गजल : रित्तो बनाइदियौ

~माधव सिग्देल माइला~

जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ
वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ ।

सपनीलाई विपनीमा सजाउने चाह थियो
भताभुङ्ग भयो अर्कै संसार सजाइदियौ ।

जन्म जन्म सँगै जिउने सँगै मर्ने भन्थ्यौ
बेसहारा भएँ आज एक्लो गराइदियौ ।

अजम्बरी माया भन्थे डाहा गर्थे कस्तो
अविश्वासी रैछौ मेरै विश्वास बगाइदियौ ।

सकेनछु चिन्न तिम्लाई गल्ति मेरै रैछ
लज्जित छु म आज आफै सँग हराइदियौ ।

जे जे माग्यौ सबै दिएँ रित्तो बनाइदियौ
वाचा वन्धन कसम सबै भित्तो लगाइदियौ ।

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.