~शीतल कादम्बिनी~
खै जालमा परेर गई की पारेर गई
कसरी भनु मरेर गई, मरेर गई कि मारेर गई
नयनको त्यो मदिरा मागेँ पिलाई दिई
विचरीले सद्दे बानी बिगारेर गई
आेढेर आएको त्यो इमानको चादर
आज उसले यतै कतै उतारेर गई
उज्यालो देखि सायद डराउँछे होला ऊ
मध्यरातमा किन ढोका उघारेर गई
शब्द: शीतल कादम्बिनी
सङ्गीत: राम सिटौला
स्वर: प्रमोद खरेल
सङ्गीत संयोजन: किरण कंडेल
एल्बम: निर्झरी