बाल गीत : घिन्ताङ मूनी आयो

~ईश्वर बलामी~

घिन्ताङ मूनी आयो, बच्चा डरायो !
बाघ होइन भालु होइन, किन डरायो ?

आकाशमा टिलपील गर्ने ताराले
बुबु–माम खान्छन्, मिठो साराले !!

ज्ञानी हुनु छोरा(छोरी), तिमी कोपीला
आँखाको नानी तिमी, मन कलिला !!

घिन्ताङ मूनी आयो, बच्चा डरायो !
बाघ होइन भालु होइन, किन डरायो ?

मामाघर जाने घोडा चडेर
ठूलो बन्ने छोरा(छोरी) धेरै पढेर !!

मामी तिम्रो मायालु गर्छिन् धेरै ख्याल
संसारमा ठूलो सबैभन्दा प्यार !!

घिन्ताङ मूनी आयो, बच्चा डरायो !
बाघ होइन भालु होइन, किन डरायो ?

ईश्वर बलामी
(लिखित वालगीत श्याम बलामीद्वारा कल्पना गरिएको आधारित रहेको छ ।)

This entry was posted in बाल गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.