~आनन्द सन्तोषी राई~
घाम अस्ताएर अध्ँयारो जस्तो
उज्यालो छोपिएर अन्धार
गाउँ वस्ती बजार सबैतिर
निस्पट्ट भईसक्यो अन्धकार
निशाचरहरु रमाउन थाले
मुसाहरु दुलोबाहिर आएकाछन्
स्यालहरुले हुँइया लगाएर
हुचीलहरुले झन थर्काएर अन्धकार
स्वयम्भूबाट मृत्युघण्टा बजाएर
पशुपतीमा दमनको शंख फुक्दै त्रीशुल सोझाएकाछन्
डरपोकाहरु लगलगीदै धर्मराए
मगन्तेहरु बाजा संगै नाच्न लागे
कहाँ कधे भयो कसले के ग¥यो
कसैले पनि थाहा नपाउने
न देख्ने न सुन्ने न त भन्न पाउने
यो कस्तो अन्धकार
पहिले देखि रगत आँसुले भिजेको माटो
अँध्यारोमा नै बाढीले बगाउला
यही अन्धकारमा पहिरो जानसक्छ
उज्यालो बत्तीको जोरजाम गरि
स्वरमा स्वर मिलाई हामी सबैले
राँको बालेर हटाईदिउँ अन्धकार