कविता : नयाँ वर्ष जागरण

~सरस्वती न्यौपाने~

नौलो सृष्टि रुलाउँने जीवनका जोवानीका वासना
मैलो प्रेम चखाउाने कुसुमका माला गुथी गाथमा
पहाडी बनका प्रगाढ चुुचुरा छायाँ छहारी कला
गैरीखेत सुरम्य सितल कसी ए लै लै बोल्ने गला

हाम्रै संस्कृतिका चिना र सुतिका दौरा र चौवन्दीमा
अल्झेका मधुपुष्पको मगगी बास्ना छ बैशाखमा
नौलो जोस जवानी जांगर नयाँ बस्ने पुरानाजन
हाम्रै स्वर्गीय स्वादमा रुमलिने लाखौं नयाँ जीवन

कैलीको मधु गुञ्जना सुरसिलो हाम्रो कला साधना
मैरीको बलले लचक्क फूलले सौन्दर्यको सिर्जना
यैटै बोटयहाँ असंख्य मुजुरा फक्रि बनेरे फूल
यौटा स्वर सुनिन्छ जंगलयहाँ पाक्यो अरे काफल

आफनो जीवन पूर्ण भो भनी यहाँ एक थुङ्गा ऐलाउँछ
अर्र्काे यौवनले भरिन्छ र मिठो बास्ना ऊ फैलाउँछ
हावा चल्दछ सर्सरी सृजनको बोकि मिठो बासना
तारा टिपन हे नविन युगका बास्ना दिने विश्वमा

माटो बोल्दछ वत्तीका लहरमा एकान्तका रातमा
हाम्रो जीवन खुल्छ रात रंगिला जुन्किरीको ताँतमा
यौटा यात्री पुछेर बस्छ पसिना छाया मुनी सितल
अर्को फिर्दछ सुन्यको विरहमा हेरी चिसो बादल

यौटा युवकको अदम्य स्वरमा बज्दैछ है बाँसुरी
आउ हे युवती नयाँ विरहमा भन्दैछ अर्को चरी
होला अन्त्य अवश्य एक जुनीको रोक्दैन कोहि पनि
आफनो बैंश विसाउँदैन कहिल्यै वैशाख कस्तो धनी ।

यौटा गीत प्रभातको शिखरमा घन्कन्छ है जोरले
क्या गुज्छन् पहरा मिठो र रसीलो माधुर्यको स्वरले
झिम्कन्छन् अनि लाख रात अनिदो आँखा बनी आतुर
पैलो प्रातः नजिकको मिरमिरे प्रकाशका खातिर ।

रात्रीका विचरा अनन्त निदका के हेर्दछन् आखिर
जस्तो हो अघिको उसै किसिमको गन्दै छ यो सागर
निन्द्राको सुरमा प्रभाती रमीता क्यै मन्द क्यै बन्द छ
लाखौं शोषणका कडा किरणले पोल्दा पनि सञ्च छ ।

निस्क्यो घाम प्रचण्ड तेजसँगमा ए ब्यूझ ए ब्यूझ हे
विहानी पखको प्रभात अघि नै भाले बनि बास हे
यो कालो युगको भयङ्कर र ठूलो जालो चुडाँउ भनी
ब्यूझाउ सय लाख वर्ष अघिका ध्यानी तपस्वी पनि ।

चर्को स्वर निकाली आज चुचुरा डाक्छन् तिमीलाई नै
सन्ध्यामा सव झयाउँकिरी घुमी घुमी खोज्छन् तिमीलाई नै
हुङकारी कन निस्कलौ अब छिटै बेला अवेला भयो
हाम्रो गौरबता विलम्भ गरदा भागेर जाने भयो ।

यो मैलो कुहिरो सबै शिखरको हावा बनि खेदिद्यौ
धर्तीको सव यो धुलो र मइलो पानी बनि खेदिद्यौ
जो थर्काउन खोज्छ सामु उसकै ज्वालामुखी ल्याइद्यौ
जो वर्षाउन खोज्छ सामु उसकै वर्षा वनी आइद्यौ ।

सृष्टिका सव वस्तु छन् सव कुरा उतपन्न चाँडो गर
बेहानी जसरी उर्घाछ निसीको कालो मैलो घर
यौटा फूल फूलाउ आगनी महाँ वास्ना दिने विश्वमा
यौटा चेत जगाउ अमृतसरी सम्पूर्ण यी प्राणीमा

यो लामो निदको मिठो छ सपना साकार चौडो गर
आमाको दिल रित्तियो अब छिटै ब्युझेर चौडो भर
के विसर््यौ ? तिमीले यी मात्रि भूमीको छाती फुटेको कथा
हाम्रो आँशु पिएर गर्जन गरी वैरी डुलेको कथा

यो सत्य इतिहाँसका विरसिलो जे छन् कथा ब्याकुल
तिन्को दर्द बुझेर जाग दुनिया फालेर कोलाहल
यो लामु निदको प्रसादसँगमा निस्कि परिवर्तन
यौटा ज्योति लिएर दिर्घ सुकल । खुल्ला बनुन लोचन ।।

(प्रतियोगितामा प्रथम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.