कविता : अनिश्चित युद्ध

~जितेन्द्र ढकाल~

जब जब सडकमा
पेट्रोल÷डिजेलका लागि
मिलौँ लामो लाइन देख्छु
सडक पेटीहरूमा
ग्याँसका रित्ता सिलिण्डर र
मट्टीतेलका स–साना
जर्किनहरू देख्छु
मेरो मन आहत हुन्छ
भोक, तिर्खा र
अनिश्चयको भाव बोकेका
महिला, पुरुष र
बालबालिकाको
थकित अनुहार
मेरो मानसपटलमा
तरङ्गित हुन थाल्छ
तब तब म आफूलाई
रोक्न सक्दिनँ र
इन्धनको विकल्पको खोजीमा
दिन–रात
आफ्नो प्रयोगशालामा
एउटा अनिश्चित युद्ध लडिरहन्छु
हो
एउटा अनिश्चित युद्ध लडिरहेको छु ।

(स्रोत : हाँक विक्ली – वर्ष ३३, अङ्क ५ – Dec. 16, 2015 – २०७२ पौष १ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.