कविता : ताराहरु झै उठ

~ईश्वर दाहाल कविजी~

खुल्ला मैदानमा निस्किएर
विशाल आकाश नियाल्दा
अनगिन्ती चम्किला ताराहरु
आफ्ना दविएका आवाज
…अन्तरह्दयमा बोकेर
संसारसँग साहसि र अटल बन्दै
अस्तित्वको लडाइ लड्दैछन
ठ्याक्कै क्रान्ति योद्धा जस्तै !!
वर्षाैदेखिको यो लडाइमा
कहिले काला बादलहरुद्वारा
कहिले सेता कुहिराद्वारा
चन्द्रमाको प्रकाशद्वारा
त कहिले सुर्यका किरण जस्ता
वलवान वैरीद्वारा बन्दी बनाइका
नीरिह जस्ता देखिने ताराहरु
अझै सम्म सुनुवाइ नभएका
आफ्ना विचारहरु बोकेर
अनवरत युद्ध लडिरहेछन
र विश्वास गर्छन
क्रान्ति कहिल्यै मर्दैन ।
उठ साथी होजाग अब
ती ताराहरु जस्तै अटल भएर
हामी पनि विद्रोहमा उत्रौ र
एक इन्च पनि पछि नहटी
वैचारिक युद्ध लडौ
अन्त्य सबैको निश्चित छ
मृत्यु अनिवार्य छ
दिन पछि सूर्य ढले झै
एक दिन अवश्य
हाम्रो शत्रु पनि ढल्ने छ
अनि उल्लासमय र्यालीहरुका माझ
विजय उत्सव मनाउँदै
अस्तित्वको झण्डा फहराउनु पर्छ ।
हामी माथि धावा बोल्ने
संसारका वलवान भनाउँदाहरुले
आफ्नो पराजय स्वीकार्दै
हाम्रो विजय उत्सव
नतमस्तक भएर हेर्नेछन ।

हाल,-नवोदित साहित्यिक मोवाइल पुस्तकालय
दोहा, कतार ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.