कविता : आफ्नै चश्मा

~श्यामल~

हेराइ हराएर
अल्मलिइरहेको म
कसले खोस्यो मेरो दृष्टि
कसले फे-यो मेरै सामुको सृष्टि हँ –
चश्मा फुकाल्छु –
नयन छ,दृष्टि छैन
पदार्थ छ,चेतना छैन
कसले लगाइदियो आँखामा पट्टी
कसले हालिदियो पर्दा नानीमा एकाएक –
शिवप्रसादले त दिए कै हो
मीठा र सुन्दर दुइ आँखा
चेतकुमारीको सपना यसैले देख्थ्यो अपलक
आँखामा छारो हालेर
घुमाइरहेछ मलाई कसले-
जीवन-ललाट छोपेर
मेरो स्वप्नज्योति खोस्दैछ को –
मेरो स्वाभिमान
मेरो विवेक
मेरो अन्तरात्मा
आँखा पसलमा बिक्री भैसकेछ-चश्मा खरीदसँगै ।
डा.रुइत ।.
म मेरो पावरयुक्त चश्मासँग
आफ्नै जीवन साटिइरहेको
अझै टुलुटुलु हेरिरहन सक्दिनँ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.