गजल : महिला हकमा लड्छ

~हिरारत्न श्रीशा~

जो बलात्कारी यहाँ उही महिला हकमा लड्छ
जसले कानुन मान्दैन, उही न्याय–अन्याय पढ्छ

ठूलाठूला कुरा गर्दै, जनता मार्ने शोषकहरू
जसले सिन्को भाँच्दैन, उही महंगो गाडी चढ्छ

जाली फटाहा गुन्डाहरू नेता मन्त्रीी भ”को देशमा
जनता सधै मर्छन् यहाँ, उसकै मनोमानी बढ्छ

राम्रो गर्ने होइन बरू, नराम्रोलाई छोप्ने गर्छ
लाज इज्जत हुँदोरैनछ, पदमा जुका जस्तै गड्छ

यस्ता नेता भ”को देशमा उन्नतिको आस नराखौं
महंगो भाउले आकाश छुन्छ, पसिनाको मूल्य घट्छ

–अमलडाँडा, अर्घाखाँची (हाल कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक २६ – May 15, 2013 – २०७० जेष्ठ १ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.