कविता : चुनाव जिती गए उनी

~देवेन्द्र कुँवर~

धनपैसाको खोलो बगाई, चुनाव जिती गए उनी
भ्रष्टाचार र महङ्गीले जनता फेरि भए रूनी

विकास, निर्माण गर्छु भनी, चुनाव अघि भाक्षण चुटे
सोझासाझा जनताको मत धन–पैसामा उनले लुटे

देशको विकास हैन अब, आफ्नो विकास पक्कै गर्छन्
सिटामोल नपाई गरिब मर्छन् उनी आप्mनै भुुँडी भर्छन्

उनको मात्र हो यो जीत, भा’कै छैन जनताको जीत
सधै उनले जितीरहे हुन्न कहिल्यै जनताको हित

देशका हामी जनता कस्ता, धन–पैसामा मत बेच्ने
आप्mनो हातमा पैसा आए चोरलाई पनि साधु देख्ने

माछोमाछो भ्यागुता भए, जनताले कहिले बुझ्लान्
सही विचार बुझे बल्ल पसिनाको मूल्य खोज्लान्

उनले जित्न पैसा छर्दा, थपियो नि हामीलाई रिन
रिन तिर्न मुग्लान जान्छन् युवा पुस्ता दिन दिन

अब हामी दिनु हुन्न, पैसा छरी चुनाव जित्न
सबै सचेत हुनु पर्छ कोही सन हुन्न धनमा बिक्न

कहिलेसम्म जित्छन् उनी, धन–पैसाको खोला बगाई
तोड्छौँ तिम्रा काला कर्तुत अब सारा जनता जगाई

– बुटवल, १४ नयागाउँ

(स्रोत : हाँक विक्ली – वर्ष ३१,अंक ४ – Dec. 11, 2013 – २०७० मंसिर २६, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.