कविता : लखनऊ

~दिनेश सुवेदी “विकल्प”~

एक साँझ सयर गर्दा
लखनऊका गल्लीहरू
मैले देखे एक नवयौवना लखनऊ
भर्खर निद्रा परेका लठ्ठ आँखा उसका
लखनऊका चिल्ला सडकका पेटीभरि
यत्रतत्र छरिउका थिए

अनि मैले सोधे
ए लखनऊ तिम्रो घर छैन
उसले फिस्स एक झुल्को मुस्कान
दिंदै भन्यो
झार भैया ¤ यही त हो मेरो घर

यत्रतत्र सडकमा छरिएका मेरा रहरहरू
आउने जानेका तुच्छ हेराई
पेटीको विस्तारा अनि आकाशको छानौँ
ऊमाथि हेर त, ती ताराहरू
त्यही मेरा सजावट र झल्लर हुन ।

अनि मैले सोचे,
के मतलव, यो जाबो लखनऊको
आफ्नो नेपाल त सुन्दा छ
अचानक मेरा आँखा खुले
मलाई आफु त दिग्भ्रमित
भएको भान भयो ।
मेरा आँखाबाट अचम्मको
ज्वाला निस्कियो
अनि मैले भने,
ए लखनऊ ’तिम्रो र मेरो
त एउटै हो नी मन
तिम्रो पनि उस्तै न हो भोक
हाम्रो पनि उस्तै हो ।
तिम्रो पनि उस्तै हो रगत
हाम्रो पनि उस्तै

भो अब खोक्रो राष्ट्रियताको
आडम्बरलाई त्यागौँ
अनि, आफ्नो र आफ्नो वर्ग
मुक्तिका लागि लडौँ
किनकि हार्नेका नाममा इतिहास लेखिन्न
त्यसैले यो जाली व्यवस्थालाई फालौँ
नयाँ जनवादी व्यवस्था ल्याऔँ
जहाँ वर्गको नाममा भेदभाव, नहोस्
जहाँ, जातभातको तुच्छ जालो नहोस्
मान्छे मान्छेबीच मान्छेको
खोजमा भौतारिन नपरोस् ।

(२२ सेप्टेम्बर २०१४, लखनऊ भारत
(हाल चितवन, नेपाल)

(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ४४ – Aug. 15, 2014 – २०७१ असोज २९ गते, बुधबार )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.