रो रुपले मलाई मोहनी लगाइसकेको छ । त्यसैले म एक दिन तमीसँग बिहे गर्छर्ुुगर्छर्ुु”
पात्तलीलाई थाहा थियो कि उसलाई चतुरमानले मन पराउँछ । उमेर पनि २१ र १८ अति सुहाउँदो थियो, ती दर्ुइको । तर गणेशले जिस्क्याएर हैरान पारिसकेको थियो । गणेशको उमेर ४० नाघिसकेको हुँदो हो । पात्तलीलाई यो कुरो असहृय भइरहेको थियो । उसले दृढ बिचार गरिसकेकी थिई कि त्यस्तो बूढोसँग जति धन भए पनि नजाने । बरु भाग्यले साथ दिए चतुरेजस्तै परिश्रमी र स्तर मिल्नेसँग जाने उसको बिचार थियो ।
पात्तलीले एक पटक गणेशलाई घृणा र ब्रि्रोही भावमा हेरी । तर पनि साहूको मर्यादा राख्नलाई त्यस्तो अपशब्द नबोलेर विनय र दुःखको भावमा बोली, “साहूजी, हाम्रो भाग्य नै यस्तो होला, तपाईंले भनेजस्तो कहाँ हुन्छ र – तैपनि परिश्रम गर्नु त नराम्रो काम होइन नि । म त यसैमा सन्तुष्ट छु, अन्यमा मेरो महत्वकांक्षा र तिर्सना छैन । त्यसैले साहूजी मेरो गरिबीको फाईदा उठाउने प्रयास नगर्नु होला, जुन प्रयास संभवै छैन ।”
र्सतर्क र गम्भीर भावमा गणेश बोल्यो, “मैले त्रि्रो गरिबीको फाईदा उठाउन खोजेको कहाँ हो र – मेरो आसय यो हो कि तिमीले योभन्दा अर्को राम्रो र असल काम खोज्नु त्रि्रो हितमा छ । साँच्चै भन्ने हो भने तिमीजस्ती सुन्दरीले अरु धेरै अवसर अबश्य पाउने छ्यौ । मेरो यो भनाइ गल्ती छ भने माफ पाउँ ।”
“हुन त तपाईंंहरुसँग हामीले सिङ जोड्न कहाँ सक्छौं र – तैपनि हामीलाई आफ्नो इच्छा र अडानमा बाँच्न दिनु पर्छ । म परिश्रममा विश्वास गर्ने मान्छे, सुन्दरमा पाएको अवसर म उपभोग गर्न तयार छुइन । त्यसैले तपाईंहरुले हामीजस्तालाई ठूल्ठूलो लोभमा फसाउने प्रयास गर्नु उचित नहोला कि … -”
गणेश चूप लागेर बाटो लाग्यो, त्यसदिन । किनकि ऊसँग बोल्ने बाटै थिएन ।
साहू गणेशलाई त्यो वर्कशपबाट फाइदाको बदला दिनदिन घाटा हुँदै थियो । कारण थियो, उसले वर्कशपमा बढी ध्यान नदिनु र ऊ सँधै मोजमस्तीमा लीप्त हुनु । ऊ अहिले पात्तली जिस्क्याइरहेको हुन्थ्यो भने एकछिनपछि अर्को मोटी जिस्क्याउन कहाँ पुग्थ्यो । आज नाचघर हुन्थ्यो भने भोलि गजल रेष्टुरेण्ट पुग्थ्यो । तर स्वास्नीलाई वर्कशपमा व्यस्त भएको कुरो बताउँथ्यो । यो आर्थिक अधोगतिले उसलाई निकै सोच्ने बनायो । उसले पैसा र मनोरञ्जन एकैसाथ पाउने कुनै उपाय खोज्न थाल्यो ।
यसबेला धेरै नेपालीहरु हङकङ जन्मेको जन्म प्रमाण पत्र र्-बर्थ कार्ड)को आधारमा कोही वास्तविक, कोही नक्कली भएर धमाधम हङकङ गइरहेका थिए । गणेशले पनि यो मौकालाई सदुपयोग गर्ने बिचार गर्यो, जुन उसको इच्छानुसारको अवसर थियो । उसले यो मौकाको फाइदा अत्यधिक लिने विचार गर्यो । उसले आफ्नो उपायलाई अचुक बनाउने निर्ण्र्ाागर्यो । उसले एउटा केटीको जन्म प्रमाण पत्र लियो, जसलाई उसले एउटा जाल सम्झ्यो । मानौं त्यो जालमा उसले एउटी मानवरुपी माछा पार्न चाहन्छ, जसलाई उसले जीवनभर उपभोग गर्न सकोस् । त्यो जालमा फसाउने बिचारले ऊ सरासर पात्तलीकहाँ गयो । सदाझैं चिया पियो । केहीबेर केही भनेर जिस्क्यायो अनि बोल्यो, “पात्तली म तिमीलाई एउटा कुरो भन्छु, मान्छ्यौ -”
पात्तलीका कान ठाडा भए । ऊ सुशंकित हुँदै बोली, “साहूजी मान्ने कुरो छ भने मानिन्छ … तर .. ।”
बोल्दाबोल्दैको कुरो बीचैमा काटेर गणेश बोल्यो, “सोच्दा त खासै त्यस्तो अप्ठ्यारो छैन तर अर्कै अर्थ लाएर हेर्यो भने त अप्ठ्यारो पनि मान्न सकिन्छ ।”
“त्यस्तो के कुरो हो – भन्नुस् न त ।” पात्तली अझ जिज्ञासु बनी । उसको मुटु धड्कन थाल्यो, ढुक ढुक ।
“यो कुरो हामी दर्ुइबाहेक अरु कसैले सुन्न, थाहा पाउन हुँदैन र यदि कसैले थाहा पाइहाल्यो भने हाम्रो यो कार्यक्रम असफल हुनेछ र अप्ठ्यारोमा पनि पर्न सक्छौं ।” गणेशले सग्दो सम्झाउन खोज्यो ।
“ल ल भन्नोस् त्यस्तो के कुरो हो । म कसैलाई पनि भन्ने छुइनँ ।” पात्तलीले गणेशलाई विश्वस्त पार्न खोजी ।
“हामी दर्ुइ मिलेर हङकङ जाउँ ।” गणेशले कुनै हिचकिचाहटबिना पात्तलीसामु आफ्नो बिचार पोख्यो ।
पात्तलीको ओंठ चल्मलाए । तर कुनै शब्द बाहिर निक्लिएन । आँखाले त अविश्वासको भाका बोल्यो । ऊ यस्तै दुःखमिश्रति अवस्थामा बोली, “हङकङ भनेको हाम्रो लागि र्स्वर्ग हो । त्यो र्स्वर्ग जाने भाग्य हाम्रो कहाँ छ होला र साहूजी ..-” उसको बोलीमा हिनताबोध र लघुताभास प्रष्टै थियो । हङकङ जाने त उसको सपना र कल्पना नै थिएन । त्यसैले उसले गणेशको कुरोमा कति पनि विश्वास गरिन । उसको कुरोमा चाख र चासो लिने बिचारै गरिन । उसले बरु यो सोची, साहूजीले मलाई फसाउने जाल बुन्दैछन्, जहाँ म सजिलै फसूँ ।
गणेशले जसरी पनि पात्तलीलाई मनाउनु छ र एउटा उपाय निकाल्नु छ । ऊ पात्तलीको नजिकै गयो र यताउता हेर्यो । त्यहाँ कोही पनि नभएकोले एउटा भूमिकामा सुस्तरी बोल्यो, “हङकङमा जन्मिएका लाहुरेका छोराछोरीहरु अहिले हङकङ जान पाइरहेका छन् । कतिपय आफैं गइरहेका छन् भने कतिपयले उनीहरुको जन्म प्रमाण पत्र बेचिरहेका छन् । त्यो जन्म प्रमाण पत्र किन्नेहरु नक्कली मान्छे भएर गइरहेका छन् । मैले पनि एउटा त्यस्तो केटीको प्रमाण पत्र भेटेको छु, जुन त्रि्रो उमेरसँग मिल्दोजुल्दो छ । यो प्रमाण पत्रबाट हामी दर्ुइ नक्कली बिहे गरेर जाऊँ । यसरी हामी हङकङ गयौं भने यहाँजस्तो यसरी दुःख गर्नै पर्दैन । केही दुःख गर्यो भने पैसा मालामाल हुन्छ, जसले प्रशस्त मोजमस्तीमा रम्न पाइन्छ । हङकङबारे मलाई सब थाहा छ ।”
पात्तली निरुत्तर भई । सोच्नै सकिन । धेरै गमी, धेरै सोची तर निर्ण्र्ााीन भई । अन्तमा उसले यसो भनी, “तर साहूजी, म त्यस्तो मोजमस्तीमा रम्न चाहन्नँ । म त चाहन्छु, पसिश्रम गरुँ केही पैसा कमाउँ, जसले मेरो र आमाको जीवन सहजसँग बितोस् । मजस्तो दुःखी, दर्रि्रले त्यो र्स्वर्ग जान सक्दिन । र, म कल्पना गर्नु पनि मिल्दैन ।”
गणेशले कुटिल हाँसो हाँस्यो । उसले पात्तलीको निर्धनतालाई आफ्नो फाइदाको माध्यम मान्यो । उसले त्यो कपटपर्ूण्ा चाललाई लुकाएर अर्को अश्त्र फाल्यो, ” तिमी जान्छु मात्रै भन न, म तिमीलाई त्यो र्स्वर्गमा पुर्याइदिन्छु । पछि तिमीले कमाएर दिंदा हुन्छ । तिर्न सकेनौ भने बिचार गरौंला । म आफैंले पनि कमाउन सक्छु । मैले पनि लाहुरे जीवन १५ वर्षत्यत्तिकै बिताएको छैन नि । हामी गोर्खाली विश्वमा कहिलिएका एक दक्ष, इमान्दार, वीर, बहादुर सिपाही हौं । हाम्रो जहाँ पनि स्वागत हुन्छ । हङकङको अहिलेको बृहत्तर योजनामा बिशेष गरेर पुल निर्माणमा दक्ष गोर्खाली इन्जिनियरको आवश्यकता भएकोले धेरै गोर्खालीहरु गइसकेका छन् र अरु जाने क्रममा छन् । त्यो योजनामा हामी दर्ुइले पनि काम पाउँछौं भन्ने मलाई पर्ूण्ा विश्वास छ ।”
“अनि साहूजी, साहूनी र अन्य सहस्र केटीहरु हुँदाहूँदै किन मसँग हङकङ लाने बिचार गर्नु भयो त -ं मजस्ती दर्ुबल र बेसहारालाई बिदेश लानु केही त स्वार्थ होला नि -” अर्को प्रश्न तेर्स्याई पात्तलीले, गणेशसामु । गणेशको घरमा स्वास्नी पनि थिई । यतिका संभावना भएर पनि त्यो गरिब, दुःखी, चोकमा चिया बेचिरहने एउटी केटीलाई गणेशले किन रोज्यो त – के उसले उद्धार भावना र पवित्र बिचारले यो अनुरोध गरिरहेको छ त – प्रश्नहरु उठ्नु स्वाभाविकै हो ।
यस्ता प्रश्नका उत्तर गणेशले खोजिसकेको थियो, तयार पारिसकेको थियो किनकि उसले पात्तलीलाई जसरी पनि आफ्नो बनाउनु छ, उसको विश्वास जित्नु छ । उसको प्रश्नको उत्तर यसरी दियो, “हो, धेरै केटीहरु छन् । तर विश्वास पनि त जित्नु पर्छ, मनले पनि खानु पर्छ । मेरी श्रीमतीसँग जानु त उमेरले मिल्दैन । तर ती युवतीहरुमा मेरो पटक्कै विश्वास छैन । उनीहरुले विश्वासघात र धोका दिन सक्छन् । फेरि त्रि्रो नाजुक स्थिति देखेर ममा तिमीप्रति माया र दया पलाइरहेको छ । मेरो यो निर्ण्र्ााे हामी दुबैको भलाई छ । म तिमीलाई अनुरोध मात्र गर्दै छु । मलाई तिमीप्रति पर्ूण्ा विश्वास छ । मान्नु नमान्नु, विश्वास गनर्ुृ नगर्नु त्रि्रो बिचार हो ।”
बेलुकीपख पात्तलीले गणेशले भनेको कुरो आमालाई बताई । आमाले यो कुरो सुनेर आर्श्चर्य व्यक्त गरी, “त्यस्ता धनी साहूजीले तँजस्ती चिया बेचिहिड्ने गरिबलाई किन विदेश लान चाहन्छन् – यसमा हामीले निकै सोच्नु पर्छ । कुनै पनि धनी पूँजिपतिहरुले हामीजस्तोको दया गरेको अहिलेसम्म मलाई थाहा छैन । गरेका छन् भने पनि आफ्नो स्वार्थपर्ुर्तिको निम्ति मात्र गरेका छन् – छोरी, हामीले धेरै सोच्नु पर्छ .. । अगाडि नेहेरी हाम्फाल्दा खाल्डोभित्र पसिन्छ, जसले गर्दा हाम्रो जीवन बर्बाद हुनसक्छ ।”
पात्तली जाडोले कामिरहेकी थिई । उनीहरुसँग बाक्ला र राम्रा ओढ्ने लुगा थिएन । पात्तलो त्यो सिरकले जाडो र चिसो हावा छेक्न सक्दैनथ्यो । उता आमाको हाल उस्तै थियो । त्यो अवस्था दर्रि्रको उत्कर्षथियो तापनि जीवन बाँच्न संर्घष्ा गरिरहेका थिए, यी दर्ुइ प्राणी । जाडोलाई एक डल्लो पारेर बोली पात्तली, “मलाई पनि विश्वास त लागेको छैन । तर, यो हाम्रेा दुःख सम्झंदा र लागेको खर्च उतै कमाएर दिदा हुन्छ भन्दाचाहिं जाउँजाउँ लागिरहेको छ ।”
“तैपनि बिचार गर् न, …।” आमाले यति भनेर कोल्टे फेरी ।
पात्तली सुत्नु खोजी, तर निकै रात बितिसक्दा पनि ऊ निदाउन सकिन । मनमा अनेकौं कुराहरु खेलिरहे । गणेशले भनेको थियो, “… पैसाको सर्ुता गर्नु पर्दैन । …पछि उतै तिर्दा हुन्छ .. । … पात्तली म तिमीलाई बिहे गर्छ गर्छ.. ।”
ऊ गुनगुनाउन थाली, “साहूजी मसँग बिहे गर्नु चाहन्छन्, तर म … तर म उहाँसँग बिहे गर्न चाहन्नँ .. चाहँदै चाहन्दिनँ …।”
पात्तलीले साहूजस्तै कतिले बिहे गर्छर्ुुकतिले राम्रो काममा लगाइदिन्छु भनेर धेरै केटीहरुलाई भारतका वेश्यालय -कोठी)मा लगेर बेचेको कुरा सुनेकी थिई । ऊ आफू पनि एक पटक बेचिएकी सम्झी, जसले गर्दा ऊ नराम्ररी तर्सर्ीी ऊ तर्सिएको आमाले चाल पाई । आमा कराइन्, “पात्तली, के भयो तँलाई – किन यसरी तर्सिएकी – अँ, धेरै कुरा नसोच् । तैंले कतै जानु पर्दैन । यस्ता साहूमहाजनहरुले आफ्नो पैसाको बाघेपञ्जा जताततै फिजाइरहेका हुन्छन् । हामी उनीहरुको त्यो कुटिल चाल बुझ्न सक्दैनौं । एक दिन हामी त्यो पञ्जाद्वारा नराम्ररी गाँजिन्छौं । विदेशको ठाउँमा तेरो के हाल र को हुँदो हो । एक किसिमले मलाई त अहिलेकोे हाम्रो जीवन नै मीठो र साह्रै सुखको लागिरहेको छ । केही दुःख भए पनि आमा र छोरी सँगसँगै हाँसीहाँसी बाँचेका छौं । मलाई घिट्घिटो भनेको तेरो बाबुसँग नभेट्नु हो । उहाँको साथ भएको भए, मलाई कुनै पीर हुंदैनथ्यो र हामी दर्ुइमा एक जना केही भइहाले पनि एक जना त तेरो साथ हुन्थ्यौं । म केही भइहालें भने तेरो के हाल हुँदो हो – तँलाई कसले हेर्दो हो – तेरो सहारा को हुँदो हो – तेरो जीवन कसरी बित्दो हो – यस्तो सोच्दा चाहिं निकै आतेस लागेर आउँछ । अब तँ कतै नजा सँगै बाँचौं, सँगै मरौं ।” थाकेकोझैं लामो सास फेरेर फेरि बोली, “अब सुत्, भोलि गएर म जान्नं भनिदे, साहूलाई ।”
पात्तली सानै हुँदा बाबु सम्पती कमाउन भारत गएका थिए । तर, गएपछि फेरि कहिल्यै फर्किएन । मरे बाँचेको कुनै ठेगान थिएन ।
“तर आमा म जान्छु । मैले त केही गर्नै पर्छ । यस्तो जीवन बाँचेर कति बाँच्नु – म केही कमाएर ल्याउँछु, त्यसपछि आमा छोरी सुख र आनन्दले बाँचौला ।” पात्तली कल्पनाको सुखद क्षण आमासँग बाँट्न चाहन्छे । ऊ आमासँग सुखले बाँच्न चाहन्छे न कि यो नारकीय जीवन । हो, त्यसैले उसले जाने नै निर्ण्र्ाागरी ।
“पात्तली, हाम्रो भाग्यमै छैन सुखमा बाँच्ने । तर यै जीवनलाई सुखी मान्यौं भने यै हो सुखी जीवन । योभन्दा अर्को सुखी जीवन खोजियो भने दुःखभन्दा अर्को केही पाइन्दैन । विदेशको ठाउँमा तेरो कोही हुदैन । कसरी समय बिताउदो होस् – तेरो लेखापढी पनि त्यति छैन । मैले त दुःखै गरेर पनि तँलाई हाइस्कूलसम्म पढाउने बिचार गरेकी थिएँ । तर तँ आफैंले सात पढेपछि स्कूल छाडिस् । नत्र त उहाँ पनि केही गरेर देखाउँथिस् । पढेकोसँग त जो पनि डराउँछन् ।”
“आमा, अतीत सम्झेर अब फाइदा छैन । म हरेक दुःखसँग लड्न तयार छु । दुःख गरेर साहूजीको ऋण तिर्छर्ुु कमाएर आउँछु । मेरो सर्ुता नगर्नु होला आमा ।”
बलैले आमालाई मनाएर पात्तली हङकङ गई, गणेशसँग । पात्तलीको निम्ति सपनामा नदेखेको, कल्पनामा नसोचेको घटना भयो, हङकङ जानु । हङकङको गतिविधि देखेर ऊ तीन छक्क परी । आकाश छोइरहेका महलहरु, कहिल्यै नपातलिने मान्छे र गाडीहरुको भिंड, धागाका डोराजस्ता सहस्र बाटाहरु, पसल, रेष्टुरेण्ट, प्लाजा, पार्क आदि देखेर ऊ झन छक्क परी । जमिनमुनि रेल कुधेको देख्दा दन्त्य कथामा सुन्ने गरेको पात्ताल सम्झी । यी सम्पर्ूण्ा गतिविधि देख्दा उसलाई लाग्यो ऊ पृथ्वीमा होइन र्स्वर्गमा भ्रमण गरिरहेकी छ, जहाँ देवीदेवताले सिर्जना र निर्माण गरेका अद्भूत वस्तुहरु हुन्छन् । उसलाई धेरै दिन सबै कुराहरु अनौठा र अद्भूत लागिरहृयो । उसलाई यस्तो लाग्यो कि भगवान त मान्छे हुँदोरहे छ । किनभने कथामा सुनेकोभन्दा अनौठा अनौठा गतिविधि थियो, त्यहाँ । कस्ता कस्ता मेशिनहरु, गाडीहरु, रेलहरु, अन्यन्य नामै भन्न नसकिने वस्तुहरु थिए । उसले कथामा भगवानले सबै चिजहरु बनाउन सक्छ भनेर सुनेकी थिई । तर हङकङमा भगवानले बनाउने भन्दा धेरै वस्तु थिए । यी चिजहरु हर्ेदा त भगवानभन्दा मान्छे कति विद्वान, सिपालु, ज्ञानी हुँदो रहेछ भन्ने कुरो सोची । रहदा बस्दा अलि अलि गर्दै सबै वस्तु अनौठो लाग्न छाड्यो, पात्तलीलाई ।
गणेश र पात्तली हङकङ आउदा चेक लाप कोक हवाई मैदान, माउन्ट र चिङ यी पुल, हङकङ-चेप लाप कोक रेल्वे धमाधम बनिन्दै थिए, जहाँ अत्यधिक नेपाली श्रमिकहरुले काम गर्थे । पात्तली र गणेशले पनि हङकङ आई. डि.-प्रमाण पत्र) पाएपछि त्यही काम गर्न थाले ।
गणेश र पात्तली एउटा ल्फ्याटमा बस्न थाले, जहाँ दर्ुइ वटा कोठा थिए । गणेशले पहिलाजस्तै पात्तलीलाई जिस्काइरहन्थ्यो, “पात्तली, मैले तिमीलाई बिहे गरेरै छाडें हो कि – अब तिमी मेरो स्वास्नी भयौ हो कि – अब त हाम्रो बार के रहृयो र, होइन -”
यसबेला पात्तलीले व्रि्रोही आँखाले हर्ेर्थी तर केही बोल्दिनथी । कहिलेकहीं भन्ने गर्थी, “साहूजी, मलाई त्यसरी नजिस्क्ियाइरहनुहोस् है, मलाई राम्रो लाग्दैन ।”
“नराम्रो लागेर के गर्नु पात्तली, कानुनीरुपले त तिमी मेरी स्वास्नी हौ । फेरि, यहाँ मेरी श्रीमती पनि छैन । आजदेखि तिमी मेरी कान्छी श्रीमती भइदेउ । अब हामी सँगै बसौं, सँगै .. ।” गणेशले यसबेला ठट्टा गरेको थिएन, गम्भीर भएर बोलेको थियो । ऊ आवेशमा पात्तलीको हात पक्रन पुगेको थियो । तर पात्तलीले त्यसबेला कुनै प्रतिक्रिया देखाइन । मात्र हेरिरही, क्रोध र घृणाभावमा ।
एक दिन त गणेशले पात्तलीलाई अंगालो मार्न पुग्यो । उसका निर्दयी हातहरु सल्बलाउन थाले, संवेदनशील अंगहरुमा । पात्तलीले सक्दो प्रतिकार गरी । धेरैबेरको लडाइपछि ऊ मूक्त भई । क्रोध र आवेशमा बोली, “साहूजी, के मलाई यस्तै बेइज्जत गर्नु हङकङ ल्याउनु भएको हो – मजस्ती बेसहारा, दर्ूबल एउटी नारीमाथि हात लाउनु के तपाईंको नैतिकताले दिन्छ – तपाईंले यस्तो दुस्साहस भुलेर पनि फेरि नगर्नु होला । मलाई यस्तो मन पर्दैन, बुझ्नु भयो -”
पात्तलीका केशराशि असरल्ल थिए । उसको मुटु धड्किरहेको थियो, ढुक ढुक । सास बढिरहेको थियो, स्या स्या । त्यस्तो उज्ज्वल, हँसिलो, सुन्दर पात्तलीको मुहार हर्ेर्नै नहुने कालो निलो थियो । त्यस्तै भयानक रुपमा फेरि बोली, “फेरि फेरि पनि यसरी हात लाउने दुस्साहस गर्नु भयो भने, राम्रो हुने छैन … ।”
गणेश फिस्स हाँसिरहृयो । केही लाजले, केही क्रोधले, केही पूरुषार्थको अहमले । पुरुषार्थको लज्जाबोधले उसलाई बेस्सरी गाँजिरहृयो । उसले अतीतमा पात्तलीजस्ता धेरै केटीहरुसँग रंगरस गर्यो, सहवास गर्यो । तर पात्तलीजस्तो अज्जिर केटी कोही थिएनन् र पात्तलीले जसरी धम्की पनि कसैले दिएनन् । पात्तलीको यस्तो व्यवहार गणेशले थाहा पाएर पनि उसले हार स्वीकार्न चाहेन । त्यसैले कहिले मातेर, कहिले मातेको बहाना बनाएर पात्तलीलाई सताउन र जिस्क्याउन थाल्यो । कहिले अंगाल्न पुग्थ्यो, कहिले उसका संवेदनशील अंग छुन पुग्थ्यो । पात्तलीले यस्ता सबै समस्याको प्रतिकार गर्थी, भागेर उसको कोठा पस्थी । तर गणेश उही गएर ढोका ढकढकाउन थाल्थ्यो । यद्यपि पात्तलीको प्रतिकारमा उसको सँधै हार भयो ।
गणेशको यस्तो व्यवहारले पात्तलीलाई साह्रै दिक्क लागेर आउथ्यो । मानसिकरुपले ऊ साह्रै दुःखी थिई । कल्पना र सोचाइमा उसको प्रायः रात बित्थ्यो । अतीत सम्झन्थी । अतीतमा दुःख थियेा रपनि सुख थियो, आनन्द थियो । साँच्चै, उहाँ भौतिकरुपमा दुःख थियो, तर मानसिकरुपमा अत्यन्तै सुख थियो, खुशी थियो । तर अहिले ठिक उल्टो भएको छ । त्यसैले आमाले भनेकी सम्झी, “… यस्ता साहूमहाजनहरुले आफ्नो पैसाको बाघेपञ्जा जहींतहीं फिजाइरहेका हुन्छन् । हामी उनीहरुको त्यो कुटिल चाल बुझ्न सक्दैनौं । एक दिन हामी त्यो पञ्जाद्वारा नराम्ररी गाँजिन्छौं । … मलाई त यै जीवन साह्रै मीठो लागिरहेको छ । केही दुःख भए पनि आमाछोरी सँगसँगै बाँचेका छौं । … विदेश गएर तँ पो कसरी … -” उसले चतुरेको माया सम्झी । साँच्चै, चतुरेले पात्तलीलाई औधि माया गथ्र्यो । ऊ आउँदा चतुरेले धुरु धुरु रुदै भनेको थियो, “विदेश गएर मेरो मायालाई नभुल है पात्तली … । अलि चाँडै आउ, अनि बिहे गरेर घरजम बसाउँला … । मलाई भुल्यौ भने तिमीले जीवनभर रुनु पर्ला … ।” यति सम्झेर स्वभाविक बन्थी, पात्तली ।
पात्तलीलाई साथीहरुले पनि काममा जिस्काउथे, “र्एइ पात्तली, तैंले तेरो डिपेन्ड -आश्रति)सँग बिहे गरेको होस् – सबैले तिमीहरुलाई लोग्नेस्वास्नी भन्दारहेछन् त ।”
अर्कोले अर्कै कुरो गर्थी, “लोग्नेस्वास्नी भएर त एउटै ल्फ्याटमा सँगै बस्छन् त । दुबै एक्लाएक्लै छन् । हङकङमा त लोग्ने हुने स्वास्नीमान्छेले केटा साथी, स्वास्नी हुने लोग्नेमान्छेले केटी साथी बनाउने गर्छन् भने यी दर्ुइ त्यत्तिकै कसरी बस्नु सक्छन् होला – कि नपंुसक नै हुनु प्रयो नत्र त … ।” यसबेला सबै गलल हाँस्थे । उसलाई गिज्याउथे । उसलाई यसबेला लाजले मर्नु हुन्थ्यो । पात्तली मनमनै गुन्गनाउथी, “हरे शिव ! मलाई यो के आइलागेको – कुन दिनमा म यहाँ आएँछु – मलाई सुखले बस्ने कही ठाउँ छैन – मलाई शान्तिले बाँच्ने कुनै समय छैन – के मैले जीवनभर यसरी नै रोई रोई मर्नु पर्ने हो – म दुःख पाउनै जन्मेको हूँ -” कहिलेकहीं ऊ एकान्तमा गएर स्वर खोलेर रुन्थी, जसलेगर्दा उसलाई थोरै आनन्द मिल्थ्यो, थोरै शान्ति मिल्थ्यो । तर डेरा पुगेपछि उही रोगले सताउँथ्यो ।
पात्तली र गणेश आएको तीन वर्षबितिसकेको थियो । पात्तलीले धेरै पटक नेपाल जाने कुरा गरी । किनकि ऊ आफ्नी आमा र चतुरेलाई भेट्न तथा नेपाल गई शान्ति र आनन्दले बाँच्न चाहन्थी । तर गणेशले स्वीकृती दिएन । किनकि उसलाई डर थियो, पात्तली नेपाल गएपछि फर्केर आउदिन भन्ने । यदि ऊ आइन भने उसको प्रवेशाज्ञा -भिसा) थपिदिने कोही हुदैनथ्यो, जसले गर्दा ऊ हङकङ बस्न पाउदैनथ्यो । फेरि ऊ त्यस्ती सुन्दरी पात्तलीलाई छोड्न चाहन्दैनथ्यो । आमा मरेको खबर आउदा पनि पात्तली जान पाइन । बरु हप्तौं शोकमग्न भई ।
त्यस दिन मुसल्धारे पानी परिरहेको थियो । आँधी, हुरी र बतास जोडले चलिरहेको थियो । बादलले आकाश अन्धकार थियो । घरि घरि बिद्युत चम्किन्थ्यो, साथै पृथ्वी नै हल्लाउदै मेघ गर्जिन्थ्यो । टेलिभिजनबाट हावाको वेग-टाइफुन) बढिरहेको सूचना प्रसारण भइरहेको थियो । अघिल्लो दिनको सूचना अनुसार पात्तली काममा गएकी थिइन । तर गणेश बाहिर कतै गएको थियो । साँझसम्म आएको थिएन । झन झन पानी, आँधी र हुरी-बतास क्रुर र रौद्र रुपधारण गरेर बढिरहेको थियो । अब के हुने हो भन्ने मनमा एक किसिमको त्रास र डर थियो । अनिश्चित भयले सबैमा निराशा, भय र दुःख थियो । यस्तै भयानक परिस्थितिमा पात्तली एक्लै बसिरहेकी थिई । राती अबेर गणेश मातेर आयो । ढोका ढकढकाउनु आवश्यक्ता थिएन रपनि उसले ढोका ढक्ढकायो । पात्तलीले ढोका खोली । गणेश पात्तलीलाई अकस्मात अंगाल्न पुग्यो । पात्तलीको पात्तलो कम्मर समाएर पागलझैं ऊ पात्तलीलाई चुम्न थाल्यो । ऊ बरबरायो, “पात्तली, अब तिमी मबाट टाढा जाने प्रयास नगर । म तिमीलाई छाड्दिनँ । हो, साँच्चै छाड्दिनँ । तिमी मेरी स्वास्नी हौ । तिमी मदेखि टाढा जान पाउदिनौं ।” गणेशले उन्मत्त भएर पात्तलीको हरेक अंग अंग चुम्न थाल्यो । मानौं ऊ पागल भएको छ जसले गर्दा उसको चेतना हराएको छ । पात्तली छुट्ने हदै प्रयास गरी । तर बलिष्ट हातभित्र उसको केही लागेन । उसले पात्तलीलाई बोकेर बिस्तरामा लडायो । पात्तली चिच्याउदै प्रतिकार गरिरहेकी थिई । गणेशलाई आफ्नो इच्छा पूरा नभएकोले पहिलादेखिकै रिस थियो । यो पटक पनि उसको मनोकांक्षा पूरा होलाजस्तो लाग्यो । त्यसैले रिस र आवेगमा करायो, “पात्तली, मैले तिमीलाई स्वास्नी बनाउनै भनेर त्यत्तिका खर्च गरेर ल्याएको हूँ । तिमीले मेरो इच्छा पूरा गर्न दिनै पर्छ । धेर नखरा नपार । यस्ता नखरा केटी हामीले धेरै देख्दै आएका हौं । मैले भनेको नमान्ने भए किन मसँग आउनु पर्यो त – तिमीजस्ता हजार पाइन्थ्यो । आउने बेलामा खुरुक्क आउने, अहिले खुबै नखरा पार्ने – जति चिच्याउछ्यौ चिच्याउ, तर म मेरो इच्छालाई कदापि मार्न सक्दिनँ । चाहे तिमीले आत्महत्या गर, म कुण्ठित भएर बाँच्न चाहन्नँ । चाहे तिमी मलाई छाडेर जाउ, तर म यो मनको तिर्सना मेटेरै छाड्छु ।” उसले बाहुबलले बेस्सरी कस्यो तर पात्तलीले प्रतिकार गरिरही । उसलाई कहीं नभाको रिस उठ्यो । मुठी कस्सेर पात्तलीको दुबै त्रि्रामा बेस्सरी हान्यो । एक पटक होइन धेरै पटक हान्यो । पात्तली मर्ुछा परेर रुन थाली । वेदनाले छटपटाउन थाली । त्यो क्रुरतम प्रहारले ऊ साह्रै अशक्त भई । ऊ भूइँमा लत्रक्क लडी । आवाज निकालेर रोई तर हुरी बतास र पानीको आवाजले उसको आवाज कसैको कानमा पुगेन, पुग्न सकेन । यस्तो अशक्त र दर्ुबल अवस्थामा गणेशले मौका छोप्यो । उसले पात्तलीको जवानी लुट्यो, उसले इच्छा पूरा गर्यो । हो, उसले एउटी बेसहारा, दर्ुबल, अशक्त, गरीब, नीरिह नारीलाई बलात्कार गर्यो । नेपालदेखिको जुन उसको इच्छा थियो त्यो बल्ल पूरा गर्यो ।
पात्तली त्यो रातभर रोइरही, त्यो निर्रथक र लुटिएको जिन्दगी लिएर । त्यो रात मात्र होइन धेरै रात ऊ रोइरही । त्यस्ती राम्री, हँसिली, उज्याली, फर्सर्ााी पात्तली कान्तिहीन, अँध्यारो अनुहार लिएर एक सुरमा झोक्राइरही । न ऊ काममा जान्थी, न खानेकुरा खान्थी । उसको शरीर साह्रै दयनीय थियो । साथीहरुसँग पनि ऊ धेरै बोल्नछाडी । यस्तै अवस्थामा पनि निर्दयी, निर्मोही गणेशले आफ्नो तिर्सना मेटिरहेको हुन्थ्यो । उसले कुनै प्रतिकार गर्न छाडिदिएकी थिई । ऊ स्वतन्त्ररुपमा इच्छा अनुसारको भोग गथ्र्यो, मानौं ऊ एउटा कृतिम केटी -गुडिया)लाई भोग गरिरहेको छ, जुन निर्जीव मर्ूर्तिजस्तो हुन्छ । त्यो आज भोलि यौन स्वतन्त्रता र बिकसित देशहरुमा पाइन्छ । साँच्चै, पात्तली त्यो कृतिम मान्छेजस्तै जता लडाए पनि लडिदिन्थी, जे गरे पनि कुनै प्रतिकारबिना मानिदिन्थी । मानौं ऊ ढुंगा हो ।
एक दिन पात्तली शहरको निस्सासिदो वातावरणबाट मूक्त हुन गाउँजस्तो लाग्ने काम्तिन गएकी थिई । हुन त ऊ प्रायः जसो उतै जान्थी । तर त्यो दिन चाहिं उसलाई अनौठो र रमाइलो लाग्यो । मसिना केटाकेटीहरु संभवतः त्यहाँ नेपाली बच्चाहरु पनि हुन सक्छन् । ऊ उनीहरुभन्दा निकै टाढा थिई । त्यसैले एकिन गर्न सकिन । उनीहरु नेपालतिर जस्तै चंगा उडाइरहेका थिए । हङकङमा त्यसरी चंगा उडाएको उसले देखेकी त्यो पहिलो दिन थियो । चंगाहरु स्वतन्त्र भएर माथि माथि उडिरहेका थिए, उडिनै रहेका थिए । उसले एक प्रकारले रमाइलो मानिरहेकी थिई । र उसको जीवनसँग तुलना गर्न लागेकी थिई । ऊ पनि ती चंगाहरुसरह स्वतन्त्ररुपमा उड्न चाहन्छे । उसका मनहरु उडिरहेका थिए, ती चंगाहरुसँगै माथि माथि । हो, ऊ चंगासँगै फर्फाउदै उडिरहेकी थिई । उसका मन उडेर नेपाल पुग्यो । उसले मरेकी आमालाई भेटी । उसलाई लाग्यो, आमा मरेको भ्रम रहेछ । वाह ! ऊ आमासँग रमाइरही । आमा पनि अति खुशी थिईन् । पात्तलीले आफ्नो सम्पर्ूण्ा दुःख, वेदना र गणेशले ऊप्रति गरेको दर्ुर्व्यवहार आमालाई बताई । आमाले स्नेहभरि स्वरमा उसलाई सान्त्वना र सहानुभूति दिई र त्यस्तो व्यभिचारी बिरुद्ध लड्ने आदेश दिई ।
उसले चतुरेलाई पनि भेर्टाई । चतुरमान हदै खुशी थियो । ऊ आइपुगेकीले उसले आफ्नो जिन्दगी उसको साथ बिसाउन चाहृयो । चतुरेले ऊसँग बिहे गर्न चाहृयो । तर पात्तलीले आफू गणेशबाट लुटिएको कुरो बताउदै ऊसँग बिहे गर्न मञ्जुर गरिन । पात्तली लुटिएको भए पनि यो घटना उसको बिनाइच्छा भएकोले चतुरमान उसलाई बिहे गर्न तत्पर थियो । यो निर्ण्र्ााे दुबै खुशी भए । दुबै खुशी र आनन्दमा रमाइरहे । पात्तलीले यसरी नै कल्पनामा आफूलाई हराइरही हराइरही । कति दिनपछि उसको अनुहार कान्तियुक्त भयो । उज्ज्वल, हँसिलो भयो । तर त्यस्तैमा एउटा चंगा अचानक कुनै आधारविहीन लत्रक्क भएर भूइँतिर झर्यो, जुन सबभन्दा माथि उडिरहेको थियो । यसबेला मात्र ऊ यथार्थमा आई । ऊ त्यो धागो चुडिएको चंगा हर्ेन थाली । त्यो चंगा सहारा मागिरहेजस्तो गरेर हर्लङ्ग हर्लङ्ग झरिरहृयो झरिरहृयो । त्यसलाई सहारा दिने, दया माया गर्ने कोही भएन । त्यो जमिनको अन्तिमसम्म नै सहाराको खोजिमा भएजस्तो भान हुन्थ्यो । अब पात्तली हठात् निराश भई । ऊ त्यही धागो काटिएको चंगा थिई, जो स्वतन्त्ररुपमा माथि माथि जान चाही । अकस्मात कुनै क्रुर, निर्दयी व्यक्तिले उसको धागो काटिदियो । त्यही चंगाजस्तै उसले सहारा खोजिरहेकी छे । तर कसैले पनि सान्त्वना र दया देखाइरहेको छैनन् । उसलाई रुन मन लाग्यो । ऊ धुरु धुरु रुदै त्यो चंगाजस्तै त्यही लडिरही, लडिरही ।
तर एक दिन अचानक हल्ला भयो । पात्तली गणेशलाई छाडेर लण्डन पुगी । अब उसको सँधै उतै बस्ने बिचार छ रे । सबैले एउटै विस्मित स्वर निकाले, “विचरा .. पात्तली ! अहिले के गर्दै हेाली नि .. लण्डनमा ! यहाँभन्दा त उहाँ सुखै होला ! उसको अबको जीवन सुखी हुनर्ुपर्छ ।”
गणेशले एउटा रोजगारी कम्पनी चलाउथ्यो । उसलाई त्यसबाट बेफाइदा भइरहेको थियो । किनकि ऊ पात्तलीजस्ता धेरै केटीहरुसँग रंगरस गर्ने गथ्र्यो । फिलिपिनी, इण्डो र अन्य केटीहरुसँग डिस्को क्याफे गएर जीवन बिताउथ्यो । कम्पनी चलाउने समय केटीहरुसँग बिताएपछि बेफाइदा हुनु त स्वाभाविकै थियो । उसले धेरै बैंक र व्यक्तिबाट ऋण लिएको थियो, जुन ऋण तिर्न नसकेर उसलाई हङकङ बस्न कठिन भइरहेको थियो । पात्तलीको सहारामा बाँचिरहेको थियो । पात्तली पनि लापत्ता भएपछि ऊ हङकङ छाड्न बाध्य भयो । ऊ यता नर्फकने गरेर नेपाल गयो । सबैले एउटै व्यंग्यमिश्रति स्वर बोले, “अरुलाई दुःख दिएपछि निर्दयीको त्यस्तै बेहालत हुन्छ ! त्यस्तोले हङकङमात्र होइन, यो संसारमा कहीं बस्न नपाओस् । नारीहरुलाई दुःख दिने, शोषण गर्ने अपराधीहरु सँधै हराउनु पर्छ
मालिकराम ‘वियोगी’
१ डिसेम्बर २००३
हङकङ