गजल : म तिमीलाई माया गर्छु

~केशव आचार्य~

कोही आगो बनुन कि पानी, म तिमीलाई माया गर्छु
मलाई मूर्ख भनुन कि ज्ञानी, म तिमीलाई माया गर्छु

यो आवेग होईन मेरो, अन्तर्मनको आवाज हो
लेखियोस नलेखियोस कहानी, म तिमीलाई माया गर्छु

लिनु दिनु त केही छैन, मात्र मायाको कुरा न हो
देऊ या नदेऊ निशानी, म तिमीलाई माया गर्छु

जुनसुकै उमेरमा लाग्छ, मायामा हद हुँदैन
रहोस या नरहोस जवानी, म तिमीलाई माया गर्छु

शब्द : केशव आचार्य 
सङ्गीत / स्वर : शिव परियार 
सङ्गीत संयोजन : किरण कंडेल 
एलबम : पागल

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.