~राम थापा ‘अविरल’~
यो माया हराएको सहर हो प्रीया
न उठ्दै ढलेको एउटा घर हो प्रीया
यहाँ त सपना पनि किनबेच हुन्छ
माया गर्छु भन्नू केवल रहर हो प्रीया
चोखो माया गर्ने पनि बदनाम हुन्छन यहाँ
म भन्छु यो स्वार्थी नगर हो प्रीया
धोकाहरुको चुलेसीमा रेटिन्छन खुसीहरु
के गरेँ र मैले दोषी नजर हो प्रीया
शब्द : राम थापा”अविरल”
सङ्गीत : वसन्त थापा
स्वर: राज सिग्देल