गजल : नजर तिम्रो, झुकाएर आऊ

~जनकराज पौडेल~

अलिकति नजर तिम्रो, झुकाएर आऊ
बादलजस्तो कालो केश, फुकाएर आऊ

बग्ने मन बग्नेसरि, जतापनि बग्छ
तिमीसँगै बग्ने सागर, सुकाएर आऊ

म त वेग बनी छुन्छु, यो होश गुमाई
बेहोश तिमी छैनौ, पवन रुकाएर आऊ

शब्द : जनकराज पौडेल
सङ्गीत/स्वर : शिव परियार
एल्बम : स्वयं
सङ्गीत संयोजन : साहस शाक्य

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.