कथा : समोसा

~मोइन उद्दिन~

साँझको ५ बजेको थियो । विज्ञापनका लागि फोटो सुट सकेर घर फर्किंदा अनुष्काले आफ्नो पोस्टर विद्युतीय पोलमा देखी र डराई । उसले ठुल्ठूला आ“खाले हेरिरही । बटुवाहरू पनि एकैछिन रोकिएर उसको पोस्टर हेर्छन् । उनीहरुले पोस्टरकी मोडलप्रति सकारात्मक वा नकारात्मक प्रतिक्रिया दिइरहेका थिए ।

पोस्टरमा लेखिएको थियो, ‘ऊ एक उत्ताउली मोडल हो, जो एक नामी व्यापारीसँग भागेकी छे । ऊसँग कुनै मोडलिङसम्बन्धी कार्य नगर्नुहोला । आफ्ना लगानी उठाउन प्रोड्युसरहरू अहिलेसम्म कोसिस गरिरहेका छन् र निकै मर्कामा परेका छन् ।’

०००

तीन वर्षअघि ।

‘अनुष्का, छिटो गर् । आज हामीले ‘मिस स्कुल’का लागि फर्म भर्नुपर्छ । आज अन्तिम दिन । त्यै भएर चाहिने डकुमेन्ट चैँ बोक्न नबिर्सी नि,’ राधिकाले भन्छे, ‘र दुइटा फोटो पनि । एउटा क्लोज अप र अर्को फुल लेन्थको, जुन हामीले हिजो खिचेका थियौँ नि फोटो जोनमा ।’

‘म लगभग तयार भइसकेँ राधिका,’ अनुष्काले भनी, ‘एकैछिन पर्ख न, ममीले टिफिन प्याक गर्दै हुनुहुन्छ र उहा“ले तिम्रा लागि समोसा पनि बनाउनुभाको छ ।’

स्कुल बस लिन आइसकेको हुन्छ, बाहिर हर्न बजिरहेको थियो ।

अनुष्काकी आमा शकुन्तलाले टिफिन दिँदै भनिन्, ‘कडा मेहेनत गर, तिमीहरूले पक्कै जित्नेछौ ।’ शकुन्तलाले म्वाइँ खाइन्, अनुष्काको निधारमा ।

अनुष्का आमासँग बिदा भई ।

‘राधिका, म कस्ती देखिराछु,’ अनुष्काले सोधी, ‘हामी लन्च बे्रकमा रमाइलो गर्नेछौ“ । हेर त, ममीले तिम्रो फेब्रेट खाना प्याक गर्नुभाछ– समोसा ।’

राधिका खुसी हुँदै भन्छे, ‘वाउ, समोसा, तिम्लाई थाहा छ नि म शकुन्तला आन्टीलाई कति मिस गर्छु । खासगरी उहा“को हातले बनाएको समोसा त झनै धेरै ।’

अनुष्का मुस्कुराउ“दै भन्छे, ‘अ“, मलाई थाहा छ र उहा“ पनि तिम्लाई निकै मिस र माया गर्नुहुन्छ, त्यै भएर त तिम्रा लागि समोसा बनाउनुहुन्छ ।’

बसको कन्डक्टरले चिच्यायो, ‘भित्र आऊ सबैजना, ढिला भइसक्यो ।’

ड्राइभरले हर्न बजायो ।

राधिका र अनुष्का कक्षा १ देखिका साथी हुन्, तर उनीहरूले कक्षा ३ मा मात्र आएर कुरा गरे । कारण, उनीहरू अर्कै सेक्सनमा थिए– कक्षा १ र २ मा । राधिकाको बेस्ट फ्रेन्ड भने सिवानी हुन्छे । एक दिन सिवानीको झगडा हुन्छ अनुष्कासँग, टेडी बियरको निहु“मा । अनुष्काको ब्याग गुलाबी रंगको टेडी बियर आकारमा थियो । सिवानीले डाह गर्छे । ब्यागलाई टपक्क लगेर डस्टबिनमा फालिदिन्छे । अनुष्कालाई रिस उठ्छ, उसले सिवानीको छातीमा एक मुक्का हिर्काउ“छे । सिवानीले पनि पानीको बोतलले अनुष्काको टाउकामा हान्छे ।

राधिका बचाउन आउ“छे । टिचरले उनीहरूको अभिभावकलाई बोलाउ“छन् र पछि बेग्लाबेग्लै सेक्सनमा राखिदिन्छन् ।

सिवानीले सोच्छे, राधिकाले अनुष्कालाई साथ दिई । त्यसैले ऊ राधिकादेखि रिसाउँछे, त्यहीबेलादेखि उनीहरूको बोलचाल पनि बन्द हुन्छ ।

उनीहरू त्यो बेला कक्षा ३ मा पढिरहेका थिए । प्यारेन्टस् डेको दिनमा अनुष्का र राधिकासँगै नाटकमा अभिनय गर्छन् र त्यहीबेलादेखि उनीहरू क्लोज फ्रेन्ड बन्छन् ।

लन्च ब्रेकमा टिचरले लाउड स्पिकरमा घोषणा गर्छन्, ‘इच्छुक हुने जो–कोहीले मिस स्कुल २००७ मा भाग लिन सक्नेछन्, रिसेप्सनमा आएर फर्म लिई भर्नुपर्नेछ, चाँडै आई फर्म भर्न अनुरोध गरिन्छ ।’

‘हामी अडिसन लिन्छौ“ र केवल सर्टलिस्टेड प्रतियोगीले फाइनल १२ मा स्थान पाउनेछन्,’ लाउड स्पिकरबाट आवाज आउ“छ ।

भीड जम्मा हुन्छ रिसेप्सनमा । कक्षा ६ देखि १० सम्मका विद्यार्थी तँछाडमछाड गरिराखेका हुन्छन्, फर्म लिन ।

‘राधिका, जाउँ फर्म लिन,’ अनुष्काले भन्छे । उसले रिसेप्सनका मानिससँग दुईटा फर्म माग्छे ।

रिसेप्सनिस्टले दिएको फर्म सिवानीले खोस्छे र उनीहरूतिर फर्किंदै, आफ्ना साथीहरूलाई आ“खा झिम्क्याउ“दै, अनुष्कालाई घुर्न थाल्छे ।

‘अनुष्का छोडिदेउ यिनीहरूलाई,’ राधिकाले भनी ।

‘मैले के गरे र त्यो सिवानीलाई ?’ अनुष्काले राधिकासँग सोध्छे, ‘किन त्यसले मलाई त्यस्तो व्यवहार गर्छे । आठ वर्षअगाडि हाम्रो झगडा भएको थियो र उतिबेला पनि उसकै गल्ती थियो ।’

‘कुल डाउन यार,’ राधिकाले सम्झाउ“छे, ‘तिम्लाई थाहै छ, ऊ तिम्रो डाह गर्छे । वास्ता नगर न ।’

पछि अनुष्का र राधिकाले पनि फर्म भरे । दुवै अडिसन राउन्डमा छानिए । सिवानी पनि छानिई । उनीहरू तिनैजना अन्तिम १२ मा आफ्नो स्थान पक्का गर्छन् ।

पाँच दिनको टे«निङपछि, प्रतियोगिता सुरु भयो । परिचय राउन्डपछि बेस्ट ड्रेस र ट्यालेन्ट राउन्ड भयो । सिवानीले फाइनल राउन्डमा आफ्नो स्थान पक्का पार्न सक्दिनँ र बाहिरिन्छे । अनुष्का र राधिकालगायत अरु तीनजना फाइनल राउन्डमा भिडे । निर्णायक मण्डलीबाट अन्तिम प्रश्न सोधियो, जसको उत्तर दिएर विजय भएमा नक्कली हिराको हारले बनेको ताज पहिरिन पाउनेछन्, ती पाँच जनामध्येको एकले ।

अन्तिम निर्णय सुन्नेबेला आयो । उद्घोषिकाले राधिकालाई फस्र्ट रनरअप घोषित गर्दै भन्छे, ‘अबको विनर को होला ? कुनै अनुमान गर्नुभएको छ ?’

भीडबाट आवाज आउँछ, ‘सोम्या, अपूर्भा, अनुष्का ।’

‘तपाईंहरूको अनुमान सही छ, द विनर अफ मिस स्कुल– २००७ इज अनुष्का ।’

अडियन्सले ताली बजाउ“छन् ।

चाँडै नै उनीहरूको एसएलसी परीक्षा हुँदै थियो । अनुष्का र राधिका दुवैले परीक्षा दिए ।

‘हामी के गर्ने राधिका यो बिदामा ?’ अनुष्काले सोध्छे, ‘हामीसँग तीन महिना छ । परीक्षाफल त तीन महिनापछि नै पब्लिस हुन्छ ।’

‘म त मोडलिङ ज्वाइन गर्छु होला,’ राधिकाले भन्छे, ‘मेरो एकजना आफन्त पर्ने दाइ हुनुहुन्छ, मोडलिङ एजेन्सीमा काम गर्नुहुन्छ । बरु मैसँग ज्वाइन गर न त मोडलिङ, हामीसँगै सिकौँला, रमाइलो गरौँला नि ।’

‘तर ?’

‘तरसर होइन, म शकुन्तला आन्टीसँग कुरा गर्छु, उहा“ले कहिल्यै पनि मलाई नाइँ भन्नुहुन्न ।’

सुरुमा त शकुन्तलाले मानिनन् । तर, राधिकाले कर गरेपछि मानिन् र भनिन्, ‘आफ्नो ख्याल राख्नु । मलाई मनपर्दैन, मान्छेहरूले तिम्रोबारे नराम्रो टिप्पणी गरेको । म राम्रो कुरा मात्र सुन्न चाहन्छु, नराम्रो होइन, हुन्छ ?’

‘डन्ट वरी आन्टी, हामी तपाईंलाई गौरव तुल्याउने काम गरी मात्रै राख्छौँ नि,’ राधिकाले भनी ।

अर्को दिनदेखि उनीहरू मोडलिङ एजेन्सी गएर ¥याम्पमा हिँड्ने टे«र्निङ लिन थाले– कसरी उभिने, कसरी एक्सप्रेसन दिने, कसरी मुस्कुराउने ?

ट्रेनिङ लिएको  हप्ता दिनमै अनुष्काको खुट्टा दुख्यो । उसले एक महिनासम्म रेस्ट गर्नुपर्ने भयो ।

राधिका पनि अनुष्काकै घरमा थिई । छोरीको खुट्टा मर्किएपछि शकुन्तलालाई निकै पीर प¥यो ।

०००

अर्को हप्ता ।

‘मेरो दाइले भन्नुभाछ, एड ऐजेन्सीले फ्रेस मोडेल खोजिराछन्, उनीहरूको क्लाइन्टको प्रोडक्टलाई इन्डोर्स गर्नका लागि,’ राधिकाले भनी, ‘हामी छानियौँ भने हाम्रो यो सानो अनुहार ठुल्ठूलो बिल बोर्डमा छाउनेछ । तर एकजना मात्रै छानिनेछ । जाउँ हामीले पनि तुरुन्तै फोटो बुझाऊँ ।’

अनुष्का राजी हुन्छे ।

‘ओ, अहिले नै सपना देख्न छाड,’ अनुष्काकी शकुन्तलाले भन्छिन्, ‘तिमीहरु अहिले नै कतै  नजानू ।’

‘तर ममी ?’

‘तिम्रो खुट्टा मर्किएको छ, के फेरि तिमी आफूलाई घाइते बनाउन चाहन्छ्यौ ?’

‘आन्टी त्यस्तो होइन क्या,’ राधिका बोली ।

‘छोरी, हेर म कति माया गर्छु अनुष्कालाई । म चाहन्नँ उसलाई अरु केही होस् । फेरि यो क्षेत्र मलाई खासै मनपर्दैन । मैले धेरै मोडेल चर्चित भएको देखेकी छु, पछि उनीहरू आलोचना सहन सक्दैनन् र नचाहिँदो काम गरेर आफूलाई दुःखी बनाउ“छन् ।’

अनुष्काले आफ्नी आमालाई विश्वास दिलाउन खोजी,  ‘ममी, बच्चाको जस्तो व्यवहार नगर्नु न, हामीलाई एकचोटि कोसिस त गर्न दिनुस् । के तपाईं हामीलाई होर्डिङ बोर्डमा हेर्न चाहनुहुन्न र ?’

केहीबेर सोचेर शकुन्तला बोलिन्, ‘ल, गएर फोटो बुझाऊ, तर होसियार भएर काम गर नि ।’

दुवै खुसी हुँदै जान्छन् एड एजेन्सीमा फर्म बुझाउन ।

दुई दिनपछि उनीहरू आफ्नो सेलेक्सनबारे बुझ्न जान्छन् ।

सुरक्षा गार्डले उनीहरूलाई भित्र जानै दिएन ।

उनीहरूको अगाडिबाटै कालो टल्किने मर्सिडिज बेन्जबाट कोही एउटा अग्लो स्मार्ट मान्छे बाहिर निस्कियो । उसले देख्यो, दुईजना केटीहरू सुरक्षा गार्डसँग झगडा गरिरहेको । उसले संकेत ग¥यो, उनीहरूलाई भित्र आउन दिन । त्यो मान्छे को हो भनेर सोध्दा गार्डले भन्यो, ‘उहा“ अर्जुन सर हो ।’

अर्जुन सिटमा बसेर मुस्कुराउ“छ । अनुष्का त नभन्दै बसिसकेकी हुन्छे, उसको अघिल्लोतिर ।

‘अनि तिमीहरू यहा“ विज्ञापनमा खेल्न आएका हौ ?’ अर्जुनले सोध्यो ।

‘खासमा हामीले हाम्रो फोटोग्राफ बुझाएका थियौँ,’ अनुष्काले जवाफ दिई ।

अर्जुनले टाउको कन्याउ“दै भन्यो, ‘दिलीपले मलाई तिमीहरूको फोटो फर्वाड गरेको थियो । मैले फर्वाड गरेँ, मेरा क्लाइन्टलाई । तिमीहरूमध्ये एकजना मात्र छानिएकी छौ ।’

अनुष्का र राधिका एकअर्काको अनुहारतिर हेर्छन् ।

अर्जुन मुस्कुराउ“दै भन्यो, ‘एकजनाले मात्र मौका पाएका छौ, हामीसँग काम गर्न । त्यो तिमी हौ ।’ उसले अनुष्कालाई औँल्यायो ।

‘म ?’ अनुष्का अपत्यारिलो स्वरमा बोली, ‘म विश्वासै गर्न सक्दिनँ ।’

राधिकाले बधाई दिँदै अँगालो हाल्छे ।

‘अब तिमी हामीसँगै काम गर्नेछौ । हामी भोलि तिमीलाई कल गर्नेछौँ र त्यसपछि केही डकुमेन्टमा साइन गर्नुपर्छ तिमीले,’ अर्जुनले भन्यो ।

यसपछि अनुष्का र राधिका पानीपुरी खान गए, उनीहरूको फेब्रेट रेस्टुरेन्टमा ।

अर्को दिन अर्जुनले फोन गरेर बोलाएपछि अनुष्काले डकुमेन्टमा साइन गरी । भोलिपल्टै जुम्ला गएर स्कुटीको फोटो सुट गरी ।

केही हप्तापछि उसैको कलेजको बिल्डिङअगाडि ठूलो होर्डिङ बोर्डमा अनुष्काले देखी– स्कुटीको विज्ञापन । अबेर साँझ उसले आफ्नो फेसबुक खोल्दा अचानक एक सय ५० वटा फ्रेन्ड रिक्वेस्ट आएको थियो ।

कलेजमा पनि टिचरले उसलाई धेरै चासो दिन थालेका थिए । ऊ पपुलर विद्यार्थी हुन पुगी ।

अनुष्कालाई बिहेका लागि माग्न आउनेको ता“ती लाग्यो तर उसले घरमा भनी, ‘म अहिले काम गर्न चाहन्छु ।’

ऊ आफ्नो काममा यति व्यस्त हुन थाली, राधिकाका लागि समेत टाइम निकाल्न उसलाई गाह्रो भयो । ऊ प्रायः कम्पनीको फेब्रेट मोडेल हुँदै गई ।

एकचोटि राधिका छानिन्छे, फोटो सुटका लागि तर त्यो यत्तिकै हराउ“छ मार्केटमा । कुनै क्लाइन्टले भनेको सुन्छे, ‘सबै मोडेलहरू टेस्टलेस छन्, अनुष्काको अगाडि ।’

बिस्तारै राधिकाले अनुष्कालाई इग्नोर गर्न थाल्छे । पछि उसको फोन कल रिसिभ गर्दिन ।

कलेजमा पनि उसका साथीहरूले अनुष्काकै मात्रै कुरा गरिरहन्छन् र अरु बाहिर कलेजका पनि कलेजमा आई अनुष्काको अटोग्राफ लिन आइरहेकै हुन्छन् । ऊ फिल्म र म्युजिक भिडियोका लागि डिमान्डेड मोडेल हुन्छे । पत्रिका, टेलिभिजन र रेडियोमा अन्तर्वार्ता आइरहन्छ ।

यो देखेर थुप्रैले डाह गर्छन् । खासगरी सिवानीले डाह गरिराखेकी हुन्छे ।

ऊ अनुष्कालाई पटक्कै सहन सक्दिनथी, कक्षा २ मा  पढ्दादेखि नै ।

उसले आइडिया सोच्छे, अनुष्काको बेइज्जत गर्ने । उसलाई लाग्छ, यो मामिलामा राधिका काम आउन सक्छे, समय पनि एक्दमै उपयुक्त छ ।

‘हाई राधिका, किन यहा“ एक्लै बसिराखेकी ?’ सिवानी राधिकासँग बोल्न आई ।

‘अनुष्का खोई त ?’

‘ओ  हाई, ऊ फोटोसुटमा,’ राधिकाले सहजै जवाफ दिई ।

‘ओ, फोटोसुट !’

‘किन चाहियो र तिमीलाई ?’

‘तिमीहरू क्लोज फ्रेन्ड थियौ नि, अनि सँगै नदेखेको कैयौ“ हप्ता भइसकेकाले सोधेको ।’

‘अ“, उसको निकै डिमान्ड छ मार्केटमा,’ राधिकाले अप्ठेरो मान्दै भनी ।

‘उसले गर्दा तिम्ले चान्स पाइनौ, है ?’ सिवानीले बोली ।

‘छोड यो कुरा, मलाई क्लासमा जान ढिला भैराछ ।’

‘हेर, तिमी मेरो बेस्ट फ्रेन्ड थियौ तर त्यो कुकुर्नीले तिमीलाई मबाट चोरेर लगी,’ सिवानी कड्किँदै बोल्छे, ‘त्यो बोक्सी हो । हामी कक्षा २ मा पढ्दा, त्यसले अनेक उपाय लाएर आम्रो फ्रेन्डसिप तोडी ।’

‘त्यस्तो होइन ।’

‘त्यस्तो होइन रे,’ सिवानी झनै जंगिँदै भन्छे, ‘त्यस्तै हो । तिमी प्रतिभाशाली हुनुको साथै सुन्दर पनि छौ, ऊभन्दा । के तिम्लाई थाहा छ, तिम्रो कजन दाइको क्रस छ अनुष्काप्रति, उसले छानेको हो, उसको फोटो र तिम्रोचाहिँ डस्टबिनमा फ्याँकेको ।’

‘होइन होला, तिमी झूट बोल्दै छौ ।’

‘के रे ! सिवानी गुप्ताले झूट बोली रे ?  मलाई विश्वास गर्दिनौँ । तिमीलाई म प्रमाण देखाउन सक्छु ।’

सिवानीले राधिकाको फोटो ब्यागबाट झिकेर देखाई । त्यसमा लेखिएको थियो, ‘नट सेलेक्टेड’ र रातो साइन पेनले ठूलो क्रस गरी फोटोलाई केरिएको थियो ।

राधिका चकित परी ।

दुइटा मात्रै शब्द उसको मुखबाट निस्कियो, ‘तँलाई अनुष्का ?’

सिवानी मुस्कुराई, किनकि उसको काम पूरा भइसकेको थियो ।

उसले राधिकालाई अँगालो मार्दै झूटो आश्वासन दिई, ‘हामी त्यसलाई लेसन सिकाउ“छौ“ नि ।’

‘लेसन ?’ राधिकाले आश्चर्य प्रकट गरी ।

‘लेसन, एकदमै राम्रो लेसन, जुन उसले जिन्दगीभरि बिर्सिनेछैन ।’

यसको दुई महिनापछि, अनुष्काले विद्युतीय पोलमा टाँसिएको आफ्नो देखेकी थिई, जसमा उसलाई बदनाम गरिएको थियो, उसको फोन नम्बर राखिएको थियो । &nbsnbsp;

शकुन्तलाले छोरी अनुष्कालाई गाली गरिन्, ‘मैले भनेकी थिएँ नि, यो पापी पेसामा नलाग भनेर, मलाई थाहा थियो, यस्तो दिन आउँछ भनेर ।’

आमाबाट यस्ता कुरा सुनेर अनुष्का झनै विचलित भई । उसले परिवारबाट साथ चाहेकी थिई, तर उसले सोचेभन्दा ठीक उल्टो भयो ।

थुप्रै अपरिचित पुरुषले अनुष्कालाई फोन गरे । फोनमा कसैले पनि सान्त्वना दिएको थिएन । धेरैको भनाइ यस्तै थियो, ‘ओ उत्ताउली, के तिमी फुर्सदमा छौ ? छौ भने मेरो घर आऊ न ।’

कतिले भने, ‘कति हो एक रातको मोल ?’

ऊ र उसका परिवारलाई घरबाहिर निस्किनै गाह्रो प¥यो । उसका छिमेकीले अनुष्काबारे सोधेर हैरान पारिसकेका थिए ।

अनुष्का मानसिक रुपमा विचलित हुन्छे र विष पिएर आत्महत्याको प्रयास गर्छे । तुरुन्तै परिवारले अस्पताल लगेर उसलाई बचाउँछन् । परिवारले प्रहरीमा उजुरी पनि दियो ।

केही दिनपछि पुलिसले त्यही मोडलिङ एजेन्सीका विद्यार्थीलाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा केही उसका कलेजका साथी पनि थिए । सोधपुछका लागि प्रहरीले राधिका र सिवानीलाई हिरासतमा लियो ।

राधिकाले प्रहरीसामु आफ्नो गल्ती स्विकारी ।

बिस्तारै सबै सामान्य हुँदै गयो । शकुन्तलाले अनुष्कालाई मोडलिङका आफैँ प्रोत्साहन गर्न थाल्छिन् ।

‘छोरी, अनुष्का, सुन त, तिम्रा लागि सुखद समाचार छ,’ एकाबिहानै शकुन्तलाले भनिन् ।

‘के समाचार हो, ममी ?’

‘कोरियन एड एजेन्सी आएको थियो, तिमीलाई मोडलिङका लागि अफर गरेर गयो । मैले त हुन्छ भनेर पठाइदिएँ ।’

अनुष्का ¥याम्प प्रतियोगितामा भाग लिन कोरिया गई, प्रतियोगिता जितेर फर्की ।

राधिकाले अनुष्कासँग माफी माग्न त चाहन्थी, तर लाजका कारण सकिरहेकी थिइन् ।

एक साँझ, सपिङ मल गएर फर्केकी अनुष्का राधिकाको घरतिर लागी । लोडसेडिङ थियो, राधिका बरन्डामा बसेर कफी पिइरहेकी थिई । अनुष्काले पछाडिबाट उसको आँखा छोपिदिई ।

उसले हत्त न पत्त फोनको टर्च लाइट बाली । उसले देखी, आफ्नो पछाडि झोला बोकेर उभिइरहेकी अनुष्कालाई । राधिका केही बोल्न सकिन, उसका आँखा रसाउँछन् ।

अनुष्काले अँगालो हाल्दै भन्छे, ‘मैले तिम्रो फेबरेट डिस ल्याको छु– समोसा ।

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.